निक्षेप भनेको के हो ? वाणिज्य बैंकहरुले कसरी निक्षेप परिचालन गर्दछन ?


निक्षेप  :

कुनै ब्याक्ती ,व्यवसायीक संघ संस्थाले सुरक्षा र प्रतिफलको उदेश्यले बैंकमा खाता खोली जम्मा गरेको मुल धनलाई (रकम ) निक्षेप भनिन्छ। 

व्याज वा बिना ब्याज दिने गरि बैंक वा बित्तिय संस्थाको चल्ती मुद्दती बचत तथा कल खातामा ग्राहक मार्फत जम्मा भएको रकमलाइ निक्षेप भनिन्छ।



वाणिज्य बैंकको निक्षेप परिचालन प्रक्रिया :

क) निक्षेप परिचालन योजना बनाउने : यश अन्तर्गत BFIS हरुको निक्षेपको आधार ,राष्ट्रिय बचत दर ,समष्टिगत आर्थिक सुचक ,बैंकको आन्तिरिक कार्यबिधी  तथा रणनीति ,NRB Drictive ,BAfis सम्बन्धि ऐनमा भएको ब्यवस्था अनुसार लगानीका सिधाान्तको मध्यनजर गर्दै कुन क्षेत्रमा कस्तो प्रकृतिको कसरी कति सम्म निक्षेप परिचालन गर्ने भन्ने योजना बनाइन्छ।




ख) विभिन्न प्रोडक्टहरुको निर्माण : योजना अनुरुप निक्षेप परिचालनको लागि कर्जाका प्रोडक्टहरु तथा लगानीका प्रोडक्टहरुको निर्माण गरिन्छ। यसरी प्रोडक्ट निर्माण गर्दा अल्पकालीन दीर्घकालीन निक्षेपको विश्लेषण गर्दै प्रोडक्ट निर्माण गर्नुपर्दछ।



ग) वास्तविक निक्षेपको परिचालन : यस अन्तर्गत निर्माण गरिएका प्रोडक्टहरुमा जोखिमरहित दिगो हुने गरि सम्बन्ध सबै पक्षको हित अनुकुल हुने गरि कर्जा सम्बन्धि मार्गदर्शन तयार गरि कर्जा लगानी र अन्य लगानीको हकमा समेत विभिन्न नीति तथा कार्यबिधी तयारी पारी स्रोतको परिचालन गर्ने गरिन्छ।



घ) निक्षेप परिचालनको अनुगमन : यसमा निक्षेप परिचालन गरिएको क्षेत्र ब्याक्ती ,संस्था कम्पनी ,ब्यवसायिक फर्म आदिको सदुपयोगीताको निरन्तर अनुगमन सम्बन्धि तालिका बनाइ निक्षेप परिचालनको अनुगमन गरिन्छ।र सो बाट प्राप्त बिषयलाइ  निक्षेप परिचालन सम्बन्धि योजना बनाउन प्रदान गरिन्छ। 



निष्कर्ष : निक्षेप आर्थिक कारोबार संचालनको मुख्य आधार हो भने बैंक बित्तिय संस्थाको आम्दानीको प्रमुख स्रोत हो। निक्षेपको प्रकृति अनुसार त्यसम दिने ब्याज समेत फरक फरक हुन्छ। बैंक वा बित्तिय संस्थाले लिने र दिने ब्याजमा सन्तुलन कायम गर्फै ब्याजदर निर्धारण गर्नुपर्ने देखिन्छ।

Comments

Popular posts from this blog

फाइलिङ भनेको के हो?यसका उद्देश्यहरु लेखी फाइल राख्ने तरिकाहरु उल्लेख गर्नुहोस्।

कर्जा अपलेखन भनेको के हो?कर्जा अपलेखन किन गरिन्छ?

Good For Payment Cheque