नेपालकाे बैंकिङ क्षेत्रमा अवसरहरु बैंक तथा बित्तीयकाे निष्क्रिय कर्जा बढ्नुका कारणहरु:-

 


1    नेपालकाे बैंकिङ क्षेत्रमा अवसरहरु

> उदारिकृत आर्थिक प्रणाली र खुला बजार नीति 


> कम लागतमा जनशक्तिको उपलब्धता 


>न्यून सञ्चालन लागत 


> आधुनिकीकरण र प्रविधिको उच्चत्तम विकास तथा प्रयोग 


>बैंकिङ चेतनामा अभिवृद्धि तथा बचत गर्ने बानिको विकास 


>कम लागतमा निक्षेपको उपलब्धता 


>आयमा वृद्धि भई रोजगारीको सिर्जना 


> विप्रेषणको उच्च प्रवाह 


>केन्द्रिय बैंकको उल्लेखनीय सहयोग 


>AML,BOP तथा अन्य आवश्यक ऐन नियमहरुको उपलब्धता 


> शुल्कमा आधारित व्यवसाय र एजेन्सीको कार्यमा वृद्धि 


>वित्तीय पहुँच र वित्तीय साक्षरतामा अभिवृद्धि आदि।


अरु थपौ है!........


#  पछिल्लो समय  बैंक तथा बित्तीयकाे निष्क्रिय कर्जा बढ्नुका कारणहरु:- 


>नातावादले गर्दा प्रक्रिया पूरा नहुँदै कर्जा वितरण गर्नु 


>नयाँ क्षेत्रमा लगानी गर्दा ऋणिको क्षमताको बारेमा ध्यान नदिनु


>कर्जा समितिको निर्णयलाई बेवास्ता गरि कर्मचारी र ऋणिको मिलेमतोमा कर्जा वितरण गर्नु


>धितोको अधिक मुल्यांकन हुनु,प्रशस्त मार्जिन नराख्नु


>कमजोर मुल्यांकन नीति अवलम्बन गर्नु


>थप सुरक्षण नलिई रकम थपेर  कर्जा नविकरण गर्नु


>कर्जा चुक्ता गर्ने माध्यम स्पष्ट नहुनु


>कर्जा लगानीका सिद्धान्तहरुलाई प्रभावकारी रुपमा अवलम्बन नगरी ऋण प्रवाह गर्नु


>ऋणिको विगतको कारोबारको मुल्यांकन नगर्नु 


>ऋण असुली सम्बन्धि कार्य अत्यन्त फितलो हुनु


>वित्तीय सुशासन कायम राख्न उपयुुक्त नीति नियमको अभाव हुनु


>बैंकको स्वीकृत कर्जा क्षेत्र भन्दा बाहिर लगानी गर्नु(कर्जाको दुरुपयोग हुनु) आदि।

Comments

Popular posts from this blog

फाइलिङ भनेको के हो?यसका उद्देश्यहरु लेखी फाइल राख्ने तरिकाहरु उल्लेख गर्नुहोस्।

कर्जा अपलेखन भनेको के हो?कर्जा अपलेखन किन गरिन्छ?

Good For Payment Cheque