बैंक तथा बित्तिय संस्थाले कर्जा प्रवाह गर्दा ॠणिको कुन कुन पक्षमा ध्यान दिनुपर्छ? कर्जा लगानीका सैद्धान्तिक पक्षहरु चर्चा गर्नुस।

 

कर्जा: एक पक्षले अर्को पक्ष सँग निश्चित समयपछि ब्याज सहित रकम फिर्ता गर्ने गरि लिएको रकमलाइ कर्जा भनिन्छ ।बैंक तथा बित्तिय संस्थाले कर्जा प्रवाह गर्दा ॠणिको निम्न कुराहरुमा ध्यान दिनुपर्द्छ:


-ॠणिको ॠण तिर्न सक्ने क्षमता 

-कालो सुचिमा परे नपरेको 

-अन्य बैंक बित्तिय संस्थाबाट ॠण लिए नलिएको 

-आम्दानीको स्रोतको दिगोपना

-व्यसायिक निरंतरता 

-धितोको पर्याप्तता तथा सुरक्षा 

-धितोको बजारीकरण जस्ता पक्षहरुमा बिशेश ध्यान दिनुपर्दछ।




बैंकले कर्जा प्रवाह गर्नु अघि अनुसरण गर्ने सिद्धान्तहरु देहाय बमोजिम छन :



१.तरलताको सिद्धान्त:

यस सिद्धान्त बमोजिम बैंकले सबै संकलित निक्षेपलाइ कर्जामा परिणत नगरी केही रकम तरलताको रुपमा राखेर मात्र कर्जा प्रवाह गर्नुपर्द्छ। जस्तौ: कर्जा प्रवाहमा कर्जा निक्षेप अनुपात ९०%  रहेको छ।


२.मुनाफाको सिद्धान्त :

बाणिज्य बैंक मुनाफामुखी संस्था हो।बैंकले मुनाफा योग्य परियोजनामा कर्जा प्रवाह गर्नुपर्द्छ् तर कर्जा प्रवाह गर्दा नियामक निकायले (NRB) तोकेको सिमा ४.४% स्प्रेड दर नघाउनु हुँदैन।


३.लगानी बिबिधिकरणको सिद्धान्त :

यस अन्तर्गत कर्जा प्रवाह गर्दा NRB निर्देशन बमोजिम एकल ग्राहक ग्राहक सिमा बैंकको प्राथमिक पुँजीको २५% र क्षेत्रगत सिमा कुल कर्जाको ४०% नघाउनु हुँदैन।


४.सुरक्षणको सिद्धान्त :

बैंकले कर्जा प्रवाह गर्दा पर्याप्त धितो सुरक्षण लिनुपर्दछ। जस्तौ NRB को निर्देशन बमोजिम  कर्जा धितो अनुपात (LTV ratio ) ७०% नघाउनु हुँदैन।


५.जोखिम ब्यवस्थापनको सिद्धान्त :

कर्जा प्रवाह गर्दा बिशेषत: कर्जामा हुन सक्ने जोखिमको अथेष्ट सम्बोधन गरि जोखिम बहन गर्ने क्षमता र ग्राह्य सिमा अनुसार गरिनुपर्द्छ।



६.राष्ट्रिय हितको सिद्धान्त :

कर्जा प्रवाहका  कारण राष्ट्रिय हितका विरुद्धमा हुने कार्य भएमा ,सम्पत्ति शुद्धीकरण वा आतंकवादी क्रीयाकलापमा लगानी हुने भएमा त्यस्तो ॠणिलाई कर्जा दिनु हुँदैन।






निष्कर्ष :

कर्जा लगानी जोखिमपूर्ण कार्य हो। कर्जा प्रवाह गर्दा ग्राहकको पुँजी चरीत्र धितो शर्त क्षमता हेरिनुपर्द्छ। यस बाहेक परियोजना कर्जामा विभिन्न पक्षहरू जस्तैः आर्थिक पक्ष ,व्यवस्थापन पक्ष बजार पक्ष समाजिक पक्ष प्राबिधिक पक्ष कानुनी पक्षहरु समेत ध्यानमा राखी कर्जा प्रवाह गर्नुपर्द्छ।

Comments

Popular posts from this blog

फाइलिङ भनेको के हो?यसका उद्देश्यहरु लेखी फाइल राख्ने तरिकाहरु उल्लेख गर्नुहोस्।

कर्जा अपलेखन भनेको के हो?कर्जा अपलेखन किन गरिन्छ?

Good For Payment Cheque