वर्तमान बैंकिङ व्यवसायमा ग्राहकमुखी बैंकिङ सेवाको आवश्यकता माथी प्रकाश पार्दै वाणिज्य बैंकको ग्राहक सेवाको गुणस्तरमा कसरी सुधार गर्न सकिन्छ ?

 १७. 


                  ग्राहक नै बैंकका मेरुदण्ड हुन

ग्राहकमुखी बैकिङ सेवा : 

 बैंक तथा बित्तिय संस्थहरुले आफ्ना ग्राहकहरुको चाहाना तथा आवश्यकता अनुसार सेवा सुबिधा उपलब्ध गराउनु नै ग्राहक मुखी बैंकिङ सेवा हो। 


बैंकले ग्राहकबाट निक्षेप संकलन गर्ने ,कर्जा प्रवाह गर्ने तथा रकम स्थानान्तरण गर्ने ,सेफ डिपोजिट भल्ट आदि जस्ता प्राथमिक सेवा प्रदान गर्ने गर्दछ। यस्ता सेवाहरु प्रदान गर्दा अति सरल सहज र शिघ्र रुपमा गर्ने र ग्राहकलाइ बैंकिङ सेवा बाट सन्तुष्ट  बनाउने अवधारणा नै ग्राहक मुखी बैंकिङ सेवा हो।


बैंकिङ ब्यवसायमा ग्राहकमुखी बैंकिङ सेवाको महत्त्व तथा आवश्यकता : 


ग्राहक मुखी बैंकिङ सेवामा  3H अर्थात :


Head To Head ( ग्राहकलाइ ब्याक्तिगत किसिमले सेवा दिने )

Heat To heart ( ग्राहकलाइ बैंक सँग आत्मीय बोध गराउने ) 

Hand To Hand (बैंकको तर्फबाट कर्मचारीले बैंकमा आउने प्रत्येक ग्राहकलाई उसको उदेश्य अनुसारको सेवा दिने) को बिशेष महत्त्व हुन्छ।


-बैंकमा आबद्द ग्राहकहरुलाइ पुर्ण सन्तुष्टि प्रदान गर्न

-ग्राहकहरुलाइ आफ्नो संगठनप्रती आकर्षित गर्न 

-ग्राहक सँग दिगो तथा सुमधुर सम्बन्ध स्थापना गर्न

-ग्राहकको आवश्यकता अनुसार सेवा सुबिधा उपलब्ध गराउन

-ग्राहकको तर्फबाट सिर्जना हुन सक्ने जोखिम न्यूनीकरण गर्न 

-छिटो छरितो ,बिश्वासिलो सेवा सुबिधा उपलब्ध गराउन

-ग्राहकमुखी बैंकिङ सेवा पुर्ण रुपमा कार्यान्वयन गर्न

-ग्राहकलाई संगठनमा दिर्घकालसम्म टिकाइराख्न



RBB को ग्राहकमुखी सेवालाइ निम्न तरिकाले सुधार गर्न सकिन्छ :


- ग्राहकको वर्गीकरण अनुसारको बैंकिङ सेवा प्रदान गर्ने रणनीति अवलम्बन गर्ने

-ग्राहकको माग इच्छा  चाहाना र आवश्यकता अनुसारका सेवा प्रवाहमा ध्यान दिने

-ग्राहकका प्रकार अनुसार ( साक्षर ,निरक्षर ,शंकालु ,बिश्वासिलो ,संस्थागत ,ब्याक्तिगत ) संभब भएसम्म ब्यक्तिगत काउन्सिल गर्न नीति अवलम्बन गर्ने

-फ्रन्ट डेस्कका कर्मचारीहरुमा सामाजिकिकरण ,गुनासो सुन्ने क्षमता ,मुस्कान सहितको सेवा जस्ता क्षमताको बिकास गर्न नियमित तालिमको ब्यवस्था गर्ने

-गुनासो सुनवाइ कमेटी गठन गरि त्यसको पुर्ण कार्यान्वयनना जोड दिने

-बैंकिङ सेवालाइ Cost effective ,शिघ्र सेवा जोखिमरहित सेवा ,सहज सेवा र सरलिकृत प्रणाली बाट उपलब्ध गराउने

-बैंक छोडेर जाने ग्राहकहरुको छोड्नाका कारणहरुको अध्ययन विश्लेषण गरि कमिकम्जोरी सुधार गर्न निरनतर प्रयास गर्ने

-NRB ले दिएको निर्देशन बमोजिमको ग्राहक संरक्षण सिद्धान्तलाई पुर्ण रुपमा पालाना गर्ने

-सेवा शुल्क शर्त आफि लाई पारदर्शी र पक्षपातरहित बनाउने

-नागरिक बडापत्रको कार्यान्वयनमा जोड दिने

-सबै किसिमका ग्राहकलाई समान ब्यवहार प्रदर्सन गर्ने

-ग्राहक सँग उसका अपेक्षा र बैंकिङ सेवा थप प्रभावकारी बनाउनका लागि उचित राय सल्लाह र सुझाबको माग गरि कार्यान्वयन गर्ने


निष्कर्ष : ग्राहकमुखी बैंकिङ  सेवा ग्राहकलाइ सरल सहज शिघ्र र सम्पुर्ण बैंकिङ सेवा प्रदान गर्ने अवधारणा हो। यसले ग्राहकको अधिकतम सन्तुष्टिलाई केन्द्रबिन्दु बनाइ आफ्नो भुमिका निर्वाह गर्दछ। यस प्रकारको सेवालाई अझै प्रभावकारी बनाउन आवश्यक देखिन्छ।

Comments

Popular posts from this blog

फाइलिङ भनेको के हो?यसका उद्देश्यहरु लेखी फाइल राख्ने तरिकाहरु उल्लेख गर्नुहोस्।

कर्जा अपलेखन भनेको के हो?कर्जा अपलेखन किन गरिन्छ?

Good For Payment Cheque