मानव संसाधन व्यवस्थापन को परिचय दिई यसका विशेषता र कार्यहरु लेख्नुहोस्।


मानव संसाधन व्यवस्थापन:-



>संगठनमा जनशक्तिको प्राप्ति, विकास, उपयोग, सम्भार र निवृति सम्मका क्रियाकलापहरुको व्यवस्थापन गर्ने पद्धति मानव संसाधन व्यवस्थापन हो ।

>यसले संगठनभित्र मानिसको व्यवस्थापन सम्बन्धि दर्शन, नीति, कार्यविधि एंव अभ्यासलाई जनाउँदछ । यो संगठनमा मानविय क्रियाकलापको सन्दर्भमा Pre Recruitment to Post Retirements सम्मको समग्र व्यवस्थापन हो ।






मानव संसाधन व्यवस्थापनका विशेषताहरु :-

१ मानव केन्द्रित अवधारणा हो।
२ यो एउटा व्यवस्थापकीय कार्य हो।
३ यो सर्वव्यापी कार्य हो।
४ यो निरन्तर प्रक्रिया हो।
५ यो परिवर्तनशील तथा गतिशिल विषय हो।
६ यो समग्र विषय समेटने एकिकृत प्रणाली हो।
७ यो रणनीतिक विषय हो।
८ यो वस्तु ,परिवेश तथा समय अनुसार फरक फरक हुन्छ।







मानव संसाधन व्यवस्थापनका कार्यहरु:-

मानव संसाधन व्यवस्थापनका कार्यहरुलाई निम्नानूसार उल्लेख गर्न सकिन्छ,

१ प्राप्ती (Acquisition)

यसले संगठनलाई आवश्यक पर्ने जनशक्तिलाई ठीक ठाउँमा ठीक समयमा प्रवेश निश्चित गर्दछ । यस अन्तर्गत निम्न क्रियाकलाप पर्दछन:-

मानव संसाधन योजना यस अन्तर्गत मौजुदा संसाधनको स्थिति आँकलन ,आवश्यकताको पूर्वानुमान, आपुर्तिको पूर्वानुमान र योजना तर्जुमा जस्ता चरणहरु पर्दछन ।

कार्य विश्लेषण:-
यस अन्तर्गत कार्य विवरण तथा कार्य योग्यता विवरण जस्ता विषयहरु पर्दछन ।

भर्ना:-
यसले विभिन्न उपायहरुद्धारा खाली पदहरुमा योग्य उम्मेदवारहरुलाई निवेदन दिन आकर्षित गर्दछ ।

छनौट:-
दरखास्त परेका उम्मेदवारहरुमध्येबाट योग्य व्याक्ति छान्ने प्रकृया छनौट हो ।

पदस्थापन :-
छनौट गरिएका व्यक्तिहरुलाई उचित पद र ठाँउमा व्यवस्थापन गर्ने काम पदस्थापन हो ।

सामाजिकरण:-
नयाँ कर्मचारीहरुलाई कार्य वातावरण तथा सांगठानिक मूल्य र मान्यता बारे जानकारी दिनु सामाजिकरण हो ।

२ विकास कार्य

संगठनमा भित्रियका कर्मचारीहरुको क्षमता विकास गर्ने काम विकास हो । यस अन्र्तगत निम्न कुरा पर्दछन:-
    आवश्यकताको विश्लेषण
    तालिम
    व्यवस्थापन विकास
    वृति विकास

३. उपयोग

कर्मचारीलाई संगठनमा भरपुर रुपमा उपयोग गर्ने काम उपयोग हो । यस अन्र्तगत
    उत्प्रेरण
    कार्यसम्पादन मूल्याङ्कन
    पुरस्कार व्यवस्थापन जस्ता विषय पर्दछन

४ अनुरक्षण


यस कार्यले कर्मचारीहरुलाई संगठनमा रहिरहन निश्चित गर्दछ । यस अन्र्तगत निम्न कुरा पर्दछन
    सुमधुर सम्बन्ध
    कर्मचारी अनुशासन
    गुनासा समाधान
    कर्मचारी कल्याण







अन्त्यमा,
संगठनको उद्देश्य पुरा गर्न मानविय पक्षको व्यवस्थापन गर्न गरिने योजना संगठन, नियमन र नियन्त्रण जस्ता विषयको समग्रता नै मानव संसाधन व्यवस्थापन हो । तसर्थ संगठनमा मानव संसाधनको व्यवस्थापन गर्दा योग्यता प्रणाली, समावेशीता, कर्मचारीको चाहना जस्ता विषयलाई ध्यान दिएर Right Man in Right Place at Right Time सिद्धान्तको पूर्ण पालन गर्नुपर्दछ । समयसापेक्ष रुपमा सेवालाई रुपान्तरण गर्न समयानूकुल रुपमा तालिम प्रदान गरिनुपर्दछ । साथै कर्मचारीको मनोबल उच्च हुनेगरि उत्प्रेरणामुलक काम गरिनुपर्छ ताकि उसले आफ्नो सेवाको सुरक्षाको सुनिश्चितताको महसुस गर्न सकोस ।

Comments

Popular posts from this blog

फाइलिङ भनेको के हो?यसका उद्देश्यहरु लेखी फाइल राख्ने तरिकाहरु उल्लेख गर्नुहोस्।

कर्जा अपलेखन भनेको के हो?कर्जा अपलेखन किन गरिन्छ?

Good For Payment Cheque