.पुँजी बजारको परिचय दिँदै देशको आर्थिक विकासमा पुँजी बजारको महत्त्व/भुमिका उल्लेख गर्नुहोस्।
पुँजी बजार:-
पुँजीको दीर्घकालीन परिचालन हुने बजारलाई पुँजी बजार भनिन्छ । पुँजी बजारमा पुँजीको निर्माण, पुँजीको माग र पुँजीको आपूर्ति हुन्छ ।
पुँजी बजारमा दीर्घकालीन वित्तीय उपकरणहरू जस्तै सेयर , स्टक, बन्ड, डिवेन्चर, सरकारी ऋणपत्र, बचत पत्र, आदिको निष्कासन, खरिद बिक्री तथा विनिमय हुन्छ ।
छरिएर रहेको स-सानो वचताहरुलाई एकीकृत गरी प्राप्त रकमलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्न मद्दत गर्दछ । यो लामो समयसम्म रकम परिचालन गर्ने दीर्घकालीन वित्त बजार पनि हो । सेक्युरिटी तथा पुँजीवजारमा आर्थिक विकासका सहयोगी डिवेञ्चर बजार, कृषि ऋण बजार, स्टक विनिमय बजार आदि सक्रिय रहन्छन् ।
देशको आर्थिक विकासमा पुँजी बजारको महत्त्व/भुमिका देहायबमोजिम उल्लेख गर्न सकिन्छ:-
>पुँजी बजारले औद्योगिक र व्यापारिक क्षेत्रलाई स्थिर र चालु पुँजी उपलब्ध गराउँछ ।
>आर्थिक विकास प्रक्रियालाई सरल बनाउन सहयोग गर्दछ ।
>देशमा उपलब्ध बचतलाई पुँजीगत साधनमा परिणत गराउन मद्दत गर्दछ ।
>पुँजी बजारको विकासले बचत र लगानी बढाउन प्रोत्साहित गर्दछ ।
>लगानीका नयाँ क्षेत्र र अवसर बढाउन विदेशी पुँजीलाई आकर्षित गर्न सहयोग गर्दछ ।
>दीर्घकालीन लगानीका कारण पुँजी निर्माणको दरमा वृद्धि गराउनुका साथै अर्थतन्त्रको उत्पादन क्षमता बढाउन सहयोग पुर्याउँदछ ।
>पुँजी बजारले पुँजी पूर्ति गर्ने विभिन्न सङ्घसंस्थाहरू र अल्प, मध्य र दीर्घकालीन ऋण, माग गर्ने उद्यमी तथा व्यवसायीबिच पुलको काम गर्दछ ।
>पुँजी खर्च न्यून र चालु अधिक रहने विकासशील मुलुकहरूको आर्थिक स्थितिमा सुधार ल्याउन पुँजीबजारले अहम् एवम् महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
>अनुत्पादक रूपमा निश्कृय रहेको पुँजीलाई उत्पादनमूलक कार्यमा क्रियाशील गराई उत्पादकत्वमा वृद्धि गरी आर्थिक विकासमा टेवा पुर्याउँदछ ।
>पुँजी बजारले वित्तीय कारोबारलाई पूर्णता दिने हुँदा आर्थिक विकासमा योगदान पुग्दछ ।
>नयाँ सुरक्षण सम्बन्धी कारोबार गर्ने एक विनिमय बजारको रूपमा कार्य गरी मुलुकको आर्थिक विकासमा सहयोग पुर्याउने ।
>सेक्युरिटी तथा पुँजीबजारको माध्यमबाट अर्थ व्यवस्थामा मध्यकालीन र दीर्घकालीन कोषको कारोबार गरिने हुँदा आर्थिक विकासमा टेवा पुग्छ ।
निष्कर्ष:-
पुँजी बजार दीर्घकालीन वित्तीय बजार हो । धितोपत्र बजारको स्थायित्व तथा विकास प्रवर्द्धन गर्ने वित्तीय नीति तथा मौद्रिक नीति अपनाई धितोपत्रको पर्याप्त आपूर्ति तथा धितोपत्र लगानी औजारहरूमा विविधिकरण गरी धितोपत्र बजारको तथ्याङ्क व्यवस्थापन प्रणाली र सूचनाप्रवाहको स्तरमान विकास गरी देशको उच्चतम आर्थिक क्रियाकलापमा परिचालन गर्नाले समग्र देशको आर्थिक विकास र आर्थिक वृद्धि हुने देखिन्छ ।
Comments
Post a Comment