कस्तो अवस्थामा राष्ट्र बैकले वाणिज्य बैक तथा वित्तीय संस्थालाई समस्या ग्रस्त वाणिज्य बैक तथा वित्तिय संस्थाको रुपमा घोषणा गर्न सक्ने व्यवस्था रहेको छ ?



बैकको जिम्मेवार पूर्ण एक कार्य राष्ट्र बैकको निरीक्षण तथा सुपरिवेक्षण प्रतिवेदनबाट वा अन्य कुनै पनि तवरबाट कुनै वाणिज्य बैक वा वित्तीय संस्थामा देहायको कुनै अवस्था विद्यमान रहेकोे कुरामा बैक विश्वस्त भएमा बैकले त्यस्तो बैक तथा वित्तिय संस्थालाई लिखित सूचना दिई समस्याग्रस्त भएको वाणिज्य बैक वा वित्तीय संस्थाको रुपमा घोषणा गर्न सक्ने व्यवस्था नेपाल राष्ट्र बैक ऐन २०५८ को दफा ८६ख मा उल्लेख गरिएको छ ।




 निक्षेपकर्ता, शेयरधनी, साहू वा सर्वसाधारणको हित विपरीत हुने गरीकुनै कार्य गरेको देखिएमा,


 आफुले पूरा गर्नु पर्ने वित्तीय दायित्व पूरा नगरेमा वा गर्न सक्नेसम्भावना नभएमा वा भुक्तानी गर्नु पर्ने रकम भुक्तानी गर्न नसकेमा,


 दामासाहीमा परेको वा पर्न लागेको वा उल्लेखनीय रुपमा आर्थिक कठिनाई भोगिरहेको भएमा,


 यस ऐन, वाणिज्य बैक तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून,अन्य प्रचलित कानून, इजाजतपत्र प्रदान गर्दा तोकिएका शर्त वा बैककोनियमन, निर्देशन वा आदेशको अवज्ञा वा उल्लंघन गरेको देखिएमा,


 झुट्टा, जालसाज, गलत कागजात वा तथ्य पेश गरी इजाजतपत्र प्राप्तगरेको देखिन आएमा,


 यस ऐन, वाणिज्य बैक तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानूनतथा बैड्ढले समय–समयमा दिएको निर्देशन बमोजिमको न्यूनतम पूँजी कोष कायम गर्न नसकेमा,


 प्रचलित कानून बमोजिम कुनै वाणिज्य बैक वा वित्तीय संस्थाकोखारेजी (लिक्विडेशन) वा दामासाही सम्बन्धी कानूनी कारबाही अघिबढाइएको भएमा,


 स्वेच्छिक खारेजीको कारबाही शुरु भएकोेमा त्यस्तो कारबाही पूरा गर्नअनुचित ढिलाई भएकोमा,


 कुनै विदेशी वाणिज्य बैक वा वित्तीय संस्थाको संलग्नतामा स्थापनाभएको वाणिज्य बैक वा वित्तीय संस्था भएमा त्यस्तो विदेशी वाणिज्य बैक वा वित्तीय संस्था दामासाहीमा वा खारेजीमा परेमा


 खारेजीमापरी लिक्विडेटर नियुक्त भएमा वा त्यस्तो वाणिज्य बैड्ढ वा वित्तीयसंस्थाको बैड्ढि कारोबार गर्ने इजाजतपत्र सम्बन्धित मुलुकको कानूनबमोजिम खारेज भएमा


 कारोबारमा आंशिक वा पूर्णरुपले प्रतिबन्धलागेमा वा त्यस्ता वाणिज्य बैक वा वित्तीय संस्थासँग सम्मिलित भई बैंकिङ कारोबार सञ्चालन गरेको देखिएमा,


 वाणिज्य बैक वा वित्तीय संस्थाले आफुले गर्नु पर्ने भुक्तानी वा पूरा गर्नुपर्ने दायित्व वा काम कर्तव्यमा प्रतिकुल असर पार्ने अवस्था विद्यमान भएको कुरामा बैक विश्वस्त भएमा,

Comments

Popular posts from this blog

फाइलिङ भनेको के हो?यसका उद्देश्यहरु लेखी फाइल राख्ने तरिकाहरु उल्लेख गर्नुहोस्।

कर्जा अपलेखन भनेको के हो?कर्जा अपलेखन किन गरिन्छ?

Good For Payment Cheque