मुद्रास्फीति नियन्त्रण गर्न वित्त र मौद्रिक नीतिले खेल्ने भुमिका
मुद्रास्फीति नियन्त्रण गर्न मौद्रिक र वित्त नीतिले निम्नअनुसार सहयोग गर्दछन् :
वित्त नीतिले गर्ने सहयोग
– उत्पादनमा अनुदान दिएर उत्पादन वृद्धि गर्ने,
– मालवस्तुको ढुवानीमा सुधार गरेर तथा विभिन्न स्थानमा आवश्यक पर्ने मालवस्तुको भण्डारणको व्यवस्था गरी आपूर्ति प्रणालीमा सुधार गर्ने,
– बजार अनुगमनमार्फत कृत्रिम अभाव हुन नदिने, मालवस्तुको मूल्यसूची राख्न लगाउने,
– सरकारी घाटा बजेट कम गरी निजी क्षेत्रमा लगानी बढाउन सहयोग गर्ने,
– सरकारले चालू खर्चमा मितव्ययिता अपनाई पुँजीगत खर्च क्षमता बढाएर पूर्वाधार विकासलाई तीव्रता दिने,
– रुग्ण उद्योगको पुनरुत्थानमा कर, भन्सारलगायतका सहुलियतको व्यवस्था गर्ने,
– नीतिगत, कानुनी, संस्थागत एवं प्रक्रियागत सुधार गरी लगानीमैत्री वातावरण तयार गरेर स्वदेशी तथा विदेशी लगानी बढाउने ।
मौद्रिक नीतिले गर्ने सहयोग
-----
– उद्योग, कृषिलगायतका उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह बढाउन यसमा कर्जाको सीमा निर्धारण गर्ने,
– उत्पादनमूलक क्षेत्रमा प्रवाह हुने कर्जामा अनुदानको व्यवस्था गर्ने,
– कर्जा प्रवाहलाई सरल र पारदर्शी बनाउने,
– बजारमा मुद्रा प्रदायको मात्रा घटाउने,
– केन्द्रीय बैङ्कले अन्य बैङ्कलाई ऋण प्रदान गर्दा लिने बैङ्कदर बढाउने,
– केन्द्रीय बैङ्कले सरकारी ऋणपत्र बिक्री गर्ने,
– केन्द्रीय बैङ्कमा वाणिज्य बैङ्कले जम्मा गर्नुपर्ने अनिवार्य नगद मौज्दातको मात्रा बढाउने,
– बैङ्क तथा वित्तीय संस्थाहरू एकआपसमा मर्ज हुने प्रक्रियालाई सरल गरी बैङ्कको वित्तीय क्षमताको विकास गर्ने
– केन्द्रीय बैङ्कले गर्ने बैङ्क तथा वित्तीय संस्थाको नियमन प्रणालीलाई प्रभावकारी बनाई स्वच्छ प्रतिस्पर्धाको विकास गर्ने ।

– खराब कर्जा असुली कार्यलाई प्रभावकारी बनाउने,
– केन्द्रीय बैङ्कले गर्ने बैङ्क तथा वित्तीय संस्थाको नियमन प्रणालीलाई प्रभावकारी बनाई स्वच्छ प्रतिस्पर्धाको विकास गर्ने ।
Comments
Post a Comment