मौद्रिक नीतिकाे परिचय दिदै आर्थिक बर्ष २०८०/८१ काे मौद्रिक नीतिका बिशेषता लेखी मौद्रिक नीतिका प्रमुख उदेश्य उल्लेख गर्नुहोस ?



- कुनै पनि मुलुककाे केन्द्रीय बैंकले समग्र मुद्राकाे पुर्ति , बैंक दर , बैंक कर्जालाई व्यवस्थापन गर्दै , बजेटले लिएका आर्थिक परिलक्ष्य हासिल गर्ने उदेश्य लाई थप सहयोग पुर्याउने गरि केन्द्रीय बैंक द्वारा तर्जुमा गरिएको नीति लाई मौद्रिक नीति भनिन्छ ।

-आर्थिक बर्ष २०८०/८१ काे मौद्रिक नीतिका बिशेषता हरु यस प्र कार छन :

1. मुल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्न , अर्थतन्त्रलाई चलाएमान बनाउन बिस्तारकारी मौद्रिक नीतिकाे सिद्धान्त लाई निरन्तरता दिएको छ ।

2. बैंक तथा बित्तीय संस्थाकाे अन्तर बैंक काराेबारकाे भारित औसत ब्याजदरलाई सञ्चालन लक्ष्यकाे रुपमा यथावत राखिएको छ।

3. कम्तिमा ७ महिनाकाे बस्तु तथा सेवा आयात धान्न पुग्ने गरि बिदेशी बिनिमय सञ्चिति कायम राख्नमा यस नीतिले जाेड दिएकाे छ ।

4. मुद्रा स्फ्रिति दरलाई ६.५ प्रतिशत कायम राख्ने मौद्रिक व्यवस्थापन गरिएको छ ।

5. स्थायी तरलता सुबिधा लगायतका अन्य सुबिधा उपलब्ध गराउन यस नीतिले निरन्तरता दिएकाे छ ।

6. बैंक दरलाई ७.५ प्रतिशतमा झारी , क्रमश अनिवार्य नगद अनुपात र बैधानिक तरलता अनुपात दर  लाई यथावत राखिएको छ ।

- मौद्रिक नीतिका प्रमुख उदेश्य हरु निम्नानुसार रहेका छन :

1. आर्थिक गतिविधिमा सुधार गरि मुल्य स्तरमा स्थायित्व कायम राख्नु ।

2. अर्थतन्त्रका उत्पादनशिल क्षेत्रमा नियमित कर्जा लगानी गरी उच्च  राेजगारीका अवसर सिर्जना गर्नु ।

3. आन्तरिक उत्पादन स्तरमा सुधार गर्दै उच्च  आर्थिक बृद्दिदरका लक्ष्य हासिल गर्नु ।

4. बैदेशिक व्यापार प्रणालिमा सन्तुलन कायम राखी बिदेशी बिनिमय दर र शाेधान्तर स्थितिमा स्थायीतब कायम राख्नु ।

5. बिपन्न वर्ग कर्जा , कृषि कर्जा , साना एवम् मझौला उद्यम सञ्चालनका लागि प्रवाह गरिने कर्जा सहुलियतपूर्ण ढंगबाट उपलब्ध गराई आर्थिक असमानता क्रमिक रुपमा कम गर्नु ।

6. देशकाे वर्तमान आर्थिक स्थिति समेत बिश्लेषणका आधारमा उपयुुक्त मौद्रिक नीतिकाे सिद्धान्त लागू गरि ( inflation र deflation ) जस्ता आर्थिक समस्या समाधान गर्नु ।

Comments

Popular posts from this blog

फाइलिङ भनेको के हो?यसका उद्देश्यहरु लेखी फाइल राख्ने तरिकाहरु उल्लेख गर्नुहोस्।

कर्जा अपलेखन भनेको के हो?कर्जा अपलेखन किन गरिन्छ?

Good For Payment Cheque