नेपालकाे बैंकिङ क्षेत्रमा अवसरहरु
> उदारिकृत आर्थिक प्रणाली र खुला बजार नीति
> कम लागतमा जनशक्तिको उपलब्धता
>न्यून सञ्चालन लागत
> आधुनिकीकरण र प्रविधिको उच्चत्तम विकास तथा प्रयोग
>बैंकिङ चेतनामा अभिवृद्धि तथा बचत गर्ने बानिको विकास
>कम लागतमा निक्षेपको उपलब्धता
>आयमा वृद्धि भई रोजगारीको सिर्जना
> विप्रेषणको उच्च प्रवाह
>केन्द्रिय बैंकको उल्लेखनीय सहयोग
>AML,BOP तथा अन्य आवश्यक ऐन नियमहरुको उपलब्धता
> शुल्कमा आधारित व्यवसाय र एजेन्सीको कार्यमा वृद्धि
>वित्तीय पहुँच र वित्तीय साक्षरतामा अभिवृद्धि आदि।
अरु थपौ है!........
2. पछिल्लो समय बैंक तथा बित्तीयकाे निष्क्रिय कर्जा बढ्नुका कारणहरु:-
>नातावादले गर्दा प्रक्रिया पूरा नहुँदै कर्जा वितरण गर्नु
>नयाँ क्षेत्रमा लगानी गर्दा ऋणिको क्षमताको बारेमा ध्यान नदिनु
>कर्जा समितिको निर्णयलाई बेवास्ता गरि कर्मचारी र ऋणिको मिलेमतोमा कर्जा वितरण गर्नु
>धितोको अधिक मुल्यांकन हुनु,प्रशस्त मार्जिन नराख्नु
>कमजोर मुल्यांकन नीति अवलम्बन गर्नु
>थप सुरक्षण नलिई रकम थपेर कर्जा नविकरण गर्नु
>कर्जा चुक्ता गर्ने माध्यम स्पष्ट नहुनु
>कर्जा लगानीका सिद्धान्तहरुलाई प्रभावकारी रुपमा अवलम्बन नगरी ऋण प्रवाह गर्नु
>ऋणिको विगतको कारोबारको मुल्यांकन नगर्नु
>ऋण असुली सम्बन्धि कार्य अत्यन्त फितलो हुनु
>वित्तीय सुशासन कायम राख्न उपयुुक्त नीति नियमको अभाव हुनु
>बैंकको स्वीकृत कर्जा क्षेत्र भन्दा बाहिर लगानी गर्नु(कर्जाको दुरुपयोग हुनु) आदि।
Comments
Post a Comment