SWIFT
उदाहरणका लागि,
बैंकको नाम: ग्लोबल आईएमी बैंकबाट GLBB
नेपालको कन्ट्री कोड: NP
बैंकको कार्यलय रहेको स्थान काठमाडौं: KA
ग्लोबल आईएमई बैंकको स्विफ्ट कोड –
GLBBNPKA हो ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार हरेक दिन ११ हजार स्विफ्ट सदस्यहरुले २ करोड ४० लाख कारोबारको सन्देश सिर्जना गर्छन् । त्यसैकारण स्विफ्ट कोड नेटवर्कलाई जटिल नेटवर्कको रुपमा लिइन्छ ।
स्विफ्ट सिस्टममा दैनिक कारोबार सन्देशहरुमध्ये ५० प्रतिशत सन्देश भुक्तानी सम्बन्धी हुन्छ । त्यस्तै ४३ प्रतिशत सेन्देश सुरक्षा सम्बन्धी हुन्छ भने बाँकी सन्देश कारोबार सम्बन्धी हुन्छ ।
यसको मुख्य विशेषता भनेको छिटो, सही र सुरक्षित कारोबार हो । त्यसै कारण यसका सदस्यहरु धेरै रहेका छन् । स्विफ्ट आफैंले प्रत्यक्ष रुपमा पैसाको कारोबार गर्दैन नत सदस्यहरुको खाता नै चलाउँछ । यसको लागि स्विफ्टले ग्राहकहरुलाई ‘युजर नेम’ र ‘पासवर्ड’ प्रदान गरेको हुन्छ । सोही युजर र पासवर्डको माध्यमबाट वित्तीय संस्थाले कारोबार गर्छन् । स्विफ्टको सदस्य बन्नको लागि करिब ८० लाख रुपैयाँ लाग्छ भने वार्षिक शुल्क पनि बुझाउनुपर्छ । यसवापत स्विफ्टले कारोबारलाई सुरक्षित बनाउँछ । साथै कारोबारको विवरण पनि व्यवस्थित बनाइदिन्छ ।
-------swift code को इतिहास --------
शुरु–शुरुमा पैसा पठाउनको लागि वित्तीय संस्थाहरुले ‘टेलएक्स’को प्रयोग गर्थे । यसबाट पैसाको कारोबार गर्दा ढिलो हुने, सुरक्षित नहुने, चिठ्ठी लेखेको जस्तो गरेर कारोबार गर्नुपर्ने हुनाले झन्झटिलो थियो । यसरी मानवीय गल्तीहरु हुने हुँदा यसको विकल्पको रुपमा स्विफ्ट कोडको शुरु भएको हो ।
स्विफ्ट कोड सन् १९७४ बाट शुरु भएको हो । यसको स्थापनामा विश्वका ठूला सात अन्तर्राष्ट्रिय बैंकहरुको संलग्नता रहेको थियो । यसको लागि ती बैंकहरुले ‘को–अपरेटिभ सोसाइटी’ को स्थापना गरेका थिए ।
स्विफ्ट स्थापना भएको ३ वर्षमा पाँच देशका २ सय ३० बैंकहरु आबद्ध भएका थिए ।
---------क–कसले प्रयोग गर्छ स्विफ्ट कोड ?-------
शुरुमा स्फ्टि कोड बनाउँदा यसको डिजाइनरले ट्रेजरी तथा करस्पन्डेन्ट ट्रान्जेक्सनको लागि मात्रै भनेर बनाएका थिए । तर हाल यो कोड
बैंक
ब्रोकेज इन्टिच्युसन्स तथा ट्रेडिङ हाउस
सेक्युरिटी डिलर्स
एसेट्स म्यानेजमेन्ट कम्पनी
क्लियरिङ हाउस
एक्सचेन्ज हाउस
निक्षेपकर्ता
ठूला कम्पनीले प्रयोग गर्छन् ।
Comments
Post a Comment