कृषि बिकास बैंककाे परिचय लेखी , कृषि बिकास बैंककाे SWOT Analysis गर्नुहाेस
✅
⬇️ कृषि क्षेत्रकाे बिकास आधुनिकिकरण , व्यावसायिकिकरण गर्ने मुल ध्येय राखी स्थापना गरिएको बित्तीय संस्थालाई कृषि बिकास बैंक भनिन्छ ।⬇️ कृषि क्षेत्रकाे सन्तुलित बिकासकाे आधार तय गर्नका लागि आवश्यक पर्ने ( short term loan ) र ( long term loan) उपलब्ध गराउने उदेश्य राखि स्थापित गरिएको बित्तीय संस्थालाई कृषि बिकास बैंक भनिन्छ ।
⬇️ कुनै पनि बैंक बित्तीय संस्था सञ्चालन गर्ने क्रममा सम्बन्धित संस्थाकाे SWOT analysis गर्दै बृहत् काराेबारकाे अवस्था प्रती जानकारी समेत लिन सकिन्छ । यसै सन्दर्भमा कृषि बिकास बैंककाे SWOT analysis लाई तल बुदागत रुपमा ब्यक्त गरिएको छ ।
क. सबल पक्ष :
1. प्रतिस्प्रर्धात्मक जाँच पास गरि आएका बैंककाे कर्मचारीकाे उच्च बाहुल्यता रहेको पाइन्छ ।
2. व्यापक शाखा सञ्जाल रहेको छ।
3. बृहत् स्वरुपमा यस बैंकका ग्राहक एवं शेयर धनी रहेकाे पाइन्छ ।
4. उच्च पुजिकाे अंश रहेको छ ।
ख. दुर्बल पक्ष :
1. अधिक सञ्चालन लागत बढ्ने गरेको पाइन्छ।
2. कर्मचारी वर्गमा प्राविधिक ज्ञान सिपकाे अभाव रहेको छ ।
3. बैंकिङ सेवा लिनका लागि बढि झन्झटिलो प्रक्रिया पार गर्नुपर्ने ।
4. गुणस्तरीय कर्जा प्रवाह हुन नसकेकाे पाइन्छ।
ग. अवसर हरु :
1. बजार बिस्तारिकरण सगसगै बित्तीय पहुँच बढ्ने ।
2. उर्जावान , क्षमतावान कर्मचारी बाट बैंकिङ सेवा सञ्चालन ।
3 . बैंकिङ क्षेत्रमा IT एवं प्राविधिक उपकरणको प्रयाेग दर उच्च रहेको पाइन्छ ।
4. आधुनिक बैंकिङ सेवा बिस्तारिकरण हुने उच्च सम्भावना ।
घ. चुनौती हरु :
1. स्वस्थ , प्रतिस्प्रर्धात्मक बैंकिङ प्रणालिकाे बिकास गर्नु ।
2. IT related जाेखिम न्युनिकरण गर्नु ।
3. बैकमा संस्थागत सुशासन कायम गरि बैंककाे आन्तरिक नियन्त्रण पद्धति मजबुत बनाउनु ।
4. गुणस्तरीय कर्जा प्रवाह मार्फत ग्राहक वर्ग लाई बैंक प्रती विश्वस्त पार्न सक्नु ।
✅ अन्ततः : यसर्थ कृषि बिकास बैंककाे ( SWOT analysis ) गरिसके पछि के भन्न सकिन्छ । भने चुनौती र दुर्बल पक्ष लाई अवसर र सकारात्मक पक्षमा रुपान्तरण गर्दै बित्तीय सेवा सञ्चालन गर्ने क्रममा उत्पन्न सबल एवं अवसर गत पक्ष लाई आत्मसाथ गरि बित्तीय सेवा सञ्चालन गर्न सकेमा कृषि बिकास बैंकले लिएको दिर्घकालिन लक्ष्य पुरा गर्न सकिन्छ ।
Comments
Post a Comment