बैकिङ व्यवसायमा कर्जा तथा लगानी सम्बन्धी जोखिम भन्नाले के बुझनुहुन्छ यसका स्रोत तथा न्यूनिकरणका उपायहरु उल्लेख गर्नुहोस्
कर्जा तथा लगानी सम्बन्धी जोखिम:-
बैंक तथा वित्तिय संस्थाबाट प्रवाह भएका कर्जा विभिन्न कारणले असुल हुन नसक्ने अवस्था अर्थात बैंकको ग्राहकहरूले आफ्नो असक्षमता वा अनिइच्छाका कारण बैंक प्रति आफ्नो प्रतिबद्धता पुरा गर्न नसकि बैंकलाई हुन सक्ने नोक्सानिलाई कर्जा तथा लगानी सम्बन्धी जोखिम भनिन्छ ।
कर्जा लिएको ग्राहकले कर्जा वा ऋण र व्याज नतिरेको कारणले उत्पन्न हुन जाने जोखिमलाई कर्जा जोखिम भनिन्छ ।
कर्जा जाखिमलाई सम्बन्धीत फर्म विशेष जोखिम ( Firm Specitic Credit Risk ) र प्रणालीगत जाखिम ( Systematic Credit Risk ) गरी 2 भागमा विभाजन गर्न सकिन्छ ।
✅फर्म विशेष कर्जा जोखिमः कर्जा लिने ऋणीको कारणबाट उत्पन्न हुन्छ । क्रण दिनु अघि ऋणीको सहि मूल्याङकन गरेर र ऋण दिइसकेपछि नियमित रूपमा अनुगमन गरेर यस्तो जोखिमलाई कम गर्न सकिन्छ ।
✅अर्थ व्यवस्थामा भएको आर्थिक मन्दिजस्ता प्रतिकुल अवस्थाले गर्दा सबैजसो ऋणीहरूले कर्जा भुक्तानी गर्न क्षमतामा हास आई ऋणीहरूले ऋण तिर्न नसक्ने सम्भावनालाई प्रणालीगत जोखिम ( systematic credit risk ) भनिन्छ । यस्तो जोखिमलाई बैंक वा वित्तीय संस्थाले नियन्त्रण गर्न सक्दैनन् ।
✅कर्जा जोखिमका स्रोतहरु :-
>कर्जा लगानीमा तोर्किको समयमा साँवा तथा ब्याज असुल नहुनु
> बैंक ग्यारेन्टी तथा प्रतीतपत्रमा तोकिएको समयमा रकम प्राप्त नहुनु वा शर्त भंग हुनु
>सम्झौता अनुसार ट्रेजरी रकम प्राप्त नहुनु
>धितो वा धितोपत्रत्र Realize नहुनु
> अन्तरदेशीय कारोवारमा Sovereign risk हुनु ।
✅कर्जा जोखिमका कारणहरु :-
>देशको अर्थव्यवस्था , सरकारी नीति
>ठूलो मात्रामा हुने वस्तु तथा सेवा , शेयरको मूल्य , विदेशी विनिमय र ब्याजदरमा हुने परिवर्तन
>कर्जा नीतिमा भएको कमजोरी
>सीमा विहिन कर्जा लगानी
>ऋणीको वित्तीय अवस्थाको प्रर्याप्त विश्लेषण नहुनु
>कर्जा जोखिम मूल्यांकन गर्ने संयन्त्र नहुनु
>कमजोर कर्जा प्रशासन
✅कर्जा जोखिमको विशेषता :-
>यो ऋणीहरूमा अनुभव , ज्ञान तथा कार्यकुशलताको अभावका कारणले सृजना हुन्छ ।
>यस्तो जोखिमलाई पूर्ण रूपमा हटाउन सकिदैन तर विविधिकरण गरी न्यून गर्न सकिन्छ ।
>जोखिमलाई अनुमान तथा हस्तान्तरण गर्न गहो हुन्छ ।
>यो बैंकिङ क्षेत्रको सवैभन्दा पुरानो र व्यापक क्षेत्र ओगटेको जोखिम हो ।
✅ कर्जा जोखिम न्यूनीकरणका उपायहरु :-
कर्जा जोखिम न्यूनीकरण गर्ने उपायहरू यसप्रकार रहेको छन् :-
> ऋण प्रवाह गर्नु अघि ऋणीको सही मूल्यांकन गर्ने
>ऋण दिएपछि नियमित रूपमा अनुगमन तथा निरीक्षण गरेर कर्जाको स्तरीयता कायम गर्ने
>कर्जा लगानी र ऋणको कार्य सम्पादन अनुगमन
>धितोको उचित मूल्यांकन तथा अनुगमन
>कर्जा व्यवस्थापन प्रणालीको विकास तथा लागु
>Exposure limit को परिपालना
>कर्जा प्रवाह गर्दा कर्जा सम्बन्धी NRB वाट विभिन्न समय - समयमा भएका निर्देशन तथा अन्य नीति नियमहरूको पालना गर्ने
>Credit Risk Rating system को विकास गर्नुपर्ने
>कर्जा भुक्तानीको अवधिको आधारमा कर्जा वर्गीकरण गरी सोही आधारमा Provision व्यवस्था गर्ने
>संस्थासँग निष्कृय कर्जाको यथोचित व्यवस्थापनका लागि उचित नीति तथा प्रक्रिया कार्यान्वयन गर्न सक्ने व्यवस्था हुनु पर्ने
>कर्जा लगानी गरिसके पश्चात् जुन उद्देश्यले कर्जा लिइएको हो त्यही उद्देश्यमा लगानी भए नभएको जानकारी लिनु पर्ने आदि।
✅निष्कर्ष:-
सहवित्तीयकरण कर्जाको हकमा जोखिमको विश्लेषण गर्ने प्रमुख जिम्मेवारी अगुवा बैंकको हुनेछ । तथापि , सहभागी बैंकहरूले आ - आफ्नो ढंगवाट जोखिमको विश्लेषण गर्न सक्नेछन् । यसरी जोखिम व्यवस्थापनले बैंक तथा वित्तीय संस्थामा आइपर्ने जोखिमको पर्वानुमान गरी बैक तथा वित्तीय संस्थालाई परिवर्तनको लागि तयार गर्न सहयोग गर्दछ।
Comments
Post a Comment