प्रतित पत्र र बैंक जमानत बिचमा भिन्नता उल्लेख गर्नुहाेस ?
प्रतित पत्र भन्नाले अन्तर्राष्ट्रिय स्तरकाे व्यापारीक प्रयाेजनका लागि आयातकर्ता र निर्यातकर्ता बिचमा भुक्तानी प्रणालिकाे माध्यम सुनिश्चित गर्ने गैर काेषमा आधारित सेवा हाे । भने बैंक जमानत भन्नाले कुनै पनि ग्राहकले सम्भावित दायित्व पुरा गर्न नसकेमा उक्त ग्राहककाे तर्फबाट भुक्तानी गर्ने सुनिश्चितता व्यक्त गर्नु नै बैंक जमानत हाे ।
यस्ता गैर काेषमा आधारित सेवाकाे बिचमा रहेका भिन्नता यस प्रकार छन :
1. आयात र निर्यात कर्ता बिचमा भुक्तानी सम्बन्धि पुलकाे कार्य गर्न प्रतित पत्र उपयोगी हुन्छ । भने तेस्रो पक्षले तिर्नुपर्ने दायित्व सुनिश्चित गर्न बैंक मार्फत यस्तो सेवा उपयोगी हुन्छ ।
2. प्रतित पत्र बैंकका लागि बढि र व्यापारका लागि कम जाेखिम हुन्छ । भने बैंक जमानत व्यापारका लागि बढि र बैंकका लागि कम जाेखिम हुन्छ ।
3. प्रतित पत्रमा चारवटा पक्ष संलग्न हुन्छन । भने बैंक जमानत दुई वा साे भन्दा बढि पक्ष संलग्न हुन्छ ।
4. प्रतित पत्र अन्तर्राष्ट्रिय व्यापारका लागि बढि प्रयाेग गरिन्छ । भने बैंक जमानत राष्ट्रिय स्तरकाे ठेक्का पट्टाकाे कार्यमा प्रयाेग गरिन्छ ।
5. प्रतित पत्रमा अन्तर्राष्ट्रिय स्तरकाे कानुनी सिद्धान्त पालना गर्नुपर्छ । भने बैंक जमानामा राष्ट्रिय स्तरकाे कानुनी सिद्धान्तकाे पालना गर्नुपर्छ ।
अन्ततः:, तसर्थ प्रतित पत्र र बैंक जमानत दुबै गैर काेषमा आधारित सेवा हुन जसकाे सहायता बाट प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा बैंकले आम्दानी प्राप्त गर्ने हुन यस्ता सेवामा थप प्रभावकारिता कायम राख्न आवश्यक छ ।
Comments
Post a Comment