नेपालको वित्तीय क्षेत्रका हाल देखिएका समस्याहरू के के हुन् ? चर्चा गर्नुहोस् ।



1.वित्तीय क्षेत्र:-

>पुँजीको माग, सिर्जना तथा आपूर्ति हुने क्षेत्र वित्तीय क्षेत्र हो । अर्थतन्त्रको मेरुदण्डका रूपमा चिनिने वित्तीय क्षेत्रअन्तर्गत वाणिज्य बैङ्क, विकास बैङ्क, वित्त कम्पनी, नेपाल राष्ट्र बैङ्कबाट अनुमतिप्राप्त लघुवित्त कारोबार गर्ने वित्तीय संस्था, सहकारी संस्था, गैरसरकारी संस्था पर्दछन् ।

>नेपालमा नेपाल राष्ट्र बैङ्क ऐन, 2058 तथा बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, 2073 अनुसार नेपालको समग्र वित्तीय क्षेत्रको नियमन तथा सुपरिवेक्षण केन्द्रीय बैङ्कका रूपमा नेपाल राष्ट्र बैङ्कले गर्दै आएको छ र पनि यो अझै सुदृढ हुन सकेको छैन ।

2.नेपालको वित्तीय क्षेत्रमा हाल देखिएका समस्यालाई निम्नानुसार चर्चा गर्न सकिन्छ :-

>बैङ्क तथा वित्तीय संस्थामा तरलता अभाव बढ्दै जानु,

>निक्षेप वृद्धि गर्न नसकिनु,

>बैङ्क तथा वित्तीय संस्थाले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरबीचको अन्तर बढ्दै जानु,

> मुलुकमा नीतिगत अस्थिरताका कारण लगानीको अनुकूल वातावरण तयार हुन नसक्नु,

>लगानीको महìवपूर्ण क्षेत्र औद्योगिक क्षेत्र रुग्ण एवं कमजोर हुँदै जानु,

>कर्जालाई उत्पादनमूलक क्षेत्रमा प्रवाह गर्न नसकिनु,

> कर्जा फिर्ता दर न्यून हुनु,

>ग्रामीण जनता, उद्यमी एवं कृषकमा बैङ्किङ सेवा सुविधा सहज
हुन नसक्नु,

>निष्क्रिय कर्जा घटाउन नसक्नु,

> वित्तीय साक्षरता कमजोर हुँदा ऋण प्राप्तिको न्यूनतम मापदण्ड पूरा गर्न सक्ने ज्ञान, सीप, क्षमताको अभाव रहनु,

>वित्तीय स्थायित्व कायम गर्ने कार्यमा मौद्रिक नीति प्रभावकारी
हुन नसक्नु,

>मुद्रास्फीति दरलाई न्यून राख्न नसक्नु,

> बैङ्क तथा वित्तीय संस्थामा संस्थागत सुशासन सृदढ हुन नसक्नु,

>बैङ्क तथा वित्तीय संस्थाहरूको सङ्ख्यात्मक वृद्धिसँगै गुणात्मक पक्ष बढाउन नसकिनु,

>एकआपसमा गाभ्ने गाभिने तथा एकले अर्को प्राप्ति गर्ने प्रक्रिया प्रभावकारी हुन नसक्दा ठूला–ठूला लगानीकर्ताका लागि आवश्यक पर्ने सबल र सक्षम बैङ्क तथा वित्तीय संस्थाको अभाव हुनु,

>अर्थतन्त्रमा छायाँ बैङ्किङ क्रियाकलाप जस्तै :  हुण्डी, ढुकुटीलगायतका कारोबार नियन्त्रण गर्न नसकिनु,

>केन्द्रीय बैङ्कका रूपमा नेपाल राष्ट्र बैङ्कले गर्ने बैङ्क तथा वित्तीय संस्थाहरूको नियमन तथा सुपरिवेक्षण कार्य प्रभावकारी हुन नसक्नु आदि।

Comments

Popular posts from this blog

फाइलिङ भनेको के हो?यसका उद्देश्यहरु लेखी फाइल राख्ने तरिकाहरु उल्लेख गर्नुहोस्।

कर्जा अपलेखन भनेको के हो?कर्जा अपलेखन किन गरिन्छ?

Good For Payment Cheque