नेपालमा विप्रेषण आयका सकारात्मक र नकारात्मक पक्षका बारेमा उल्लेख गर्नुहोस्।
1.विप्रेषण:-
>कुनै एक देशका नागरिक अर्को देशमा गई आर्जन गरेको रकम बैंक, वित्तीय संस्था वा अनुमति प्राप्त मनी ट्रान्सफर एजेन्सीहरू मार्फत स्वदेशमा पठाउने कार्य रेमिट्यान्स हो । यसलाई नेपालीमा विप्रेषण भनिन्छ ।
2.नेपालमा विप्रेषण आयका सकारात्मक पक्षहरु:-
>विकास अनुदान तथा प्रत्यक्ष वैदेशिक लगानीको तुलनामा विप्रेषण आप्रवाह अधिक भएकाले नेपालको विदेशी विनिमय सञ्चितिको प्रमुख आधार रहेको,
> नेपालमा अत्यधिक मात्रामा रहेको गरिब घरपरिवारको जीवनस्तरमा सुधार ल्याउन उल्लेख्य भूमिका रहेको,
> ठुलो सङ्ख्यामा श्रमवजारमा प्रवेश गर्ने बेरोजगार युवाहरूलाई विप्रेषणको माध्यवाट थप नयाँ रोजगारी सिर्जना गर्न सहयोग पुगेको ,
> विप्रेषण आयले आधारभूत आवश्यकता परिपूर्ति गरी बाँकी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न पुँजीको आवश्यकतालाई पूर्ति गर्ने गरेको,
> वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको प्रभावले गर्दा गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सुविधाको उपयोगका साथै नेपालीहरूको क्रय क्षमतामा वृद्धि भएको,
> बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप सङ्कलन र निजी क्षेत्रको कर्जा प्रवाहमा विप्रेषणले महत्त्वपूर्ण योगदान पुर्याएको ,
> विभिन्न वैदेशिक रोजगार बचतपत्र, शेयर तथा ऋणपत्रमा लगानी गरी पुँजी परिचालन गर्न सहयोग पुगेको ,
> बढ्दो व्यापार घाटाका कारण चालु खाता ऋणात्मक रहेको हालको अवस्थामा बाह्य वित्तको महत्त्वपूर्ण स्रोत विप्रेषणले शोधानान्तर स्थिति र विनिमय सञ्चितिमा सकारात्मक योगदान पुर्याएको ,
> विप्रेषणले नेपालको अर्थतन्त्रको बाह्य क्षेत्र सन्तुलन कायम गर्न मात्र नभई शिक्षा, स्वास्थ्य, गरिबी निवारण, वित्तीय साधन परिचालन र राष्ट्रिय पुँजी निर्माणमा उल्लेखिय योगदान पुर्याएको ,
> वैदेशिक रोजगारीको कारण अन्तर्राष्ट्रिय समुदायसँग श्रम कूटनीतिको माध्यमबाट देशको आर्थिक विकासमा वैदेशिक सहयोग परिचालनमा सहयोग पुगेको,
> विश्वभर नेपालीहरू रोजगारीको सिलसिलामा पुग्ने हुँदा नेपालको कला संस्कृति र प्रमुख पर्यटकीय स्थलहरूको प्रचार –प्रसारसँगै पर्यटन क्षेत्रको विकासमा टेवा पुगेको ,
> वैदेशिक रोजगारीमा गएका नेपालीहरूले विभिन्न सङ्घ सङ्गठनमा आवद्घता जनाई देश विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरूलाई आर्थिक सहयोग गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरी नेपाली कलाकार देश विदेश घुम्ने तथा प्रत्यक्ष तथा परोक्ष रोजगारी सिर्जना गर्ने गरेको आदि।
3.नेपालमा विप्रेषण आयको नकारात्मक पक्षहरु:-
>बढ्दो विप्रेषण आप्रवाहले खर्च योग्य आम्दानीमा वृद्धि गरि उत्पादन क्षेत्रमा लगानीको अवस्था फितलो भएको,
>विप्रेषण प्राप्त गर्ने परिवारका सदस्यहरूले पूर्ववत् रूपमा श्रम गर्ने बानीमा कमी आएको,
> ऊर्जाशील युवाहरू वैदेशिक रोजगारीमा जाँदा देशको कुल श्रम आपूर्तिमा ह्रास आएको,
> नेपालको अधिकांश उर्वराभूमी बाँझो भूमिमा परिणत भएको,
> वैदेशिक वस्तुको आयात र उपभोगमा वृद्धि हुनका साथै स्वदेशी उत्पादनमा ह्रास आएको,
> नेपालको अर्थतन्त्रमा डच डिजिजको समस्या उत्पन्न भएको,
> विदेशी विनिमयको अधिमूल्यन र स्वदेशी मुद्राको अवमूल्यन भई निकासीको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आएको ,
> उत्पादनमुखी कार्यमा सङ्कुचन हुँदै जानका साथै अनौपचारिक कारोबार र अनुत्पादक क्षेत्रमा लगानी बढ्न गएको,
> रोजगारीको सिलसिलामा युवाहरू बिदेसिने क्रम बढेसँगै विभिन्न आर्थिक ठगीका घटना बढ्नुका साथै फौजदारी अपराधमा वृद्धि भएको,
>विदेशमा जोखिमयुक्त काम , श्रम सुरक्षाको अभाव ,विभिन्न जटिल प्रकृतिका रोग तथा दुर्घटनाले गर्दा अङ्ग भङ्ग हुनका साथै ज्यान समेत जाने गरेको,
> लामो समय सम्म रोजगारीको सिलसिलामा विदेशमा रहनुपर्ने हुँदा सामाजिक चालचलन तथा पारिवारिक सम्बन्धमा समेत उतार चढाव आउने गरेको ,
> मानव बेचबिखन तथा अन्य लैङ्गिक हिंसाले गर्दा नेपाली चेलीहरू आफ्नो स्वतन्त्रताबाट वञ्चित हुनु परेको ,
> विप्रेषण प्राप्त गर्ने घर परिवारमा विलासिताका वस्तुहरू प्रयोगमा ल्याउनका साथै समाजमा भड्किलो जीवनशैली अपनाउँदा सामाजिक तथा सांस्कृतिक संरचना बिग्रन गएको छ आदि।
निष्कर्ष:-
विप्रेषण नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण आधारको रूपमा रहेको छ । बाह्य क्षेत्र सन्तुलन कायम गर्नको लागि मात्र नभई, शिक्षा, स्वास्थ्य, गरिबी निवारण, वित्तीय साधन परिचालन र राष्ट्रिय पुँजी निर्माणमा समेत विप्रेषण आयले महत्त्वपूर्ण योगदान पुराएको छ । नेपालमा ठुलो परिमाणमा विप्रेषण आप्रवाह हुने हुँदा त्यसको उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न राष्ट्रिय तथा प्रादेशिक महत्त्वका योजनामा विप्रेषण आप्रवाहको परिचालन गर्ने विश्वासिलो संयन्त्र निर्माण गरिनु पर्दछ । विदेशबाट नेपालमा विप्रेषण पठाउँदा उच्च लागत लाग्ने हुँदा यस तर्फ सरकारले विशेष प्याकेज बनाएर न्यून लागतमा औपचारिक
Comments
Post a Comment