तहगत बैंकिङ प्रणाली भनेको के हो? नेपालमा वित्तीय संस्थाहरूको वर्गीकरण के कस्तो आधारमा गरिएको छ ? वर्णन गर्नुहोस।
तहगत बैंकिङ प्रणाली :
बैंकिङ प्रणालीलाई विभिन्न आधार (कार्य ,कार्यक्षेत्र ,पुँजी ,आकार ) मा विभिन्न तहमा वर्गीकरण गरि इजाजत दिने प्रणाली नै तहगत बैंकिङ प्रणाली हो।
तहगत बैंकिङ प्रणालीले प्रत्येक तहका बित्तिय संस्थाहरूले गर्ने कार्यको आधारमा उनीहरुलाई इजाजत दिने कुरामा जोड दिन्छ।
नेपालमा बि स २०६० सालमा आएको BAFI ले पहिलोपटक बैंकिङ प्रणालीलाई तहगत रुपमा ४ तहमा बिभाजन गरेको थियो। हाल BAfia act 2073 अनुसार बर्गिकृत छन।
नेपालमा बैंक तथा बित्तिय संस्थाहरुको वर्गीकरणका आधार मुख्यतया न्युनतम चुक्ता पुँजी भएतापनी अन्य आधार निम्न रहेका छन :
-बैंकको कारोबार क्षेत्र
-कारोबार गर्ने समयावधि
-बैंक बित्तीय संस्थाको भौगोलिक क्षेत्र
-आधार कार्यप्रकृती
-कारोबारको किसिम आदि।
वर्गीकरणको आधारमा :
क बर्ग :
- वाणिज्य बैंकलाइ क वर्गमा राखियो। जसको न्युनतम चुक्ता पुँजी रु ८०० करोड रहेको छ।
-आकारमा सबैभन्दा ठुला Bank
-साधारणतया : short tearm deposit गरि short tearm loan प्रवाह गर्छन।
ख वर्ग :
-बिकास बैंकलाइ "ख" बर्गमा राखिएको छ। यिनिहरुको चुक्ता पुँजी रि २५० करोड रहेको छ।
-वाणिज्य बैंक भन्दा अलि साना आकारका हुन्छन
-राष्ट्र स्तर तथा प्रादेशिक स्तरको कार्यक्षेत्र हुन्छ।
-मध्यम तथा दीर्घकालीन अवधिका कर्जा प्रवाह गर्ने
"ग" बर्ग :
-बित्त कम्पनि लाई "ग" बर्गमा राखिएको छ जसको न्युनतम चुक्ता पुँजी ८० करोड चाहिन्छ ।
-क र ख बर्गबन्दा अलि फरक किसिमले कारोबार गर्ने
-सामान्यतय मध्यम तथा दीर्घकालीन अवधीको निक्षेप संकलन गरि सोही अवधिका लागि कर्जा प्रवाह गर्ने
-राष्ट्रिय तथा प्रादेशिक स्तरको कार्यक्षेत्र रहने
घ बर्ग :
-लघुबित्तिय संस्थाहरुलाइ घ बर्गमा राखिएको छ जसको लागि न्युनतम चुक्ता पुँजी रु १० करोड आवश्यक पर्छ।
-आकारमा सबैभन्दा साना बित्तीय संस्था हुन।
-कार्यक्षेत्रका हिसाबले राष्ट्रिय तथा प्रादेशिक स्तर दुबै गर्न पाउछन भने मध्यम तथा दीर्घकालीन अवधीका लागि बचत संकलन गर्ने र सोही अवधीको ॠण प्रवाह गर्दछन।
निष्कर्ष :
यसरी बैंक तथा बित्तिय संस्था सम्बन्धि ऐन २०७३ को दगा ३७ बमोजिम बैंक बित्तिय संस्थाहरूलाई क ख ग र घ बर्गमा वर्गीकरण गरिएको पाइन्छ भने पुर्वाधार विकास बैंकलाइ कुनओ बर्गमा समाबेश गरिएको छैन।
Comments
Post a Comment