उत्प्रेरणा र कार्यसन्तुष्टिको अन्तरसम्बन्ध

 उत्प्रेरणा र कार्यसन्तुष्टिको अन्तरसम्बन्ध



उत्प्रेरणा सङ्गठनात्मक उद्देश्य हासिल गर्नका लागि सङ्गठनमा आबद्ध सदस्यमा काम गर्ने तीव्र चाहना, इच्छा र जागरण अत्यावश्यक हुन्छ । त्यसलाई उत्प्रेरणा भनिन्छ र उत्प्रेरणाको शाब्दिक अर्थ अग्रसर बनाउनु हो । उत्प्रेरणाले सङ्गठनात्मक कार्य गर्न बल प्रदान गर्छ । उत्प्रेरणा मनोवैज्ञानिक मानवीय पक्ष हो । यो कामप्रति उत्सुकता जगाउने प्रविधि हो ।
कुनै पनि सङ्गठन वा निकायमा काम गर्ने कर्मचारीलाई आफ्नो कामप्रति सन्तुष्टि दिलाउन उत्प्रेरणाले महìवपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । आन्तरिक इच्छा वा भावनालाई उत्प्रेरणाको रूपमा लिन सकिन्छ । आवश्यकता पूर्तिका लागि सकारात्मक र रचनात्मक रूपमा गतिशील वा अग्रसर हुनु उत्प्रेरणा हो । मनमा उठेको प्रेरणा, भित्री प्रेरणा, शैक्षिक क्रियाकलापमा विद्यार्थीको उत्सुकता सिर्जना गरी त्यसलाई उद्देश्यपूर्तिका लागि अखण्डित बनाइरहने प्रक्रिया र अभिप्रेरणा नै उत्प्रेरणाको रूपमा बृहत् नेपाली शब्दकोशले अर्थ लगाएको छ । उत्प्रेरणाले कुनै कार्य गर्न वा नगर्न मानिसलाई अग्रसर गराउँछ ।
उत्पादनका अनेक संसाधनमध्ये सजीव वा गतिशील संसाधनमा सबैभन्दा महìवपूर्ण साधन मानवस्रोत हो । कुनै पनि क्षेत्रमा उत्प्रेरणालाई मनोवैज्ञानिक ऊर्जाको संज्ञा दिई स्वीकार गरिएको छ । मानव जीवनको हरेक चरणमा उत्प्रेरणा उपयोगी भएजस्तै व्यापारिक सङ्घ संस्थाका लागि समेत अत्यावश्यक छ । व्यवस्थापकीय कार्यहरूमा उत्प्रेरणाले प्रमुख स्थान ओगटेको छ । उत्प्रेरित कर्मचारी सङ्गठनको बहुमूल्य सम्पत्ति हुन्, जसले सङ्गठनलाई आफ्नो व्यावसायिक गतिविधिहरू सञ्चालन गर्न सक्षम बनाउन ठूलो मूल्य प्रदान गर्छ ।
उत्प्रेरणाकै कारण सङ्गठनले आफ्नो पूर्वनिर्धारित उद्देश्य र लक्ष्य हासिल गर्न सफल हुन्छ । सङ्गठनका कर्मचारीलाई कुन विधि, प्रविधि, प्रक्रिया वा सिद्धान्त अवलम्बन गर्दा उनीहरू कामप्रति उत्प्रेरित हुन्छन् भन्ने सन्दर्भमा विभिन्न अध्ययन, अनुसन्धान, अभ्यास र प्रयोग भएका छन् । उत्प्रेरणा जटिल र व्यक्तिगत प्रकृतिको हुन्छ । सङ्गठनात्मक व्यवहारअन्तर्गत उत्प्रेरणाको उत्पादन, उत्पादकत्व र कार्यसम्पादनसँग नजिकको सम्बन्ध रहेको हुन्छ ।
विलियम जी. स्कोटले लक्षित उद्देश्य प्राप्त गर्न मानिसलाई काम गर्न उत्साहित गर्नु, डिसेन्जो र रोबिन्सले उच्च मेहनत गर्ने इच्छा र व्यक्तिगत उद्देश्य प्राप्ति गर्ने सर्तका रूपमा, डाल्टन फारल्यान्डले विशेष गरी मनोवैज्ञानिक र कर्मचारीहरूलाई निश्चित तरिकाले काम गर्न वा नगर्न तत्पर बनाउने सबै तìवसँग सम्बन्धित, कुन्ज र डोनेलले उत्साह, इच्छा, आवश्यकता तथा काम गर्न प्रेरित गर्ने तìवको रूपमा उत्प्रेरणाको परिभाषा गरेका छन् ।
अमेरिकी प्रसिद्ध मनोविद् अब्राहम हारोल्ड मास्लोले मानिसका अनन्त आवश्यकतामध्ये एउटा आवश्यकता पूरा भएपश्चात् अर्को आवश्यकताको शृङ्खला सुरु हुनेतर्फ सङ्केत गर्दै शारीरिक, सुरक्षा, सामाजिक, सम्मान र उच्च मानसिक सन्तुष्टिसम्बन्धी आवश्यकता गरी पाँच सिद्धान्तको उल्लेख गरेका छन् । यी आवश्यकता प्राथमिकताको आधारमा एकपछि अर्को आवश्यकता शृङ्खलाबद्ध अगाडि बढ्दै जान्छ । यस सिद्धान्तबमोजिम कर्मचारीको आवश्यकता क्रमिक रूपमा पूरा हुँदै गएको अवस्थामा काम गर्न उत्प्रेरित हुन्छन् ।
उत्प्रेरणा सफल व्यवस्थापनको सबैभन्दा महìवपूर्ण पक्ष हो । केही व्यवस्थापनविद्ले उत्प्रेरणालाई जटिल र निराशाजनक मुद्दा लिएको पाइन्छ । मुख्य प्रश्न कर्मचारीलाई कसरी उत्प्रेरित गर्नेभन्दा पनि व्यवस्थापनले उत्प्रेरित कर्मचारीहरूलाई कसरी दिगो एवं टिकिरहने वातावरण मिलाउने र उत्प्रेरणा नष्ट हुनबाट रोक्न अवलम्बन गरिने स्वाभाविक प्रक्रियाको रूपमा डेभिड सिरोटाले जोड दिएका छन् ।

कार्यसन्तुष्टि

सामान्य भाषामा कामकाज, क्रियाकलाप, गतिविधि वा कुनै संस्था वा व्यक्तिले तोकिदिएको वा आफैँले पूरा गर्नुपर्ने जिम्मेवारी नै कार्य हो । यस्ता कार्यहरू शारीरिक/मानसिक हुन सक्छन् । सुख, आनन्द, खुसी र शान्त अनुभूति नै सन्तुष्टि हो । सकारात्मक सोचविचार, असल व्यवहार, प्रवृत्ति र विश्वासको भाव मुखाकृतिमा देखिने मनोवैज्ञानिक एवं भावनात्मक प्रसन्नताको रूप सन्तुष्टि हो । कुनै पनि सङ्गठनमा सङ्गठनात्मक अनुसन्धानका लागि कार्यसन्तुष्टिले बृहत् क्षेत्र ओगटेको हुन्छ । सङ्गठनको सफलता सङ्गठनमा कार्यरत कर्मचारीको कार्यसन्तुष्टिमा निर्भर रहन्छ । कर्मचारीमा कार्यसन्तुष्टिको भाव झल्किएको अवस्थामा संस्थाको पूर्वनिर्धारित दूरदृष्टि, लक्ष्य, उद्देश्य र कार्यक्रम सफल हुन्छन् । कुनै व्यक्तिको कार्य वा कुनै संस्थामा कार्यरत कर्मचारीको कार्यानुभवको मूल्याङ्कनबाट उत्पन्न हुने सुखद वा सकारात्मक भावनात्मक अवस्था नै कार्यसन्तुष्टि हो ।

Comments

Popular posts from this blog

फाइलिङ भनेको के हो?यसका उद्देश्यहरु लेखी फाइल राख्ने तरिकाहरु उल्लेख गर्नुहोस्।

कर्जा अपलेखन भनेको के हो?कर्जा अपलेखन किन गरिन्छ?

बासेल (BASEL)