नेपाल राष्ट्र बैंक निर्देशिका अनुसार सक्रिय कर्जा र निष्क्रिय कर्जा भन्नाले के बुझिन्छ ? र तिनीहरुमा कर्जा नोक्सानी सम्बन्धमा के कस्तो ब्यवस्था छ?
कर्जालाइ मुख्यतया दुई प्रकारमा भिभाज गरिएको छ।
सक्रिय कर्जा : सक्रिय कर्जा भन्नाले कर्जा सापटको सावा तथा ब्याज भुक्तानी हुनुपर्ने भाका ननाघेको वा एक महिना देखि तीन महिना सम्म भाका नाघेको कर्जा सापट सम्झनुपर्दछ।यस् अन्तर्गत असल कर्जा सुक्ष्म निगरानी कर्जा पर्दछन।
क) असल कर्जा:
-भाखा ननाघेका र १ महिनासम्म भाखा नाघेका कर्जा सापट,
२.सुक्ष्म निगरानी कर्जा :
-१ महिना देखि ३ महिना सम्न भाखा नाघेका कर्जा सापट
निष्क्रिय कर्जा : निष्क्रिय कर्जा भन्नाले त्यस्तो कर्जालाइ जनाउँछ जसले बैंक वा बित्तिय संस्थालाइ सावा वा ब्याज कुनैपनी रकमको भुक्तानी हुँदैन। यस अन्तर्गत निम्न अनुसारका कर्जा पर्दछन :
१ .कमसल कर्जा : ३ महिना देखि ६ महिनासम्म भाखा नाघेका कर्जा सापट
२.शंकास्पद कर्जा : ६ महिना देखि बढिमा १ बर्षसम्म भाखा नाघेका कर्जा सापट
३.खराब कर्जा : १ बर्ष भन्दा बढी अवधिले भाखा नाघेका कर्जा सापटि
-निर्देशिका बमोजिम पुनरतालिकिकरण /पुनरसंरचना गरिएका कर्जा
कर्जा नोक्सान बापत गर्नुपर्ने ब्यवस्था :
यस निर्देशन बमोजिम वर्गीकरण गरिएका कर्जा तथा बिल्स खरिदका लागि बक्यौता साँवा रकमको आधारमा देहाय बमोजिम कर्जा नोक्सानी ब्यवस्था कायम गर्नुपर्ने ब्यवस्था छ :
कर्जा वर्गिकरण र न्युनतम कर्जा नोक्सानी ब्यवस्था
--=================
क ) असल कर्जा
-१.३% कर्जा नोक्सानि ब्यवस्था
ख )सुक्ष्म निगरानी कर्जा
-५% कर्जा नोक्सानी ब्यवस्था
ग)कमसल कर्जा
-25% कर्जा नोक्सानि ब्यवस्था
घ)शंकास्पद कर्ज
-50% कर्जा नोक्सानी ब्यवस्था
ङ)खराब कर्जा
-100% कर्जा नोक्सानी ब्यवस्था
निष्कर्ष :
यसरी उक्त निर्देशन बमोजिम बैकिङ क्षेत्रको कर्जा सापटको वर्गीकरण र कर्जा नोक्सानी सम्बन्धि ब्यवस्था गर्दै समग्र कर्जा जोखिम न्यूनीकरण मार्फत सम्पत्तिको गुणस्तर अभिवृद्धि गर्न जोड दिएको छ।
Comments
Post a Comment