सार्वजनिक लेखापरीक्षणको परिचय दिदै नेपालमा सरकारी खर्चको लेखापरीक्षण व्यवस्थाका त्रुटीहरु औल्याउनुहोस् ।

 

सरकारी/सार्वजनिक लेखापरीक्षण:

सार्वजनिक आर्थिक कारोवारसँग सम्बन्धित लेखा, कागजात र अभिलेखको स्वतन्त्र, निस्पक्ष एवं उद्देश्यमूलक रुपमा गरिने परीक्षणलाई सार्वजनिक लेखा परीक्षण भनिन्छ ।
यस्तो परीक्षणले सार्वजनिक खर्चको मूल्याङकन तथा विश्लेषण गरी सरकारी खर्चको नियमितता मितव्ययीता, कार्यदक्षता, प्रभावकारीता पारदर्शिता र जवाफदेहीता सुनिश्चित गर्दछ । नेपालको सरकारी लेखा परीक्षण मूलत: आन्तरिक तथा आन्तरिक तथा आन्तिम गरी २ चरणमा सम्पन्न हुने गर्दछ ।

(क) आन्तरिक लेखापरीक्षण:

आन्तरिक नियन्त्रणको महत्वपूर्ण औजारको रुपमा जिल्ला स्थित कोष तथा लेखा नियन्त्रण कार्यालयबाट चौमासिक रुपमा सम्पन्न हुने गर्दछ ।

(ख)अन्तिम लेखापरीक्षण :

स्वतन्त्र संवैधानिक निकायको रुपमा रहेको महालेखा परीक्षकको कार्यालयद्वारा आन्तरिक लेखा परीक्षण सम्पन्न भए पश्चात नियमितता, मितव्ययीता, कार्यदक्षता, प्रभावकारीता र औचित्यसमेतको आधारमा सम्पन्न गरिन्छ ।

सरकारी लेखा परीक्षणमा व्याप्त त्रुटीहरु :

क) आन्तरिक लेखापरीक्षणको न्यून प्रभावकारीता रहनु
–दायरा साँघुरो (नियमीतता र अंक गणीतीय परिक्षणमा सीमित)

–कारोवारको लेखाङकन र परीक्षण गर्ने कर्मचारी एउटै समूहको हुनु

–आ.ले.प.लाई व्यवस्थापनले उपयोग गर्न नसक्नु,

–आ.ले.प.लाई निर्णयको आधार नबनाइनु तथा सुझाव कार्यान्वयन नगरिनु

–दुर्गम क्षेत्रमा आ.ले.प. गर्ने कर्मचारीकै अभाव रहनु ।

ख) आन्तिम लेखापरीक्षण समयमा सम्पन्न हुन नसक्नु

ग) कार्यमूलक लेखा परीक्षणलाई व्यापक रुपमा अवलम्वन गर्न नसकिन

घ) दक्ष लेखापरीक्षकहरुको अभाव रहनु

-प्रविधीको जटिलता अनुरुप तालिमको अभाव

ङ) लेखापरीक्षहरुमा उत्प्रेरणाको कमी रहनु

-साधन स्रोत र मूल्यांङकन कमजोर रहनु,

च) खर्चको मापदण्ड बन्न नसक्नु

छ) लेखापरीक्षण मापदण्ड र लेखापरीक्षकको आचार सहिता लागू गर्न नसकिनु,

ज) लेखापरीक्षण निर्देशिकाको सामयिक परिमार्जन हुन नसक्नु ।

झ) दोहोरो अर्थ लाग्ने ऐन, नियम र निर्देशिकाहरु व्याप्त रहनु ।
ञ) लेखापरीक्षणमा सूचना प्रविधिको उपयोग र Risk Based Auditing लाई आत्मसात गर्न नसकिनु,

ट) योजनावद्ध लेखापरीक्षण र लेखापरीक्षणको नियमित सुपरिवेक्षण प्रभावकारी नहुनु,

ठ) परम्परागत स्रेस्ता प्रणाली रहनु,

ड) आन्तरिक र अन्तिम लेखा परीक्षणबीच पर्याप्त तालमेल नहुनु ।

ढ) मिलेमतोमा भ्रष्टाचारले प्रश्रय पाउनु ।

ण) जन लेखापरीक्षण र सामाजिक परीक्षणको अभाव रहनु ।

सरकारी लेखोपरीक्षणमा विद्यमान उपरोक्त त्रुटीहरुको सुधार गर्दै आन्तरिक लेखा परीक्षण उपसमूह गठन, Risk Based Auditing, सूचना प्रविधिको उपयोग र लेखापरीक्षकको दक्षता वृ्द्धि जस्ता पक्षमा ध्यान दिन सकेमा सुधारको अपेक्षा गर्न सकिन्छ ।

Comments

Popular posts from this blog

फाइलिङ भनेको के हो?यसका उद्देश्यहरु लेखी फाइल राख्ने तरिकाहरु उल्लेख गर्नुहोस्।

कर्जा अपलेखन भनेको के हो?कर्जा अपलेखन किन गरिन्छ?

Good For Payment Cheque