नेपालको औद्योगिक विकासमा देखिएका समस्याहरू पहिचान गरी सोको निराकरणका उपायहरू उल्लेख गर्नुहोस् । 

 

पुँजी, सिप, उद्यमशीलता, उपकरण र प्रविधिको संयोजन गरी वस्तु तथा सेवाको उत्पादन गर्ने आर्थिक क्षेत्र नै उद्योग हो । यो आधुनिक अर्थतन्त्रको मेरुदण्ड हो । औद्योगिक विकासले गति लिन नसक्दा नेपालको कुल गार्हस्थ उत्पादनमा उत्पादनमूलक उद्योगको योगदान न्यून रहेको छ ।

मुलुकको औद्योगिक विकासमा देखिएका समस्याहरू यस प्रकार छन् !


*नीतिगत अस्थिरता कायम रहनु,


*लगानी र उद्योगमैत्री नीतिको अभाव रहनु,


*उद्यमशीलता र स्टार्ट अपलाई प्रोत्साहन गर्ने नीतिको अभाव हुनु,


*उद्योग क्षेत्रको विकासका लागि सरकारले घोषणा गरेका छुट *सुविधा प्राप्तिमा कठिनाइ हुनु,

 
*औद्योगिक पूर्वाधारको अभाव रहनु,


*पुँजी र दक्ष जनशक्तिको अभाव कायमै रहनु,


*ब्याजदर महँगो हुँदा लगानी निरुत्साहित हुनु,


*जग्गाको माग र मूल्य वृद्धिसँगै उद्योगका लागि जग्गा प्राप्तिमा समस्या हुनु,


*आयातित कच्चा पदार्थमा आधारित उद्योगहरूको सङ्ख्या उच्च रहनु,


*नेपाली उत्पादनको निर्यातका लागि सहज वातावरण बन्न नसक्नु,


*बजारको अनिश्चतता कायमै रहनु,


*मालवस्तुको अवैध पैठारीका कारण नेपाली बजारमा नेपाली उत्पादनले स्थान पाउन नसक्नु,


*भौगोलिक विषमता, भूपरिवेष्टितता र सामुद्रिक दूरताका कारण निर्यात महँगो हुनु,

 
*नेपाली उत्पादन प्रतिस्पर्धी बन्न नसक्नु,


*रुग्ण अवस्थाका उद्योगहरूको उचित व्यवस्थापन हुन नसक्नु,


*संस्थागत संस्कृतिको अभाव रहनु,


*अनुसन्धान र विकास प्राथमिकतामा नपर्नु ।

समस्या निराकरण गर्ने उपायहरू

*उद्योग क्षेत्रको विकास र निजी लगानी सम्बन्धमा सबै राजनीतिक दलबिच नीतिगत मतैक्यता कायम गर्दै लगानीमैत्री वातावरण बनेको सन्देश दिने,


*उद्यमशीलता र स्टार्ट अप प्रवर्धनसम्बन्धी नीतिगत व्यवस्था गर्ने,


*उद्योग क्षेत्रको जनशक्ति विकास र अध्ययन अनुसन्धानका लागि सार्वजनिक निजी साझेदारीबाट लगानी गर्ने,


*उद्योग दर्ता, नियमन, छुट सुविधा प्राप्तिलगायतका उद्योग प्रशासनसम्बन्धी कार्यलाई अनलाइन पद्धतिबाट सम्पादन गर्ने,


*उद्योग क्षेत्रको विकासका लागि सहुलियत दरमा पुँजी उपलब्ध गराउन वित्तीय प्रबन्ध गर्ने,


*उद्योगका लागि आवश्यक आधारभूत पूर्वाधार निर्माणमा लगानी बढाउने,

 
*उद्योगका लागि जग्गा प्राप्तिलाई सहज बनाउने,


*स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई थप प्रोत्साहन गर्ने,


*रुग्ण उद्योग व्यवस्थापनको कार्य प्राथमिकताका साथ सम्पन्न गर्ने, निर्यात प्रवर्धनका लागि सहज वातावरण तयार गर्ने,

 
*आर्थिक कूटनीतिमार्फत तेस्रो मुलुक वस्तु निर्यातलाई सहज बनाउने,

 
*नेपाली वस्तुलाई प्रतिस्पर्धी बनाउन थप प्रोत्साहन सुविधा उपलब्ध गराउने,


*खुला सिमानाका कारण हुने अवैध निकासी पैठारीलाई कडा नियमन गर्ने,


*नेपाली उत्पादनको नेपालीबाट उपभोग गर्ने नीतिलाई सबैबाट कार्यान्वयन गर्ने गराउने,


*उद्यमशील संस्कृतिलाई मलजल गर्ने,

 
*उद्योगहरूको संस्थागत संस्कृतिलाई प्रोत्साहन गर्ने ।

अतः उल्लिखित समस्याको समाधान गरेर मुलुकको औद्योगिक विकासमार्फत नागरिकको जीवनस्तरलाई माथि उठाउन सकिन्छ । औद्योगीकरणको माध्यमबाट सबल र समृद्ध अर्थतन्त्र निर्माणको ढोका उघार्न सकिन्छ।

Comments