Core Banking System(CBS)
Core Banking System(CBS):-
>बैंकिङ कारोबारहरुको अभिलेख राख्न प्रयोग गरिने विधुतिय प्रणाली नै CBS हो।बैंकहरुमा दैनिकरुपमा गरिने वित्तीय कारोबारहरुको अभिलेख अत्याधुनिक प्रविधियुक्त प्रणालीमा पिस्टिङ गरि दीर्घकालसम्म अभिलेख राख्न मिल्ने व्यवस्थालाई नै Core Banking System(CBS) भनिन्छ।
>CBS प्रणालीमा खाता खोल्ने,रकम जम्मा गर्ने,झिक्ने,कर्जा अभिलेख राख्ने लगायतका महत्त्वपूर्ण बैंकिङ कारोबारहरुको अभिलेख राखिन्छ।हाल यस्तो प्रणाली प्रायजसो web based हुने गर्दछ।
>ईन्टरनेटको सहायताले यश प्रणालीमा राखिएको अभिलेख बैंक को जुनसुकै शाखाबाट सजिलै हेर्न,थप कारोबार गर्न,खाताको मौज्दात थाहा पाउन सकिन्छ।CBS का उदाहरणहरु:- NRB ले प्रयोग गरिरहेको Olympic banking system,ADBL-T24, अन्य बैंकहरुले प्रयोग गरिरहेका:- Infosys` Finacley,Nucleys FinnOne,Oracle's Flexcube आदि।
CBS मा उपलब्ध हुने प्रमुख सुविधाहरु:-
>खाता खोल्न सकिने,
>खोलिएका खातामा रकम जम्मा गर्ने तथा रकम झिक्ने,
>कर्जा कारोबारको अभिलेख राख्ने,
>चेक भुक्तानीको अभिलेख राख्ने,
>ग्राहक सम्बन्ध व्यवस्थापन सम्बन्धि क्रियाकलापहरु,
>ग्रहकका खाताहरुको व्यवस्थापन,
>सेवा शुल्कहरु असुल गर्ने,
>ब्याजदरको अभिलेख राखी ब्याज गणना गर्ने,
>Clearing system लाई बैंकिङ कारोबारसँग जोड्ने,
>ABBS तथा शाखा रहित बैंकिङ सेवाका लागि तथ्यांक तथा पहुँच उपलब्ध गराउने,
>PoS मेसिन,मोबाइल बैंकिङ,internet banking आदिको माध्यम बाट कारोबार सम्पन्न गराउने,
>ATM को लागि आवश्यक सूचनाहरु ATM सँग आदनप्रदान गर्ने,
>सम्पुर्ण Banking कारोबारहरुको अभिलेख राख्ने आदि।
CBS को आवश्यकता/महत्त्व/भूमिका:-
>दैनिक बैंकिङ कारोबारहरुको अभिलेख राख्न सकिन्छ।
>भुक्तानी प्रणालीलाई अत्याधुनिक एवम् सरल बनाएको छ।
>बैंक र ग्राहकबिचको सम्बन्ध सुमधुर बनाएको छ।
>सरल तथा छिटो बैंकिङ कारोबार गर्न सकिने भएकोले सर्वसाधारणलाई सुविधा मिल्न गएको छ।
>कुनै एक शाखामा खोलिएको बैंक खातामा उक्त बैंक को जुनसुकै शाखाबाट कारोबार गर्न सकिने सुविधा भएकोले कारोबार गर्न सहज एवम् सुविधा मिलेको छ।
>Banking system मा चेक clearing प्रणाली मार्फत हुने कारोबारको राफसाफमा सहयोग पुर्याएको छ।
>ग्राहकका खाताहरुको उपयुक्त ढंगले व्यवस्थापन हुन सकेको छ।
>सम्पुर्ण बैंकिङ कारोबारको अभिलेख सहज पहुँच हुने गरि सुरक्षित एवम् दीर्घकालसम्म भण्डार गर्न सहयोग पुगेको छ।
>internet banking,mobile banking,शाखारहित बैंकिङ,ABBS,PoS मेसिन मार्फत कारोबार आदि अत्याधुनिक सुविधाहरु सरल एवम् सहज बनाउन सहयोग पुर्याइरहेको छ।
>आधुनिक बैंकिङ सुविधा प्रदान गरि अर्थतन्त्रलाई गतिशील तुल्याएको छ।
>बैंकिङ कारोबार तथा बैंकिङ क्षेत्रको तरलता लगायतका तथ्यांकहरु तुरुन्तै प्रदान गरि केन्द्रीय बैंक तथा सरकारलाई नीतिनिर्माणमा सहयोग पुगेको छ आदि।
CBS कार्यान्वयन गर्दा ध्यान दिनुपर्ने कुराहरु:-
>हाल प्रचलनमा रहेको CBS हरु अत्याधिक महँगा एवम् खर्चिलो भएकोले सुरुमा खरिद गर्ने समयमै आवश्यकता,कारोबारको परिमाण आदि कुराहरुलाई ध्यान दिई मित्तव्ययि ढंगले खरिद गर्नुपर्दछ।
>खरिद प्रक्रिया अगाडी बढाउँदा उक्त System को निर्मातासँग आफ्नो संस्थालाई आवश्यक पर्ने सम्पुर्ण feature हरु स्पष्टरुपमा उल्लेख गर्नु पर्दछ।
>system खरिद गरिसके पश्चात् शर्त बमोजिमका कुराहरु समवेश भए नभएको सम्बन्धमा परिक्षण गर्नुपर्दछ।
>System को रकम भुक्तानी गर्नुअघि User Acceptance Test(UAT) गरि सफल भए पश्चात् मात्र भुक्तानी गर्नुपर्दछ।
>शर्त बमोजिमको अवधिसम्मको लागि कार्यसम्पादन जमानत लिनु पर्दछ।
>भविष्यमा केही feature हरुमा परिवर्तन गर्नुपर्ने/सुधार गर्नुपर्ने सम्भावना रहने हुँदा सम्झौता गर्दा त्यस्तो परिवर्तन वा सुधार निशुल्क वा न्युनतम शुल्क के लिने हो सोको निर्धारण पहिले नै गर्नु पर्दछ।
>वार्षिक मर्मतसम्भार खर्च के-कति भुक्तानी गर्नुपर्ने हो सोको निर्धारण सम्झौतामै उल्लेख गर्नुपर्दछ।
>कारोबार तथा अभिलेखलाई सम्भावित Cyber हमला एवम् अन्य जोखिमहरुबाट बचाउन सुरक्षाको प्रत्याभूति System को निर्माता बाट लिनु पर्दछ।
>आफ्ना कर्मचारीहरुलाई System सञ्चालनको लागि उपयुक्त तालिम प्रदान गर्नुपर्दछ।
>System मा आइपर्ने प्राविधिक समस्या समाधान गराउन System निर्मातासँग आफ्ना सूचना प्रविधिका कर्मचारीहरुलाई तालीमको व्यवस्था गर्नुपर्दछ।
>System सँग सम्बन्धित अन्य कुनै प्रकारको अन्योल/द्वविधा बारे system निर्माता सँग पाउनु पर्ने जानकारी सम्बन्धि कुरा सम्झौतामै उल्लेख गर्नुपर्दछ आदि।
Comments
Post a Comment