अन्तिम ऋणदाताको रुपमा नेपाल राष्ट्र बैंक

 


नेपालमा बैंक तथा वित्तीय संस्थाको नियमन,निरिक्षण गर्ने एवम् नेपाली अर्थतन्त्रको व्यवस्थापन र विकास गर्ने उदेश्यले नेपाल राष्ट्र बैंकको स्थापना भएको हो। नेपाल राष्ट्र बैंक एेन 2012 बमोजिम नेपाल राष्ट्र बैंकको स्थापना बि.सं. 2013 साल बैशाख 14 गते भएको थियो। नेपाल राष्ट्र बैकले स्थापनाकाल देखि नै नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण भुमिका खेल्दै आईरहेको पाइन्छ । राष्ट्र बैंकले अन्तिम ऋणदाताको रुपमा बैंक तथा वित्तीय संस्थाहरूलाई सहयोग गरिरहेको छ। नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाताको रुपमा नेपाल राष्ट् बैंक ऐन 2058 को दफा 5 को उपदफा 1 को खण्ड ❛ज❜मा नेपाल राष्ट्र बैंक वाणिज्य बैंक तथा वित्तीय संस्थाको बैक तथा अन्तिम ऋणदाता र ऊक्त ऐनको दफा 49 को उपदफा 2 बमोजिम नेपाल राष्ट्र बैंकले आफ्नो भुमिका निर्वाह गर्न नीतिगत व्यवस्था बनाई लागु गर्दै अाईरहेको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अन्तिम ऋणदाताको रुपमा देहायका अवस्थामा सम्बोधन गर्ने कार्य गर्दछ।

१.बैंक तथा वित्तीय संस्थाका ग्राहकबाट कुनैपनि कारणले ठूलो परिमाणमा निक्षेप झिक्ने कार्य भई त्यस्तो बैंक वा वित्तीय संस्था आफ्नो तत्कालको दायित्व पुरा गर्न सक्षम नभएमा,

२.बैंक वा वित्तीय संस्थामा निहित प्रणालीगत जोखिममा बिद्धी भई कुनै एक बैंक वा वित्तीय संस्थाको समस्या वा असरले अन्य स्वस्थ संस्थाहरु धराशायी हुने अवस्था आएमा,

३.बैंक वा वित्तीय संस्थाले प्रतिबद्धता जनाईसकेको कर्जा प्रवाह गर्न असफल भई त्यसको नकारात्मक असर अर्थव्यवस्थामा पर्न गएमा,

४.बैंक वा वित्तीय संस्था असफल भएको कारणबाट उत्पन्न हुने प्रतिकुल प्रभाबलाई सम्बोधन गर्दै सर्वसाधारणको बैंकिङ प्रणालीप्रतिको विश्वसनीयता कायम राख्न वाञ्छनीय भएमा,

५.नेपाल सरकारले अवलम्बन गरेको कुनै नीतिका कारणबाट बैंकिङ व्यवसायलाई पर्ने नकारात्मक प्रभावलाई सम्वोधन गरि भय वा त्रासको अवस्थलाई सामान्य पार्न आवश्यक देखिएमा,

६.कुनैपनि प्राकृतिक प्रकोपको कारणले इजाजतपत्र प्राप्त बैंक वा वित्तीय संस्थाहरूले आफ्नो दायित्व भुक्तान गर्न सझम नभएमा

७.बैंक वा वित्तीय संस्थाले आफुसंग बजारयोग्य सम्पति नभएको कारणबाट आफ्नो दायित्व पुरा गर्न नसकि वित्तीय प्रणालिप्रतिको विश्वसनीयता कायम राख्न आवश्यक देखिएमा।

Comments

Popular posts from this blog

फाइलिङ भनेको के हो?यसका उद्देश्यहरु लेखी फाइल राख्ने तरिकाहरु उल्लेख गर्नुहोस्।

कर्जा अपलेखन भनेको के हो?कर्जा अपलेखन किन गरिन्छ?

Good For Payment Cheque