"योग्य एवं उत्प्रेरित कर्मचारीहरुबाट मात्र संगठनात्मक लक्ष्य हासिल गर्न सकिन्छ", यस कथनमा आधारित भई कुनै पनि संगठनमा उत्प्रेरणाको महत्व उल्लेख गर्नुहोस।
"योग्य एवं उत्प्रेरित कर्मचारीहरु बाट मात्रै संगठनात्मक लक्ष्य हासिल गर्न सकिन्छ" ।
उत्प्रेरणा = क्षमता × चाहना
अपेक्षित लक्ष्य प्राप्ति गर्नका लागि संगठनमा कार्यरत कर्मचारीको मनमा काम गरु गरु भन्ने भावना जागृत गराउने कार्य नै उत्प्रेणा हो । उत्प्रेरित व्यक्ति भित्रि मन देखिनै लगाव र कटिबद्धताका साथ कार्य गर्न संगठन प्रति समर्पित हुन्छ । उत्प्रेरणा एउटा मनोबैज्ञानिक तत्व हो यसलाई देख्न सकिदैन केवल महसुस गर्न सकिन्छ।
कर्मचारीलाई मौद्रिक तथा गैर मौद्रिक सुबिधा प्रदान गर्न सके उनिहरू उत्प्रेरित भई प्रभावकारी ढंगले कार्य सम्पादन गर्दछन र फल स्वरुप संगठनको उत्पादकत्वमा पनि वृद्धि हुन जान्छ । उत्प्रेरित कर्मचारीले संगठन मेरो हो भन्ने भावना राख्छ, गल्ति र लापरवाही गर्दैन, ढिला सुस्ती गर्दैन , अनियमितता गर्दैन तथा बिना कारण संगठन छोड्ने काम पनि गर्दैन । यसरी संगठनको श्रोत साधन साधनको उच्चतम सदुपयोग भई उत्पादन बढ्छ र लक्ष्य प्राप्ति गर्न सकिन्छ । उत्प्रेरणा संगठनको लागी लगानी हो । यसले लक्ष्य प्राप्तिमा पुलको काम गर्छ । अधिक उत्पादकत्व उत्प्रेरणाकै देन मान्न सकिन्छ ।
संगठनमा एउटा कुशल व्यवस्थापकले सदैव कर्मचारीलाई कसरी उत्प्रेरित गर्ने भन्ने बारे तल्लिन रहनु पर्दछ । कर्मचारीको वृत्ति विकास देखि लिएर उसको आत्मसम्मान तथा पेशागत हितको रक्षा गर्न सके उनीहरुलाई संगठन प्रति समर्पित गर्न सकिन्छ । एउटा कुशल व्यवस्ठापक त्यो हो जसले आफ्नो संगठनको स्वरूप, कार्यको प्रकृति, तथा उधेश्य अनुरुप कर्मचारीलाई उत्प्रेरित गरि संगठनमा भएका श्रोत साधनको सदुपयोग गर्दै लक्ष्य प्राप्ति गर्छ । कर्मचारीलाई मास्लोको आवस्यकता शृंखला सिद्धान्त , x र y को सिद्धान्त , z सिद्धान्त, ERG सिद्धान्त, ब्रुमको अपेक्षा सिद्धान्त लगायतका सिद्धान्तहरु पालना गर्दै उत्प्रेरित गरि अपेक्षित लक्ष्य हासिल गर्न सकिन्छ ।
#संगठनमा उत्प्रेरणाको महत्व:
- कर्मचारीको कार्य क्षमता वृद्धि गरि उच्च उत्पादकत्व हासिल गर्न ,
- वातावरणमा आएको परिवर्तन अनुकुल कर्मचारीलाई परिचालन गर्न,
- मानव संसाधनको प्रभाकारी उपयोग गर्न,
- संगठनमा विवाद र हड्तालमा कमि ल्याउन ,
- समय, श्रम तथा लागतमा कटौती गर्दै श्रोत साधनको अधिक परिचालन गरि मुनाफा आर्जन गर्न,
- संगठनमा मुनाफा आर्जन गर्दै लक्ष्य प्राप्ति गर्न,
- कुशल व्यबस्थापनमा सहयोग गर्न,
- संस्थागत सुशासन तथा आन्तरिक नियन्त्रण गर्न,
- संगठनको अस्तित्व दिर्घकाल सम्म जोगाउन आदि ।
#निस्कर्षमा :-
संगठनमा कर्मचारीले आफ्नो अमुल्य समय व्यतित गर्ने भएकाले उसको मनोभावनाको र बिचारको कदर गर्दै आर्थिक तथा गैर आर्थिक पुरुस्कार दिन सके मात्र उसलाई उत्प्रेरित गर्न सकिन्छ । एउटा कुशल व्यस्थापकले प्रभाकारी ढंगले कर्मचारीलाई उत्प्रेरित गर्न सके संगठनको सफलताले उडान भर्दै प्रतिस्पर्धी वर्तमान परिवेशमा बाजी मार्न सक्ने कुरामा दुई मत छैन ।
Comments
Post a Comment