निर्णय प्रक्रियालाई परिभाषित गर्नुहोस् । साथै निर्णयकर्ताको निर्णय क्षमतालाई प्रभावित तुल्याउने विभिन्न तत्वहरुको बारेमा चर्चा गर्दै विवेकपूर्ण निर्णय गर्दा ध्यान पुर्याउनु पर्ने विषयहरु उल्लेख गर्नुहोस् ।
निर्णय प्रक्रियाः
कुनै काम वा विषयप्रति उचित/अनुचित, ठीक/वेठिक भनी निधो गर्ने कार्य निर्णय हो । निर्णय अन्तिम निर्कौल हो । व्यवस्थापकले उपलव्ध विभिन्न विकल्पहरु मध्ये विवेकपूर्ण ढंगले उपयुक्त विकल्पको छनौट गर्ने प्रक्रियालाई निर्णय प्रक्रिया भनिन्छ । निर्णयमा पुग्न अपनाईने प्रक्रिया अर्थात् पुरा गर्नुपर्ने चरणहरु क्रियाकलापहरुको श्रृङ्खला नै निर्णय प्रक्रिया हो ।समस्या पहिचान,
सहि विकल्पहरुको छनौट,
सहभागितामूलक निर्णय प्रक्रिया,
अन्तिम आदेश वा निर्देशनको समग्रता हो ।
जसले संगठनलाई गतिशिल वनाई कार्यप्रक्रियालाई सरल, सहज र वस्तुनिष्ठ वनाउन मद्दत गर्दछ ।
निर्णयकर्ताको निर्णय क्षमतालाई प्रभावित तुल्याउने तत्वहरुः
कुनै पनि निर्णयले पार्ने प्रभाव, त्यसको असर र ल्याउने नतिजाले निर्णयलाई थप मजवुत बनाउन र कमजोर वनाउन मद्दत गर्दछ । त्यसैले
निर्णयकर्ताको निर्णय क्षमतालाई प्रभावित तुल्याउने तत्वहरुलाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छ ।
क. आन्तरिक तत्वहरुः
निर्णयकर्ताको विवेक र सदाचारको स्तर,
निर्णयकर्ताको ज्ञान र अनुभव,
अधिकार र जिम्मेवारीको सीमा,
कानूनी तथा नीतिगत व्यवस्था,
संगठनको कार्यसंस्कृति, कार्यवातावरण
सहभागिता र निहित स्वार्थ,
ख. बाह्य तत्वहरुः
राजनीतिक दलहरु
दवाव समूह र हित समूह,
गैर सरकारी क्षेत्र
नागरिक समाज र सामुदायिक संगठनहरु
अन्तराष्ट्रिय समुदायहरु
वातावरणीय स्रोत साधनको उपलव्धता
नागरिक चेतना र सामाजिक क्रियाशिलताहरु आदि ।
विवेकपूर्ण निर्णय गर्दा ध्यान दिनुपर्ने विषयहरुः
निर्णयमा पुग्न समस्याको पहिचान र परिभाषा यथेष्ट ज्ञान,
तथ्याङ्क र सूचनाको वस्तुनिष्ठ मूल्याङ्कन,
निर्णयको प्रभाव र त्यसको उपदेयताको जानकारी,
विकल्प छनौट गर्दा विकल्प विकास र विश्लेषण,
निर्णय कार्यान्वयनमा पर्ने प्रभाव,
परिवर्तन द्वन्द्व व्यवस्थापन जस्ता विषयको आकस्मिकताको अध्ययन,
नागरिकको इच्छा आकांक्षाको अवस्था,
विचारलाई व्यवहारमा उतार्नररुपान्तरण गर्ने सक्षमता,
उपलव्ध स्रोत साधनको उपयोग र उपदेयता,
निर्णय कार्यान्वयनमा जनताको सहभागिता र स्वामित्वको अवस्था,
सहभागितामूलक निर्णय प्रक्रियाको अवलम्वनमा ध्यान,
कानूनी तथा नीतिगत व्यवधानको अवस्था,
निष्कर्षः
निर्णय प्रक्रिया निकै जटिल र दुरगामी प्रभाव पार्ने विषय हो । तथापी नेतृत्वको सक्षमतासंग जोडिएर आउने गर्दछ । त्यसैले निर्णय प्रक्रियामा जनताको सहभागिता र निर्णयको प्रभाव र कार्यान्वयन आङ्कलन गरी उपर्युक्त निर्णय गर्नु र कार्यान्वयनयुक्त निर्णय हुनु जरुरी रहन्छ ।
Comments
Post a Comment