बित्तिय विवरणकाे परिचय लेखी , बैंक तथा बित्तीय संस्थाले तयार पार्ने बित्तीय विवरणकाे बारेमा संक्षेपमा चर्चा गर्दै , बैंक तथा बित्तीय संस्थाले यस्ता विवरण तयार पार्नुका मुल कारण बारे टिपाेट गर्नुहाेस ।

 


⬇️ बित्तीय विवरण भन्नाले निश्चित समयावधि भित्र कुनै पनि बैंक तथा बित्तीय संस्थाले गरेका सम्पुर्ण आर्थिक गतिविधिकाे अन्तिम प्रतिवेदन लाई नै बित्तीय विवरण भनिन्छ ।

⬇️   बित्तीय विवरण लाई ( accounting output ) का रुपले समेत चिन्न सकिन्छ ।

✅  कुनै पनि बैंक तथा बित्तीय संस्थाले तयार पार्ने बित्तीय विवरण हरु यस प्रकार रहेका छन :

क.  आय विवरण :
^ कुनै पनि बैंक तथा बित्तीय संस्थाले निश्चित समयावधि भित्र कुन शिर्षकमा कति खर्च गरेकाे छ र कुन शिर्षकमा कति आम्दानी प्राप्त गरेकाे छ भनी देखाउने विवरण लाई नै आय विवरण भनिन्छ ।

ख. अवितरित नाफाकाे बाडफाड :
^ बैंक तथा बित्तीय संस्थाले प्राप्त गरेकाे नाफा मध्ये बाट लाभांश वितरण , जगेडा काेषमा स्थानान्तरण गरि सके पछि बाकि रहेकाे रकम लाई अवितरित नाफाकाे बाडफाड भनिन्छ ।

ग.  वासलात :
^ कुनै निश्चित समय विन्दुको बैंक तथा बित्तीय संस्थामा उपलब्ध भएका सम्पत्ति , दायित्व , पुजिकाे बारेमा विस्तृत जानकारी उपलब्ध गराउने बित्तीय विवरण नै ( balance sheet ) हाे ।जसलाई स्थिति विवरण पनि भनिन्छ।

^ यस्ता बित्तीय विवरण आ: वकाे अन्तिममा तयार पारि समग्र बैंक तथा बित्तीय संस्थाकाे सञ्चालन अवस्था प्रती जानकारी लिन सकिन्छ

घ. नगद प्रवाह विवरण :

^ बैंक तथा बित्तिय संस्था सञ्चालन गर्ने क्रममा प्राप्त भएको नगद र भुक्तानी  भएको नगद वारे स्थिति व्यक्त गर्ने विवरण लाई नै ( statement of cash flow ) भनेर चिनिन्छ ।

^ यस्ता बित्तीय विवरणले एकातर्फ cash inflow र अर्काेतर्फ cash outflow काे बारेमा जानकारी प्रस्तुत गर्दछन ।

✅  बैंक तथा बित्तीय संस्थाले यस्ता बित्तीय विवरण तयार पार्नुका मुख्य कारण यस प्रकार रहेका छन :

1. बैंक तथा बित्तीय संस्थाकाे सञ्चालन क्षमता मापन गर्न

2. बित्तीय तरलताकाे पुर्ण जानकारी लिन

3. वर्तमान समयावधिमा तयार पारेका बित्तीय विवरणकाे सहायता बाट भबिस्य उन्मुख बित्तीय निर्णयकाे आधार तय गर्न

4. नियमकारी निकायकाे कारबाही बाट बच्न

5. बैककाे व्यवस्थापकिय क्षमता पहिचान गर्न

6. accounting cycle लाई पूरा गर्न

7. बित्तीय सुशासन कायम राख्न आदि।

निष्कर्ष:- BFIs ले वित्तीय विवरण तयार गर्दा वित्तीय विवरणका आधारभूत सिद्धान्त र अन्तर्राष्ट्रिय मापदण्ड प्राप्त लेखा मापदण्ड प्रयोग गरि कार्यान्वयन गर्न सकेमा वित्तीय पारदर्शिता हासिल गर्न सकिन्छ।

Comments

Popular posts from this blog

फाइलिङ भनेको के हो?यसका उद्देश्यहरु लेखी फाइल राख्ने तरिकाहरु उल्लेख गर्नुहोस्।

कर्जा अपलेखन भनेको के हो?कर्जा अपलेखन किन गरिन्छ?

Good For Payment Cheque