Posts

बित्तिय विवरणकाे परिचय लेखी , बैंक तथा बित्तीय संस्थाले तयार पार्ने बित्तीय विवरणकाे बारेमा संक्षेपमा चर्चा गर्दै , बैंक तथा बित्तीय संस्थाले यस्ता विवरण तयार पार्नुका मुल कारण बारे टिपाेट गर्नुहाेस ।

  ⬇️ बित्तीय विवरण भन्नाले निश्चित समयावधि भित्र कुनै पनि बैंक तथा बित्तीय संस्थाले गरेका सम्पुर्ण आर्थिक गतिविधिकाे अन्तिम प्रतिवेदन लाई नै बित्तीय विवरण भनिन्छ । ⬇️   बित्तीय विवरण लाई ( accounting output ) का रुपले समेत चिन्न सकिन्छ । ✅  कुनै पनि बैंक तथा बित्तीय संस्थाले तयार पार्ने बित्तीय विवरण हरु यस प्रकार रहेका छन : क.  आय विवरण : ^ कुनै पनि बैंक तथा बित्तीय संस्थाले निश्चित समयावधि भित्र कुन शिर्षकमा कति खर्च गरेकाे छ र कुन शिर्षकमा कति आम्दानी प्राप्त गरेकाे छ भनी देखाउने विवरण लाई नै आय विवरण भनिन्छ । ख. अवितरित नाफाकाे बाडफाड : ^ बैंक तथा बित्तीय संस्थाले प्राप्त गरेकाे नाफा मध्ये बाट लाभांश वितरण , जगेडा काेषमा स्थानान्तरण गरि सके पछि बाकि रहेकाे रकम लाई अवितरित नाफाकाे बाडफाड भनिन्छ । ग.  वासलात : ^ कुनै निश्चित समय विन्दुको बैंक तथा बित्तीय संस्थामा उपलब्ध भएका सम्पत्ति , दायित्व , पुजिकाे बारेमा विस्तृत जानकारी उपलब्ध गराउने बित्तीय विवरण नै ( balance sheet ) हाे ।जसलाई स्थिति विवरण पनि भनिन्छ। ^ यस्ता बित्तीय विवरण आ: वकाे अन्तिममा तयार पा...

कर्जा चक्र (Credit Cycle)

Image
कर्जा चक्र (Credit Cycle) - कर्जा प्रवाह गर्नु भन्दा अगाडिदेखि कर्जा असुलीसम्मकाे सम्पूर्ण प्रकियालाई कर्जा चक्र (Credit      Cycle ) भनिन्छ   - सम्भावित ग्राहककाे खाेजी, साेधपुछ तथा छानबिन गर्ने, ग्राहकसँग आवेदन लिने, आवश्यक   कागजपत्र लिने, विश्लेषण गर्ने, धिताे सुरक्षणकाे मूल्यांकन एवं अनुगमन गर्ने, कर्जा स्वीकृति गर्ने, कर्जा प्रवाह गर्ने, निरिक्षण तथा अनुगमन गर्ने र अन्तमा कर्जा असुली गर्नेसम्मका सम्पूर्ण  प्रकियालाई कर्जा चक्र भनिन्छ । - कर्जा चक्रका देहायका प्रकियाहरूकाे पालना गर्दै कर्जा काराेवार सञ्चालन गर्नु पर्दछ :- १) ग्राहककाे खाेजी :-  बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लिने ग्राहककाे खाेजी गर्नुपर्दछ । कर्जाका लागि ग्राहककाे खाेजी गर्ने क्रममा असल, विश्वासिलो तथा इमानदार ग्राहककाे खाजी गर्नु पर्दछ । बैंक तथा वित्तीय संस्थाहरूमा आफैँ आईपुगेका एवं बजार व्यवस्थापकहरू द्वारा खाेजेर ल्याइएका ग्राहकहरू कर्जा प्रवाहका लागि उपयुक्त छन् / छैनन् भनेर जाँच्ने कार्य यस चरणमा गरिन्छ । २) कर्जा आवेदन :-  बैंक तथा वित्तीय संस्थाहरूल...

निर्णय प्रक्रियालाई परिभाषित गर्नुहोस् । साथै निर्णयकर्ताको निर्णय क्षमतालाई प्रभावित तुल्याउने विभिन्न तत्वहरुको बारेमा चर्चा गर्दै विवेकपूर्ण निर्णय गर्दा ध्यान पुर्‍याउनु पर्ने विषयहरु उल्लेख गर्नुहोस् ।

निर्णय प्रक्रियाः कुनै काम वा विषयप्रति उचित/अनुचित, ठीक/वेठिक भनी निधो गर्ने कार्य निर्णय हो । निर्णय अन्तिम निर्कौल हो । व्यवस्थापकले उपलव्ध विभिन्न विकल्पहरु मध्ये विवेकपूर्ण ढंगले उपयुक्त विकल्पको छनौट गर्ने प्रक्रियालाई निर्णय प्रक्रिया भनिन्छ । निर्णयमा पुग्न अपनाईने प्रक्रिया अर्थात् पुरा गर्नुपर्ने चरणहरु क्रियाकलापहरुको श्रृङ्खला नै निर्णय प्रक्रिया हो ।  समस्या पहिचान, सहि विकल्पहरुको छनौट, सहभागितामूलक निर्णय प्रक्रिया, अन्तिम आदेश वा निर्देशनको समग्रता हो । जसले संगठनलाई गतिशिल वनाई कार्यप्रक्रियालाई सरल, सहज र वस्तुनिष्ठ वनाउन मद्दत गर्दछ । निर्णयकर्ताको निर्णय क्षमतालाई प्रभावित तुल्याउने तत्वहरुः कुनै पनि निर्णयले पार्ने प्रभाव, त्यसको असर र ल्याउने नतिजाले निर्णयलाई थप मजवुत बनाउन र कमजोर वनाउन मद्दत गर्दछ । त्यसैले निर्णयकर्ताको निर्णय क्षमतालाई प्रभावित तुल्याउने तत्वहरुलाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छ । क. आन्तरिक तत्वहरुः  निर्णयकर्ताको विवेक र सदाचारको स्तर, निर्णयकर्ताको ज्ञान र अनुभव, अधिकार र जिम्मेवारीको सीमा, कानूनी तथा नीतिगत व्यवस्था,  संगठन...

नेपालमा तहगत बैंकिङ प्रणालीको आवश्यकता/महत्त्व

✍️बैंकिङ क्षेत्रको विकास विस्तार पवर्द्धन, स्थायित्व, प्रतिस्पर्धात्मक क्षमतामा अभिवृद्धि, बैंकिङ प्रणालीको सवलीकरणको लागि नेपालमा तहगत बैंकिङ प्रणाली ल्याइएको हो । मुलतः नेपालमा तहगत बैंकिङ प्रणाली ल्याइनुका कारण,यसको आवश्यकता औचित्यता तथा महत्वलाई निम्न बमोजिम बुँदागत रूपमा उल्लेख गर्न सकिन्छ:- ➡️बैंकिङ प्रणालीलाई एउटै ऐनको छत्र छायामा राख्न सोही बमोजिम नियमन निरीक्षण तथा सुपरिवेक्षण गर्न गराउन, ➡️नेपाल राष्ट्र बैंकले गर्ने नियमन, निरीक्षण तथा सुपरिवेक्षण गर्न गराउन, ➡️बैंक तथा वित्तीय संस्थाहरूको प्रतिस्पर्धि क्षमता अभिवृद्धि गर्न, ➡️वित्तीय सबलीकरण तथा वित्तीय शुद्धीकरणको आधार निर्माण गर्न, ➡️वित्तीय पहुँच वित्तीय साक्षरता अभिवृद्धि गरी वित्तीय समावेशीकरण वृद्धि गर्न, ➡️बैंक तथा वित्तीय संस्थाहरूलाई स्वच्छ प्रतिस्पर्धा गराई मुलुकको आर्थिक समृद्धि र विकासमा सहयोग पुयाउन, ➡️वित्तीय स्थायित्व कायम गरि वित्तीय सुशासन कायम गर्न, ➡️बैंकिङ प्रणालीको विकास प्रवर्द्धन र सशक्तीकरण गर्न, ➡️बैंक तथा वित्तीय संस्थाहरूको स्थापना संचालन तथा व्यवस्थापनलाई वैज्ञानिक व्यवस्थित रणनीतिक  प्रभावकार...

"योग्य एवं उत्प्रेरित कर्मचारीहरुबाट मात्र संगठनात्मक लक्ष्य हासिल गर्न सकिन्छ", यस कथनमा आधारित भई कुनै पनि संगठनमा उत्प्रेरणाको महत्व उल्लेख गर्नुहोस।

"योग्य एवं उत्प्रेरित कर्मचारीहरु बाट मात्रै संगठनात्मक लक्ष्य हासिल गर्न सकिन्छ" ।                    उत्प्रेरणा = क्षमता × चाहना अपेक्षित लक्ष्य प्राप्ति गर्नका लागि संगठनमा कार्यरत कर्मचारीको मनमा काम गरु गरु भन्ने भावना जागृत गराउने कार्य नै उत्प्रेणा हो ।  उत्प्रेरित व्यक्ति  भित्रि मन देखिनै लगाव र कटिबद्धताका साथ कार्य गर्न संगठन प्रति समर्पित हुन्छ ।  उत्प्रेरणा एउटा मनोबैज्ञानिक तत्व हो यसलाई देख्न सकिदैन केवल महसुस गर्न सकिन्छ। कर्मचारीलाई मौद्रिक तथा गैर मौद्रिक सुबिधा प्रदान गर्न सके  उनिहरू उत्प्रेरित भई प्रभावकारी ढंगले कार्य सम्पादन गर्दछन र फल स्वरुप संगठनको उत्पादकत्वमा पनि वृद्धि  हुन  जान्छ ।  उत्प्रेरित कर्मचारीले संगठन मेरो हो भन्ने भावना राख्छ, गल्ति र लापरवाही गर्दैन, ढिला सुस्ती गर्दैन ,  अनियमितता गर्दैन तथा बिना कारण संगठन छोड्ने काम पनि गर्दैन ।  यसरी संगठनको श्रोत साधन साधनको उच्चतम सदुपयोग भई उत्पादन बढ्छ र लक्ष्य प्राप्ति गर्न सक...

फाइलिङ भनेको के हो?यसका उद्देश्यहरु लेखी फाइल राख्ने तरिकाहरु उल्लेख गर्नुहोस्।

1.फाइलिङ:- >कार्यालयमा दैनिक रूपमा प्राप्त हुने चिठीपत्र, लिखत टिप्पणी र अन्य महत्वपूर्ण कार्यालयीय कागजात आदिको भविष्यमा आवश्यक पर्दा तुरुन्त प्राप्त गर्न सक्ने गरी व्यवस्थित, वैज्ञानिक एवं क्रमबद्ध रूपमा अभिलेख राख्ने कार्यलाई फाइलिङ भनिन्छ । > कागजातलाई प्राथमिकताका आधारमा वर्गीकरण गरी उचित व्यवस्थापन गर्ने कार्य नैे फाइलिङ हो ।  सुरक्षा, शीघ्रता, लचकता, सरलता, मितव्ययिता, अनुक्रमिका आदि असल फाइलिङ प्रणालीमा हुनुपर्ने गुणहरू हुन् । 2.फाइलिङको उद्देश्य:- भविष्यमा खोजेको बखत तुरुन्तै पाउने गरी कागजपत्र फाइलमा सुरक्षित राख्नु फाइलिङको प्रमुख उद्देश्य हो । फाइलिङका अरू उद्देश्य निम्न छन :- >आवश्यक परेको समयमा प्रमाणको रूपमा कागजात जुटाउनु । >कार्यहरूलाई दोहोरिन नदिनु । >एक अर्कामा तुलना गर्न सहयोग गर्नु । >कार्यालयमा सूचना एवं प्रतिवेदन सजिलै उपलब्ध गराउनु । >अनुगमन र मूल्याङ्कनको कार्यमा सहयोग गर्नु । >कार्यालय व्यवस्थापन गर्नु। >कार्यालयको कार्यकक्ष आकर्षक बनाउनु आदि। 3.फाइल राख्ने तरिकाहरू:- >कागजातहरू सुरक्षित हुने गरी फाइलमा मिलाएर राख्ने कार्य फाइ...

अन्तिम ऋणदाताको रुपमा नेपाल राष्ट्र बैंक

  नेपालमा बैंक तथा वित्तीय संस्थाको नियमन,निरिक्षण गर्ने एवम् नेपाली अर्थतन्त्रको व्यवस्थापन र विकास गर्ने उदेश्यले नेपाल राष्ट्र बैंकको स्थापना भएको हो। नेपाल राष्ट्र बैंक एेन 2012 बमोजिम नेपाल राष्ट्र बैंकको स्थापना बि.सं. 2013 साल बैशाख 14 गते भएको थियो। नेपाल राष्ट्र बैकले स्थापनाकाल देखि नै नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण भुमिका खेल्दै आईरहेको पाइन्छ । राष्ट्र बैंकले अन्तिम ऋणदाताको रुपमा बैंक तथा वित्तीय संस्थाहरूलाई सहयोग गरिरहेको छ। नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाताको रुपमा नेपाल राष्ट् बैंक ऐन 2058 को दफा 5 को उपदफा 1 को खण्ड ❛ज❜मा नेपाल राष्ट्र बैंक वाणिज्य बैंक तथा वित्तीय संस्थाको बैक तथा अन्तिम ऋणदाता र ऊक्त ऐनको दफा 49 को उपदफा 2 बमोजिम नेपाल राष्ट्र बैंकले आफ्नो भुमिका निर्वाह गर्न नीतिगत व्यवस्था बनाई लागु गर्दै अाईरहेको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अन्तिम ऋणदाताको रुपमा देहायका अवस्थामा सम्बोधन गर्ने कार्य गर्दछ। १.बैंक तथा वित्तीय संस्थाका ग्राहकबाट कुनैपनि कारणले ठूलो परिमाणमा निक्षेप झिक्ने कार्य भई त्यस्तो बैंक वा वित्तीय संस्था आफ्नो त...