Posts

नेपालमा विप्रेषण आयका सकारात्मक र नकारात्मक पक्षका बारेमा उल्लेख गर्नुहोस्।

  1.विप्रेषण:- >कुनै एक देशका नागरिक अर्को देशमा गई आर्जन गरेको रकम बैंक, वित्तीय संस्था वा अनुमति प्राप्त मनी ट्रान्सफर एजेन्सीहरू मार्फत स्वदेशमा पठाउने कार्य रेमिट्यान्स हो । यसलाई नेपालीमा विप्रेषण भनिन्छ । 2.नेपालमा विप्रेषण आयका सकारात्मक पक्षहरु:- >विकास अनुदान तथा प्रत्यक्ष वैदेशिक लगानीको तुलनामा विप्रेषण आप्रवाह अधिक भएकाले नेपालको विदेशी विनिमय सञ्चितिको प्रमुख आधार रहेको, > नेपालमा अत्यधिक मात्रामा रहेको गरिब घरपरिवारको जीवनस्तरमा सुधार ल्याउन उल्लेख्य भूमिका रहेको, > ठुलो सङ्ख्यामा श्रमवजारमा प्रवेश गर्ने बेरोजगार युवाहरूलाई विप्रेषणको माध्यवाट थप नयाँ रोजगारी सिर्जना गर्न सहयोग पुगेको , > विप्रेषण आयले आधारभूत आवश्यकता परिपूर्ति गरी बाँकी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न पुँजीको आवश्यकतालाई पूर्ति गर्ने गरेको, > वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको प्रभावले गर्दा गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सुविधाको उपयोगका साथै नेपालीहरूको क्रय क्षमतामा वृद्धि भएको, > बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप सङ्कलन र निजी क्षेत्रको कर्जा प्रवाहमा विप्रेषणले महत्...

नेपालको वित्तीय क्षेत्रका हाल देखिएका समस्याहरू के के हुन् ? चर्चा गर्नुहोस् ।

1.वित्तीय क्षेत्र:- >पुँजीको माग, सिर्जना तथा आपूर्ति हुने क्षेत्र वित्तीय क्षेत्र हो । अर्थतन्त्रको मेरुदण्डका रूपमा चिनिने वित्तीय क्षेत्रअन्तर्गत वाणिज्य बैङ्क, विकास बैङ्क, वित्त कम्पनी, नेपाल राष्ट्र बैङ्कबाट अनुमतिप्राप्त लघुवित्त कारोबार गर्ने वित्तीय संस्था, सहकारी संस्था, गैरसरकारी संस्था पर्दछन् । >नेपालमा नेपाल राष्ट्र बैङ्क ऐन, 2058 तथा बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, 2073 अनुसार नेपालको समग्र वित्तीय क्षेत्रको नियमन तथा सुपरिवेक्षण केन्द्रीय बैङ्कका रूपमा नेपाल राष्ट्र बैङ्कले गर्दै आएको छ र पनि यो अझै सुदृढ हुन सकेको छैन । 2.नेपालको वित्तीय क्षेत्रमा हाल देखिएका समस्यालाई निम्नानुसार चर्चा गर्न सकिन्छ :- >बैङ्क तथा वित्तीय संस्थामा तरलता अभाव बढ्दै जानु, >निक्षेप वृद्धि गर्न नसकिनु, >बैङ्क तथा वित्तीय संस्थाले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरबीचको अन्तर बढ्दै जानु, > मुलुकमा नीतिगत अस्थिरताका कारण लगानीको अनुकूल वातावरण तयार हुन नसक्नु, >लगानीको महìवपूर्ण क्षेत्र औद्योगिक क्षेत्र रुग्ण एवं कमजोर हुँदै जानु, >कर्जालाई उत्पादनमूलक क्षेत्रम...

प्रतित पत्र र बैंक जमानत बिचमा भिन्नता उल्लेख गर्नुहाेस ?

  प्रतित पत्र भन्नाले अन्तर्राष्ट्रिय स्तरकाे व्यापारीक प्रयाेजनका लागि आयातकर्ता र निर्यातकर्ता बिचमा भुक्तानी प्रणालिकाे माध्यम सुनिश्चित गर्ने गैर काेषमा आधारित सेवा हाे । भने बैंक जमानत भन्नाले कुनै पनि ग्राहकले सम्भावित दायित्व पुरा गर्न नसकेमा उक्त ग्राहककाे तर्फबाट भुक्तानी गर्ने सुनिश्चितता व्यक्त गर्नु नै बैंक  जमानत हाे ।  यस्ता गैर काेषमा आधारित सेवाकाे बिचमा रहेका भिन्नता यस प्रकार छन :  1. आयात र निर्यात कर्ता बिचमा भुक्तानी सम्बन्धि पुलकाे कार्य गर्न प्रतित पत्र उपयोगी हुन्छ । भने तेस्रो पक्षले तिर्नुपर्ने दायित्व सुनिश्चित गर्न बैंक मार्फत यस्तो सेवा उपयोगी हुन्छ ।  2. प्रतित पत्र   बैंकका लागि बढि र व्यापारका लागि कम जाेखिम हुन्छ । भने  बैंक जमानत व्यापारका लागि बढि र बैंकका लागि कम जाेखिम हुन्छ ।  3. प्रतित पत्रमा चारवटा पक्ष संलग्न हुन्छन । भने बैंक जमानत दुई वा साे भन्दा बढि पक्ष संलग्न हुन्छ ।  4. प्रतित पत्र अन्तर्राष्ट्रिय व्यापारका लागि बढि प्रयाेग गरिन्छ । भने बैंक जमानत राष्ट्रिय स्तरकाे ठेक्का पट्टाकाे कार्यमा प...

बैकिङ व्यवसायमा कर्जा तथा लगानी सम्बन्धी जोखिम भन्नाले के बुझनुहुन्छ यसका स्रोत तथा न्यूनिकरणका उपायहरु उल्लेख गर्नुहोस्

कर्जा तथा लगानी सम्बन्धी जोखिम:- बैंक तथा वित्तिय संस्थाबाट प्रवाह भएका कर्जा विभिन्न कारणले असुल हुन नसक्ने अवस्था अर्थात बैंकको ग्राहकहरूले आफ्नो असक्षमता वा अनिइच्छाका कारण बैंक प्रति आफ्नो प्रतिबद्धता पुरा गर्न नसकि बैंकलाई हुन सक्ने नोक्सानिलाई कर्जा तथा लगानी सम्बन्धी जोखिम भनिन्छ । कर्जा लिएको ग्राहकले कर्जा वा ऋण र व्याज नतिरेको कारणले उत्पन्न हुन जाने जोखिमलाई कर्जा जोखिम भनिन्छ । कर्जा जाखिमलाई सम्बन्धीत फर्म विशेष जोखिम ( Firm Specitic Credit Risk ) र प्रणालीगत जाखिम ( Systematic Credit Risk ) गरी 2 भागमा विभाजन गर्न सकिन्छ ।   ✅फर्म विशेष कर्जा जोखिमः कर्जा लिने ऋणीको कारणबाट उत्पन्न हुन्छ । क्रण दिनु अघि ऋणीको सहि मूल्याङकन गरेर र ऋण दिइसकेपछि नियमित रूपमा अनुगमन गरेर यस्तो जोखिमलाई कम गर्न सकिन्छ । ✅अर्थ व्यवस्थामा भएको आर्थिक मन्दिजस्ता प्रतिकुल अवस्थाले गर्दा सबैजसो ऋणीहरूले कर्जा भुक्तानी गर्न क्षमतामा हास आई ऋणीहरूले ऋण तिर्न नसक्ने सम्भावनालाई प्रणालीगत जोखिम ( systematic credit risk ) भनिन्छ । यस्तो जोखिमलाई बैंक वा वित्तीय संस्थाले नियन्त्रण गर्न सक्दैनन् । ✅क...

मानव संसाधन व्यवस्थापन को परिचय दिई यसका विशेषता र कार्यहरु लेख्नुहोस्।

  मानव संसाधन व्यवस्थापन:- >संगठनमा जनशक्तिको प्राप्ति, विकास, उपयोग, सम्भार र निवृति सम्मका क्रियाकलापहरुको व्यवस्थापन गर्ने पद्धति मानव संसाधन व्यवस्थापन हो । >यसले संगठनभित्र मानिसको व्यवस्थापन सम्बन्धि दर्शन, नीति, कार्यविधि एंव अभ्यासलाई जनाउँदछ । यो संगठनमा मानविय क्रियाकलापको सन्दर्भमा Pre Recruitment to Post Retirements सम्मको समग्र व्यवस्थापन हो । मानव संसाधन व्यवस्थापनका विशेषताहरु :- १ मानव केन्द्रित अवधारणा हो। २ यो एउटा व्यवस्थापकीय कार्य हो। ३ यो सर्वव्यापी कार्य हो। ४ यो निरन्तर प्रक्रिया हो। ५ यो परिवर्तनशील तथा गतिशिल विषय हो। ६ यो समग्र विषय समेटने एकिकृत प्रणाली हो। ७ यो रणनीतिक विषय हो। ८ यो वस्तु ,परिवेश तथा समय अनुसार फरक फरक हुन्छ। मानव संसाधन व्यवस्थापनका कार्यहरु:- मानव संसाधन व्यवस्थापनका कार्यहरुलाई निम्नानूसार उल्लेख गर्न सकिन्छ, १ प्राप्ती (Acquisition) यसले संगठनलाई आवश्यक पर्ने जनशक्तिलाई ठीक ठाउँमा ठीक समयमा प्रवेश निश्चित गर्दछ । यस अन्तर्गत निम्न क्रियाकलाप पर्दछन:- मानव संसाधन योजना यस अन्तर्गत मौजुदा संसाधनको स्थिति आँकलन ,आवश्यकताको पूर्वा...

मौद्रिक नीतिकाे परिचय दिदै आर्थिक बर्ष २०८०/८१ काे मौद्रिक नीतिका बिशेषता लेखी मौद्रिक नीतिका प्रमुख उदेश्य उल्लेख गर्नुहोस ?

- कुनै पनि मुलुककाे केन्द्रीय बैंकले समग्र मुद्राकाे पुर्ति , बैंक दर , बैंक कर्जालाई व्यवस्थापन गर्दै , बजेटले लिएका आर्थिक परिलक्ष्य हासिल गर्ने उदेश्य लाई थप सहयोग पुर्याउने गरि केन्द्रीय बैंक द्वारा तर्जुमा गरिएको नीति लाई मौद्रिक नीति भनिन्छ । -आर्थिक बर्ष २०८०/८१ काे मौद्रिक नीतिका बिशेषता हरु यस प्र कार छन : 1. मुल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्न , अर्थतन्त्रलाई चलाएमान बनाउन बिस्तारकारी मौद्रिक नीतिकाे सिद्धान्त लाई निरन्तरता दिएको छ । 2. बैंक तथा बित्तीय संस्थाकाे अन्तर बैंक काराेबारकाे भारित औसत ब्याजदरलाई सञ्चालन लक्ष्यकाे रुपमा यथावत राखिएको छ। 3. कम्तिमा ७ महिनाकाे बस्तु तथा सेवा आयात धान्न पुग्ने गरि बिदेशी बिनिमय सञ्चिति कायम राख्नमा यस नीतिले जाेड दिएकाे छ । 4. मुद्रा स्फ्रिति दरलाई ६.५ प्रतिशत कायम राख्ने मौद्रिक व्यवस्थापन गरिएको छ । 5. स्थायी तरलता सुबिधा लगायतका अन्य सुबिधा उपलब्ध गराउन यस नीतिले निरन्तरता दिएकाे छ । 6. बैंक दरलाई ७.५ प्रतिशतमा झारी , क्रमश अनिवार्य नगद अनुपात र बैधानिक तरलता अनुपात दर  लाई यथावत राखिएको छ । - मौद्रिक नीतिका प्रमुख उदेश्य...

SWIFT

सोटाइटी फर वल्र्डवाइड इन्टर बैंक फाइनान्सियल टेलिकम्युनिकेसनको छोटकरी रुप स्विफ्ट कोड हो । अन्तर्राष्ट्रिय रुपमा पैसाको कारोबार गर्नको लागि स्विफ्ट कोड प्रचलित रहेको छ । यस्तो कारोबारलाई विद्युतीय कारोबार पनि भनिन्छ । यसको आधिकारिक निकाय इन्टरनेसनल अर्गनाजेसन अफ स्ट्यान्डर्डलाइजेसन हो । स्विफ्ट कोडमा ८ देखि ११ वटा अक्षर हुन्छ । कोडको चारवटा शुरुको अक्षर वित्तीय संस्थाको कोडबाट लिइन्छ । त्यसपछिको दुई अक्षर कन्ट्री कोड, त्यसपछिको दुई अक्षर वित्तीय संस्था रहेको ठाउँको नामबाट तथा बाँकी अक्षर वित्तीय संस्थाको शाखाबाट लिइन्छ । अन्तिम अक्षरहरु अनिवार्य गरिएको हुँदैन । उदाहरणका लागि, बैंकको नाम: ग्लोबल आईएमी बैंकबाट GLBB नेपालको कन्ट्री कोड: NP बैंकको कार्यलय रहेको स्थान काठमाडौं:  KA ग्लोबल आईएमई बैंकको स्विफ्ट कोड – GLBBNPKA हो । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार हरेक दिन ११ हजार स्विफ्ट सदस्यहरुले २ करोड ४० लाख कारोबारको सन्देश सिर्जना गर्छन् । त्यसैकारण स्विफ्ट कोड नेटवर्कलाई जटिल नेटवर्कको रुपमा लिइन्छ । स्विफ्ट सिस्टममा दैनिक कारोबार सन्देशहरुमध्ये ५० प्रतिशत सन्देश भुक...