कुल गार्हस्थ्य उत्पादन Gross Domestic Product (GDP)
कुल गार्हस्थ्य उत्पादन Gross Domestic Product (GDP) --------- एक निश्चित अवधिमा (प्रायः एक बर्षमा) कुनै पनि देशको सीमाभित्र उत्पादन भएका सम्पूर्ण अन्तिम वस्तु तथा सेवाहरुको मौद्रिक मान लाई कुल गार्हस्थ्य उत्पादन भनिन्छ। कुल गार्हस्थ्य उत्पादनको मापनमा कच्चा पदार्थ तथा मध्यस्थ वस्तुहरुको मूल्यलाइ समाबेश गरिदैन। कुल गार्हस्थ्य उत्पादनको मापनमा दोहोरो गणना नहोस भन्नका लागि मध्यस्थ वस्तुहरुको मूल्यलाइ समाबेस गरिदैन।अन्तिम वस्तु तथा सेवा भन्नुको अर्थ अन्तिम उपभोगका लागि प्रयोग हुने वस्तु तथा सेवाहरु हुन्। कुल गार्हस्थ्य उत्पादन मापन गर्दा सम्पूर्ण वस्तु तथा सेवाहरुको सम्बन्धित बजार मूल्यले गुणन गरिन्छ र योगफल निकालिन्छ। यसको मापन केवल देशको सिमानाभित्र उत्पादित वस्तु तथा सेवाहरुको योगफल हो र देशबाहिरबाट प्राप्त हुने स्रोतहरु जस्तै विप्रेषण, पेन्सन आदि यसभित्र पर्दैनन्। कुल गार्हस्थ्य उत्पादनका विशेषताहरु (Characteristics of Gross Domestic Product) **यो अन्तिम वस्तु तथा सेवाहरुको मौद्रिक मापन हो। **कुनैपनि देशको भैगोलिक सिमा भित्र रही उत्पादित वस्तु तथा से...