Posts

Showing posts from August, 2023

नेपालमा तहगत बैंकिङ प्रणालीको आवश्यकता/महत्त्व

✍️बैंकिङ क्षेत्रको विकास विस्तार पवर्द्धन, स्थायित्व, प्रतिस्पर्धात्मक क्षमतामा अभिवृद्धि, बैंकिङ प्रणालीको सवलीकरणको लागि नेपालमा तहगत बैंकिङ प्रणाली ल्याइएको हो । मुलतः नेपालमा तहगत बैंकिङ प्रणाली ल्याइनुका कारण,यसको आवश्यकता औचित्यता तथा महत्वलाई निम्न बमोजिम बुँदागत रूपमा उल्लेख गर्न सकिन्छ:- ➡️बैंकिङ प्रणालीलाई एउटै ऐनको छत्र छायामा राख्न सोही बमोजिम नियमन निरीक्षण तथा सुपरिवेक्षण गर्न गराउन, ➡️नेपाल राष्ट्र बैंकले गर्ने नियमन, निरीक्षण तथा सुपरिवेक्षण गर्न गराउन, ➡️बैंक तथा वित्तीय संस्थाहरूको प्रतिस्पर्धि क्षमता अभिवृद्धि गर्न, ➡️वित्तीय सबलीकरण तथा वित्तीय शुद्धीकरणको आधार निर्माण गर्न, ➡️वित्तीय पहुँच वित्तीय साक्षरता अभिवृद्धि गरी वित्तीय समावेशीकरण वृद्धि गर्न, ➡️बैंक तथा वित्तीय संस्थाहरूलाई स्वच्छ प्रतिस्पर्धा गराई मुलुकको आर्थिक समृद्धि र विकासमा सहयोग पुयाउन, ➡️वित्तीय स्थायित्व कायम गरि वित्तीय सुशासन कायम गर्न, ➡️बैंकिङ प्रणालीको विकास प्रवर्द्धन र सशक्तीकरण गर्न, ➡️बैंक तथा वित्तीय संस्थाहरूको स्थापना संचालन तथा व्यवस्थापनलाई वैज्ञानिक व्यवस्थित रणनीतिक  प्रभावकार...

"योग्य एवं उत्प्रेरित कर्मचारीहरुबाट मात्र संगठनात्मक लक्ष्य हासिल गर्न सकिन्छ", यस कथनमा आधारित भई कुनै पनि संगठनमा उत्प्रेरणाको महत्व उल्लेख गर्नुहोस।

"योग्य एवं उत्प्रेरित कर्मचारीहरु बाट मात्रै संगठनात्मक लक्ष्य हासिल गर्न सकिन्छ" ।                    उत्प्रेरणा = क्षमता × चाहना अपेक्षित लक्ष्य प्राप्ति गर्नका लागि संगठनमा कार्यरत कर्मचारीको मनमा काम गरु गरु भन्ने भावना जागृत गराउने कार्य नै उत्प्रेणा हो ।  उत्प्रेरित व्यक्ति  भित्रि मन देखिनै लगाव र कटिबद्धताका साथ कार्य गर्न संगठन प्रति समर्पित हुन्छ ।  उत्प्रेरणा एउटा मनोबैज्ञानिक तत्व हो यसलाई देख्न सकिदैन केवल महसुस गर्न सकिन्छ। कर्मचारीलाई मौद्रिक तथा गैर मौद्रिक सुबिधा प्रदान गर्न सके  उनिहरू उत्प्रेरित भई प्रभावकारी ढंगले कार्य सम्पादन गर्दछन र फल स्वरुप संगठनको उत्पादकत्वमा पनि वृद्धि  हुन  जान्छ ।  उत्प्रेरित कर्मचारीले संगठन मेरो हो भन्ने भावना राख्छ, गल्ति र लापरवाही गर्दैन, ढिला सुस्ती गर्दैन ,  अनियमितता गर्दैन तथा बिना कारण संगठन छोड्ने काम पनि गर्दैन ।  यसरी संगठनको श्रोत साधन साधनको उच्चतम सदुपयोग भई उत्पादन बढ्छ र लक्ष्य प्राप्ति गर्न सक...

फाइलिङ भनेको के हो?यसका उद्देश्यहरु लेखी फाइल राख्ने तरिकाहरु उल्लेख गर्नुहोस्।

1.फाइलिङ:- >कार्यालयमा दैनिक रूपमा प्राप्त हुने चिठीपत्र, लिखत टिप्पणी र अन्य महत्वपूर्ण कार्यालयीय कागजात आदिको भविष्यमा आवश्यक पर्दा तुरुन्त प्राप्त गर्न सक्ने गरी व्यवस्थित, वैज्ञानिक एवं क्रमबद्ध रूपमा अभिलेख राख्ने कार्यलाई फाइलिङ भनिन्छ । > कागजातलाई प्राथमिकताका आधारमा वर्गीकरण गरी उचित व्यवस्थापन गर्ने कार्य नैे फाइलिङ हो ।  सुरक्षा, शीघ्रता, लचकता, सरलता, मितव्ययिता, अनुक्रमिका आदि असल फाइलिङ प्रणालीमा हुनुपर्ने गुणहरू हुन् । 2.फाइलिङको उद्देश्य:- भविष्यमा खोजेको बखत तुरुन्तै पाउने गरी कागजपत्र फाइलमा सुरक्षित राख्नु फाइलिङको प्रमुख उद्देश्य हो । फाइलिङका अरू उद्देश्य निम्न छन :- >आवश्यक परेको समयमा प्रमाणको रूपमा कागजात जुटाउनु । >कार्यहरूलाई दोहोरिन नदिनु । >एक अर्कामा तुलना गर्न सहयोग गर्नु । >कार्यालयमा सूचना एवं प्रतिवेदन सजिलै उपलब्ध गराउनु । >अनुगमन र मूल्याङ्कनको कार्यमा सहयोग गर्नु । >कार्यालय व्यवस्थापन गर्नु। >कार्यालयको कार्यकक्ष आकर्षक बनाउनु आदि। 3.फाइल राख्ने तरिकाहरू:- >कागजातहरू सुरक्षित हुने गरी फाइलमा मिलाएर राख्ने कार्य फाइ...

अन्तिम ऋणदाताको रुपमा नेपाल राष्ट्र बैंक

  नेपालमा बैंक तथा वित्तीय संस्थाको नियमन,निरिक्षण गर्ने एवम् नेपाली अर्थतन्त्रको व्यवस्थापन र विकास गर्ने उदेश्यले नेपाल राष्ट्र बैंकको स्थापना भएको हो। नेपाल राष्ट्र बैंक एेन 2012 बमोजिम नेपाल राष्ट्र बैंकको स्थापना बि.सं. 2013 साल बैशाख 14 गते भएको थियो। नेपाल राष्ट्र बैकले स्थापनाकाल देखि नै नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण भुमिका खेल्दै आईरहेको पाइन्छ । राष्ट्र बैंकले अन्तिम ऋणदाताको रुपमा बैंक तथा वित्तीय संस्थाहरूलाई सहयोग गरिरहेको छ। नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाताको रुपमा नेपाल राष्ट् बैंक ऐन 2058 को दफा 5 को उपदफा 1 को खण्ड ❛ज❜मा नेपाल राष्ट्र बैंक वाणिज्य बैंक तथा वित्तीय संस्थाको बैक तथा अन्तिम ऋणदाता र ऊक्त ऐनको दफा 49 को उपदफा 2 बमोजिम नेपाल राष्ट्र बैंकले आफ्नो भुमिका निर्वाह गर्न नीतिगत व्यवस्था बनाई लागु गर्दै अाईरहेको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अन्तिम ऋणदाताको रुपमा देहायका अवस्थामा सम्बोधन गर्ने कार्य गर्दछ। १.बैंक तथा वित्तीय संस्थाका ग्राहकबाट कुनैपनि कारणले ठूलो परिमाणमा निक्षेप झिक्ने कार्य भई त्यस्तो बैंक वा वित्तीय संस्था आफ्नो त...

नेपालमा विप्रेषण आयका सकारात्मक र नकारात्मक पक्षका बारेमा उल्लेख गर्नुहोस्।

  1.विप्रेषण:- >कुनै एक देशका नागरिक अर्को देशमा गई आर्जन गरेको रकम बैंक, वित्तीय संस्था वा अनुमति प्राप्त मनी ट्रान्सफर एजेन्सीहरू मार्फत स्वदेशमा पठाउने कार्य रेमिट्यान्स हो । यसलाई नेपालीमा विप्रेषण भनिन्छ । 2.नेपालमा विप्रेषण आयका सकारात्मक पक्षहरु:- >विकास अनुदान तथा प्रत्यक्ष वैदेशिक लगानीको तुलनामा विप्रेषण आप्रवाह अधिक भएकाले नेपालको विदेशी विनिमय सञ्चितिको प्रमुख आधार रहेको, > नेपालमा अत्यधिक मात्रामा रहेको गरिब घरपरिवारको जीवनस्तरमा सुधार ल्याउन उल्लेख्य भूमिका रहेको, > ठुलो सङ्ख्यामा श्रमवजारमा प्रवेश गर्ने बेरोजगार युवाहरूलाई विप्रेषणको माध्यवाट थप नयाँ रोजगारी सिर्जना गर्न सहयोग पुगेको , > विप्रेषण आयले आधारभूत आवश्यकता परिपूर्ति गरी बाँकी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न पुँजीको आवश्यकतालाई पूर्ति गर्ने गरेको, > वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको प्रभावले गर्दा गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सुविधाको उपयोगका साथै नेपालीहरूको क्रय क्षमतामा वृद्धि भएको, > बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप सङ्कलन र निजी क्षेत्रको कर्जा प्रवाहमा विप्रेषणले महत्...

नेपालको वित्तीय क्षेत्रका हाल देखिएका समस्याहरू के के हुन् ? चर्चा गर्नुहोस् ।

1.वित्तीय क्षेत्र:- >पुँजीको माग, सिर्जना तथा आपूर्ति हुने क्षेत्र वित्तीय क्षेत्र हो । अर्थतन्त्रको मेरुदण्डका रूपमा चिनिने वित्तीय क्षेत्रअन्तर्गत वाणिज्य बैङ्क, विकास बैङ्क, वित्त कम्पनी, नेपाल राष्ट्र बैङ्कबाट अनुमतिप्राप्त लघुवित्त कारोबार गर्ने वित्तीय संस्था, सहकारी संस्था, गैरसरकारी संस्था पर्दछन् । >नेपालमा नेपाल राष्ट्र बैङ्क ऐन, 2058 तथा बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, 2073 अनुसार नेपालको समग्र वित्तीय क्षेत्रको नियमन तथा सुपरिवेक्षण केन्द्रीय बैङ्कका रूपमा नेपाल राष्ट्र बैङ्कले गर्दै आएको छ र पनि यो अझै सुदृढ हुन सकेको छैन । 2.नेपालको वित्तीय क्षेत्रमा हाल देखिएका समस्यालाई निम्नानुसार चर्चा गर्न सकिन्छ :- >बैङ्क तथा वित्तीय संस्थामा तरलता अभाव बढ्दै जानु, >निक्षेप वृद्धि गर्न नसकिनु, >बैङ्क तथा वित्तीय संस्थाले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरबीचको अन्तर बढ्दै जानु, > मुलुकमा नीतिगत अस्थिरताका कारण लगानीको अनुकूल वातावरण तयार हुन नसक्नु, >लगानीको महìवपूर्ण क्षेत्र औद्योगिक क्षेत्र रुग्ण एवं कमजोर हुँदै जानु, >कर्जालाई उत्पादनमूलक क्षेत्रम...

प्रतित पत्र र बैंक जमानत बिचमा भिन्नता उल्लेख गर्नुहाेस ?

  प्रतित पत्र भन्नाले अन्तर्राष्ट्रिय स्तरकाे व्यापारीक प्रयाेजनका लागि आयातकर्ता र निर्यातकर्ता बिचमा भुक्तानी प्रणालिकाे माध्यम सुनिश्चित गर्ने गैर काेषमा आधारित सेवा हाे । भने बैंक जमानत भन्नाले कुनै पनि ग्राहकले सम्भावित दायित्व पुरा गर्न नसकेमा उक्त ग्राहककाे तर्फबाट भुक्तानी गर्ने सुनिश्चितता व्यक्त गर्नु नै बैंक  जमानत हाे ।  यस्ता गैर काेषमा आधारित सेवाकाे बिचमा रहेका भिन्नता यस प्रकार छन :  1. आयात र निर्यात कर्ता बिचमा भुक्तानी सम्बन्धि पुलकाे कार्य गर्न प्रतित पत्र उपयोगी हुन्छ । भने तेस्रो पक्षले तिर्नुपर्ने दायित्व सुनिश्चित गर्न बैंक मार्फत यस्तो सेवा उपयोगी हुन्छ ।  2. प्रतित पत्र   बैंकका लागि बढि र व्यापारका लागि कम जाेखिम हुन्छ । भने  बैंक जमानत व्यापारका लागि बढि र बैंकका लागि कम जाेखिम हुन्छ ।  3. प्रतित पत्रमा चारवटा पक्ष संलग्न हुन्छन । भने बैंक जमानत दुई वा साे भन्दा बढि पक्ष संलग्न हुन्छ ।  4. प्रतित पत्र अन्तर्राष्ट्रिय व्यापारका लागि बढि प्रयाेग गरिन्छ । भने बैंक जमानत राष्ट्रिय स्तरकाे ठेक्का पट्टाकाे कार्यमा प...

बैकिङ व्यवसायमा कर्जा तथा लगानी सम्बन्धी जोखिम भन्नाले के बुझनुहुन्छ यसका स्रोत तथा न्यूनिकरणका उपायहरु उल्लेख गर्नुहोस्

कर्जा तथा लगानी सम्बन्धी जोखिम:- बैंक तथा वित्तिय संस्थाबाट प्रवाह भएका कर्जा विभिन्न कारणले असुल हुन नसक्ने अवस्था अर्थात बैंकको ग्राहकहरूले आफ्नो असक्षमता वा अनिइच्छाका कारण बैंक प्रति आफ्नो प्रतिबद्धता पुरा गर्न नसकि बैंकलाई हुन सक्ने नोक्सानिलाई कर्जा तथा लगानी सम्बन्धी जोखिम भनिन्छ । कर्जा लिएको ग्राहकले कर्जा वा ऋण र व्याज नतिरेको कारणले उत्पन्न हुन जाने जोखिमलाई कर्जा जोखिम भनिन्छ । कर्जा जाखिमलाई सम्बन्धीत फर्म विशेष जोखिम ( Firm Specitic Credit Risk ) र प्रणालीगत जाखिम ( Systematic Credit Risk ) गरी 2 भागमा विभाजन गर्न सकिन्छ ।   ✅फर्म विशेष कर्जा जोखिमः कर्जा लिने ऋणीको कारणबाट उत्पन्न हुन्छ । क्रण दिनु अघि ऋणीको सहि मूल्याङकन गरेर र ऋण दिइसकेपछि नियमित रूपमा अनुगमन गरेर यस्तो जोखिमलाई कम गर्न सकिन्छ । ✅अर्थ व्यवस्थामा भएको आर्थिक मन्दिजस्ता प्रतिकुल अवस्थाले गर्दा सबैजसो ऋणीहरूले कर्जा भुक्तानी गर्न क्षमतामा हास आई ऋणीहरूले ऋण तिर्न नसक्ने सम्भावनालाई प्रणालीगत जोखिम ( systematic credit risk ) भनिन्छ । यस्तो जोखिमलाई बैंक वा वित्तीय संस्थाले नियन्त्रण गर्न सक्दैनन् । ✅क...