Posts

Showing posts from July, 2023

मानव संसाधन व्यवस्थापन को परिचय दिई यसका विशेषता र कार्यहरु लेख्नुहोस्।

  मानव संसाधन व्यवस्थापन:- >संगठनमा जनशक्तिको प्राप्ति, विकास, उपयोग, सम्भार र निवृति सम्मका क्रियाकलापहरुको व्यवस्थापन गर्ने पद्धति मानव संसाधन व्यवस्थापन हो । >यसले संगठनभित्र मानिसको व्यवस्थापन सम्बन्धि दर्शन, नीति, कार्यविधि एंव अभ्यासलाई जनाउँदछ । यो संगठनमा मानविय क्रियाकलापको सन्दर्भमा Pre Recruitment to Post Retirements सम्मको समग्र व्यवस्थापन हो । मानव संसाधन व्यवस्थापनका विशेषताहरु :- १ मानव केन्द्रित अवधारणा हो। २ यो एउटा व्यवस्थापकीय कार्य हो। ३ यो सर्वव्यापी कार्य हो। ४ यो निरन्तर प्रक्रिया हो। ५ यो परिवर्तनशील तथा गतिशिल विषय हो। ६ यो समग्र विषय समेटने एकिकृत प्रणाली हो। ७ यो रणनीतिक विषय हो। ८ यो वस्तु ,परिवेश तथा समय अनुसार फरक फरक हुन्छ। मानव संसाधन व्यवस्थापनका कार्यहरु:- मानव संसाधन व्यवस्थापनका कार्यहरुलाई निम्नानूसार उल्लेख गर्न सकिन्छ, १ प्राप्ती (Acquisition) यसले संगठनलाई आवश्यक पर्ने जनशक्तिलाई ठीक ठाउँमा ठीक समयमा प्रवेश निश्चित गर्दछ । यस अन्तर्गत निम्न क्रियाकलाप पर्दछन:- मानव संसाधन योजना यस अन्तर्गत मौजुदा संसाधनको स्थिति आँकलन ,आवश्यकताको पूर्वा...

मौद्रिक नीतिकाे परिचय दिदै आर्थिक बर्ष २०८०/८१ काे मौद्रिक नीतिका बिशेषता लेखी मौद्रिक नीतिका प्रमुख उदेश्य उल्लेख गर्नुहोस ?

- कुनै पनि मुलुककाे केन्द्रीय बैंकले समग्र मुद्राकाे पुर्ति , बैंक दर , बैंक कर्जालाई व्यवस्थापन गर्दै , बजेटले लिएका आर्थिक परिलक्ष्य हासिल गर्ने उदेश्य लाई थप सहयोग पुर्याउने गरि केन्द्रीय बैंक द्वारा तर्जुमा गरिएको नीति लाई मौद्रिक नीति भनिन्छ । -आर्थिक बर्ष २०८०/८१ काे मौद्रिक नीतिका बिशेषता हरु यस प्र कार छन : 1. मुल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्न , अर्थतन्त्रलाई चलाएमान बनाउन बिस्तारकारी मौद्रिक नीतिकाे सिद्धान्त लाई निरन्तरता दिएको छ । 2. बैंक तथा बित्तीय संस्थाकाे अन्तर बैंक काराेबारकाे भारित औसत ब्याजदरलाई सञ्चालन लक्ष्यकाे रुपमा यथावत राखिएको छ। 3. कम्तिमा ७ महिनाकाे बस्तु तथा सेवा आयात धान्न पुग्ने गरि बिदेशी बिनिमय सञ्चिति कायम राख्नमा यस नीतिले जाेड दिएकाे छ । 4. मुद्रा स्फ्रिति दरलाई ६.५ प्रतिशत कायम राख्ने मौद्रिक व्यवस्थापन गरिएको छ । 5. स्थायी तरलता सुबिधा लगायतका अन्य सुबिधा उपलब्ध गराउन यस नीतिले निरन्तरता दिएकाे छ । 6. बैंक दरलाई ७.५ प्रतिशतमा झारी , क्रमश अनिवार्य नगद अनुपात र बैधानिक तरलता अनुपात दर  लाई यथावत राखिएको छ । - मौद्रिक नीतिका प्रमुख उदेश्य...

SWIFT

सोटाइटी फर वल्र्डवाइड इन्टर बैंक फाइनान्सियल टेलिकम्युनिकेसनको छोटकरी रुप स्विफ्ट कोड हो । अन्तर्राष्ट्रिय रुपमा पैसाको कारोबार गर्नको लागि स्विफ्ट कोड प्रचलित रहेको छ । यस्तो कारोबारलाई विद्युतीय कारोबार पनि भनिन्छ । यसको आधिकारिक निकाय इन्टरनेसनल अर्गनाजेसन अफ स्ट्यान्डर्डलाइजेसन हो । स्विफ्ट कोडमा ८ देखि ११ वटा अक्षर हुन्छ । कोडको चारवटा शुरुको अक्षर वित्तीय संस्थाको कोडबाट लिइन्छ । त्यसपछिको दुई अक्षर कन्ट्री कोड, त्यसपछिको दुई अक्षर वित्तीय संस्था रहेको ठाउँको नामबाट तथा बाँकी अक्षर वित्तीय संस्थाको शाखाबाट लिइन्छ । अन्तिम अक्षरहरु अनिवार्य गरिएको हुँदैन । उदाहरणका लागि, बैंकको नाम: ग्लोबल आईएमी बैंकबाट GLBB नेपालको कन्ट्री कोड: NP बैंकको कार्यलय रहेको स्थान काठमाडौं:  KA ग्लोबल आईएमई बैंकको स्विफ्ट कोड – GLBBNPKA हो । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार हरेक दिन ११ हजार स्विफ्ट सदस्यहरुले २ करोड ४० लाख कारोबारको सन्देश सिर्जना गर्छन् । त्यसैकारण स्विफ्ट कोड नेटवर्कलाई जटिल नेटवर्कको रुपमा लिइन्छ । स्विफ्ट सिस्टममा दैनिक कारोबार सन्देशहरुमध्ये ५० प्रतिशत सन्देश भुक...

नेपाल राष्ट्र बैंक ले २०८०/८१ को मौद्रिक नितिका बुंदाहरु

Image
 नेपाल राष्ट्र बैंक ले २०८०/८१ को मौद्रिक नितिका बुंदाहरु १.मुद्रास्फीतिलाई ६.५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य। २.६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रतर्फ प्रवाहित गर्ने । ३.विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११.५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण ४ .अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको छ । बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम । ५.वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्याउने गैर–व्यावसायिक तथा उच्छृङ्खल गतिविधिलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने गरी विद्यमान बैकिङ्ग कसुर ऐन, २०६४ मा समसामयिक संशोधन प्रक्रिया अगाडि बढाइने। ६.पहिलो आवासीय घर कर्जाको सीमा रु.१ करोड ५० लाखलाई वृद्धि गरी रु.२ करोड पुर्याईने। ७.चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने । ८.लगानीसम्बन्धी प्रक्रियालाई सरलीकरण र सहजीकरण गर्न नेपाल राष्ट्र बैं...

मुद्रास्फीति नियन्त्रण गर्न वित्त र मौद्रिक नीतिले खेल्ने भुमिका

वस्तु तथा सेवाको मूल्यहरुममा हुने निरन्तर र दिगो वृद्धि नै  मुद्रास्फीति हो । बजारमा वस्तु तथा सेवाको अभाव हुने तर मुद्रा प्रदायको मात्रा नघट्ने भएमा मुद्रास्फीति हुन्छ । यसका लागि मौद्रिक तथा वित्त नीतिमार्फत वस्तु तथा सेवाको उत्पादन वृद्धि गर्ने, बजारमा मुद्रा प्रदायको मात्रा नियन्त्रण गर्नेलगायतका उपाय अवलम्बन गरेर मुद्रास्फीति नियन्त्रण गर्न सकिन्छ ।  मुद्रास्फीति नियन्त्रण गर्न मौद्रिक र वित्त नीतिले निम्नअनुसार सहयोग गर्दछन् : वित्त नीतिले गर्ने सहयोग – उत्पादनमा अनुदान दिएर उत्पादन वृद्धि गर्ने, – मालवस्तुको ढुवानीमा सुधार गरेर तथा विभिन्न स्थानमा आवश्यक पर्ने मालवस्तुको भण्डारणको व्यवस्था गरी आपूर्ति प्रणालीमा सुधार गर्ने, – बजार अनुगमनमार्फत कृत्रिम अभाव हुन नदिने, मालवस्तुको मूल्यसूची राख्न लगाउने, – सरकारी घाटा बजेट कम गरी निजी क्षेत्रमा लगानी बढाउन सहयोग गर्ने, – सरकारले चालू खर्चमा मितव्ययिता अपनाई पुँजीगत खर्च क्षमता बढाएर पूर्वाधार विकासलाई तीव्रता दिने, – रुग्ण उद्योगको पुनरुत्थानमा कर, भन्सारलगायतका सहुलियतको व्यवस्था गर्ने, – नीतिगत, कानुनी, संस्थागत एवं प्रक...

नेपालको औद्योगिक विकासमा देखिएका समस्याहरू पहिचान गरी सोको निराकरणका उपायहरू उल्लेख गर्नुहोस् । 

  पुँजी, सिप, उद्यमशीलता, उपकरण र प्रविधिको संयोजन गरी वस्तु तथा सेवाको उत्पादन गर्ने आर्थिक क्षेत्र नै उद्योग हो । यो आधुनिक अर्थतन्त्रको मेरुदण्ड हो । औद्योगिक विकासले गति लिन नसक्दा नेपालको कुल गार्हस्थ उत्पादनमा उत्पादनमूलक उद्योगको योगदान न्यून रहेको छ । मुलुकको औद्योगिक विकासमा देखिएका समस्याहरू यस प्रकार छन् ! *नीतिगत अस्थिरता कायम रहनु, *लगानी र उद्योगमैत्री नीतिको अभाव रहनु, *उद्यमशीलता र स्टार्ट अपलाई प्रोत्साहन गर्ने नीतिको अभाव हुनु, *उद्योग क्षेत्रको विकासका लागि सरकारले घोषणा गरेका छुट *सुविधा प्राप्तिमा कठिनाइ हुनु,   *औद्योगिक पूर्वाधारको अभाव रहनु, *पुँजी र दक्ष जनशक्तिको अभाव कायमै रहनु, *ब्याजदर महँगो हुँदा लगानी निरुत्साहित हुनु, *जग्गाको माग र मूल्य वृद्धिसँगै उद्योगका लागि जग्गा प्राप्तिमा समस्या हुनु, *आयातित कच्चा पदार्थमा आधारित उद्योगहरूको सङ्ख्या उच्च रहनु, *नेपाली उत्पादनको निर्यातका लागि सहज वातावरण बन्न नसक्नु, *बजारको अनिश्चतता कायमै रहनु, *मालवस्तुको अवैध पैठारीका कारण नेपाली बजारमा नेपाली उत्पादनले स्थान पाउन नसक्नु, *भौगोलिक विषमता, भूपरिवेष्ट...

मौद्रिक नीतिको उपकरण खुला बजार कारोबारलाई परिमाणात्मक सहजता(Quantitative Easing)ले कसरी सहयोग गर्दछ? विश्लेषण गर्दै मौद्रिक नीतिले आर्थिक विकासमा खेल्ने भूमिकाको चर्चा गर्नुहोस् ।

  केन्द्रीय बैंकले मुद्रा बजारमा गर्ने सरकारी ऋणपत्र वा ट्रेजरी बिलको खरिदविक्री वा कारोबार नै खुला बजार कारोबार हो । परिमाणात्मक सहजताले केन्द्रीय बैंकले सीधै निजी क्षेत्रहरूसँग रहेको ऋणपत्रको खरिद गरी तरलता प्रवाह गर्ने कार्यलाई उजागर गर्दछ । खुला बजार कारोबार मौद्रिक नीतिको प्रत्यक्ष एवम् परिमाणात्मक उपकरण हो । परिमाणात्मक सहजताले खुला बजार कारोबारलाई सकारात्मक सहयोग गर्दछ । जसलाई देहायानुसार प्रस्तुत गर्न सकिन्छः परिमाणात्मक सहजता अन्तरगत केन्द्रीय बैंकले निजी क्षेत्रसँग सोझै ऋणपत्र खरिद गर्दछ जसले, बजारमा तरलता प्रवाह गरिदिन्छ, बजारमा मुद्राको अभावका कारणले सिर्जित Crowding Out Effectको अन्त्य गरिदिन्छ, बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन वृद्धि हुन्छ जसले कर्जा प्रवाह क्षमता समेत बढाइदिन्छ, बैंक तथा वित्तीय संस्थाहरूले लिने व्याजदर घटाइदिन्छ जसले नागरिकहरूको लगानी क्षमता बढाइदिनाले Circular Economyको अवस्था सिर्जना हुन जान्छ, Complacent Income का कारणले सिर्जित Gig Economy, Crony Capitalism, Myopic Economy लगायतका समस्या समाधान गर्दै Instrumental Reality को अवस्था सिर...

कस्तो अवस्थामा राष्ट्र बैकले वाणिज्य बैक तथा वित्तीय संस्थालाई समस्या ग्रस्त वाणिज्य बैक तथा वित्तिय संस्थाको रुपमा घोषणा गर्न सक्ने व्यवस्था रहेको छ ?

बैकको जिम्मेवार पूर्ण एक कार्य राष्ट्र बैकको निरीक्षण तथा सुपरिवेक्षण प्रतिवेदनबाट वा अन्य कुनै पनि तवरबाट कुनै वाणिज्य बैक वा वित्तीय संस्थामा देहायको कुनै अवस्था विद्यमान रहेकोे कुरामा बैक विश्वस्त भएमा बैकले त्यस्तो बैक तथा वित्तिय संस्थालाई लिखित सूचना दिई समस्याग्रस्त भएको वाणिज्य बैक वा वित्तीय संस्थाको रुपमा घोषणा गर्न सक्ने व्यवस्था नेपाल राष्ट्र बैक ऐन २०५८ को दफा ८६ख मा उल्लेख गरिएको छ ।  निक्षेपकर्ता, शेयरधनी, साहू वा सर्वसाधारणको हित विपरीत हुने गरीकुनै कार्य गरेको देखिएमा,  आफुले पूरा गर्नु पर्ने वित्तीय दायित्व पूरा नगरेमा वा गर्न सक्नेसम्भावना नभएमा वा भुक्तानी गर्नु पर्ने रकम भुक्तानी गर्न नसकेमा,  दामासाहीमा परेको वा पर्न लागेको वा उल्लेखनीय रुपमा आर्थिक कठिनाई भोगिरहेको भएमा,  यस ऐन, वाणिज्य बैक तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून,अन्य प्रचलित कानून, इजाजतपत्र प्रदान गर्दा तोकिएका शर्त वा बैककोनियमन, निर्देशन वा आदेशको अवज्ञा वा उल्लंघन गरेको देखिएमा,  झुट्टा, जालसाज, गलत कागजात वा तथ्य पेश गरी इजाजतपत्र प्राप्तगरेको देखिन आएमा,  यस ऐन, वाणिज्य बैक तथा वित...

.पुँजी बजारको परिचय दिँदै देशको आर्थिक विकासमा पुँजी बजारको महत्त्व/भुमिका उल्लेख गर्नुहोस्।

Image
पुँजी बजार:- पुँजीको दीर्घकालीन परिचालन हुने बजारलाई पुँजी बजार भनिन्छ । पुँजी बजारमा पुँजीको निर्माण, पुँजीको माग र पुँजीको आपूर्ति हुन्छ । पुँजी बजारमा दीर्घकालीन वित्तीय उपकरणहरू जस्तै सेयर , स्टक, बन्ड, डिवेन्चर, सरकारी ऋणपत्र, बचत पत्र, आदिको निष्कासन, खरिद बिक्री तथा विनिमय हुन्छ । छरिएर रहेको स-सानो वचताहरुलाई एकीकृत गरी प्राप्त रकमलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्न मद्दत गर्दछ । यो लामो समयसम्म रकम परिचालन गर्ने दीर्घकालीन वित्त बजार पनि हो । सेक्युरिटी तथा पुँजीवजारमा आर्थिक विकासका सहयोगी डिवेञ्चर बजार, कृषि ऋण बजार, स्टक विनिमय बजार आदि सक्रिय रहन्छन् । देशको आर्थिक विकासमा पुँजी बजारको महत्त्व/भुमिका देहायबमोजिम उल्लेख गर्न सकिन्छ:- >पुँजी बजारले औद्योगिक र व्यापारिक क्षेत्रलाई स्थिर र चालु पुँजी उपलब्ध गराउँछ । >आर्थिक विकास प्रक्रियालाई सरल बनाउन सहयोग गर्दछ । >देशमा उपलब्ध बचतलाई पुँजीगत साधनमा परिणत गराउन मद्दत गर्दछ । >पुँजी बजारको विकासले बचत र लगानी बढाउन प्रोत्साहित गर्दछ । >लगानीका नयाँ क्षेत्र र अवसर बढाउन विदेशी पुँजीलाई आकर्षित गर्न सहयोग गर्दछ ...

नेपाल राष्ट्र बैंक : मुलुकको केन्द्रीय बैंक

Image
  राष्ट्र बैंक ऐन, २०१२ अनुसार २०१३ साल वैशाख १४ गते नेपाल राष्ट्र बैंकको स्थापना भएको हो । नेपाल राष्ट्र बैंक मुलुकको केन्द्रीय बैंक भएकाले यस ले मूलत : मुलकको मौद्रिक प्रणालीलाई सञ्चालन र नियमन गर्दछ । यसैले केन्द्रीय बैंकलाई ‘मौद्रिक अधिकारी’ र ‘नियामक निकाय’ पनि भन्ने गरिएको छ । नेपाल राष्ट्र बैंकले नेपाली मुद्राको व्यवस्थापन गर्ने, मौद्रिक नीतिको सञ्चालन गर्ने, सरकारको बैंक तथा बैंकहरूको बैंकका रूपमा भूमिका निर्वाह गर्दै आएको छ । हरेक मुलुकमा एउटा मात्र केन्द्रीय बैंक रहन्छ । यसको अर्थ कुनै पनि मुलुकको मौद्रिक प्रणाली एकै खालको हुने गर्दछ । नेपाल राष्ट्र बैंक नेपालको वित्तीय प्रणालीको नियामक तथा सुपरिवेक्षकीय निकाय हो । नेपाल राष्ट्र बैंक स्थापना हुनुभन्दा अघि २००२ सालमा सदर मुलुकी खानाबाट नेपाली नोट निष्कासन गरिएको थियो । नेपाल राष्ट्र बैंकको दूरदृष्टि (Vision) र लक्ष्य (Mission) : दूरदृष्टि (Vision) – आधुनिक, गतिशील, विश्वसनीय एवम्‌ प्रभावकारी केन्द्रीय बैंक लक्ष्य (Mission) – सबल तथा प्रभावकारी मौद्रिक, विदेशी विनिमय एवम्‌ वित्तीय क्षेत्र नीतिहरूका माध्यमबाट समग्र आर्थिक स्...

Explain the concept of banking and its development in Nepal

Image
 बैंकिङ अवधारणा र नेपालमा यसको विकासक्रम व्याख्या गर्नुहोस् ।  उत्तरः बैंक भनेको त्यस्तो संस्था हो जसले पैसा बढी भएको क्षेत्र (Surplus Sector) बाट निक्षेपको रुपमा संकलन गरी पैसा कम भएको क्षेत्र (deficit sector) मा लगानी गर्दछ । यो त्यस्तो किसिमको संस्था हो जसले मुद्राको कारोबार गर्ने अधिकार पाएको हुन्छ र यसमाथि सबैको विश्वास हुन्छ । इटालियन शब्द banco, ल्याटिन शब्द bancus, फ्रेन्च शब्द banque आदिजस्ता भाषाहरुबाट बैंक शब्दको उत्पत्ति भएको मानिन्छ जसको शाब्दिक अर्थ बेन्चमा बसी मुद्रा सम्बन्धी कारोबार गर्नु हो । R.P. Kent का अनुसार "Bank is an institution which collects idle money temporarily from the public and lends to other people as per need." समग्रमा निक्षेप स्वीकार गर्ने, कर्जा प्रवाह गर्ने जस्ता परम्परागत कार्यमात्र नभएर साख सिर्जना, विप्रेषण, जमानत, एजेन्सी तथा अन्य वित्तिय कारोबार गर्ने संस्थालाई बैंक भनिन्छ । बैंकले समग्र अर्थतन्त्रलाई चलायमान बनाउँदै अर्थतन्त्रको मियोको रुपमा काम गर्दछ । विशेष गरी केन्द्रीय बैंक (मौद्रिक निकाय) र अन्य विभिन्न उद्देश्य लिएर स्थापना भएक...

The Impact of Inflation on the Economy: Causes, Consequences, and Mitigation Strategies

Image
  Introduction: Inflation is an economic phenomenon characterized by a sustained increase in the general price level of goods and services in an economy over a given period of time. It affects the purchasing power of individuals and businesses and has far-reaching implications for the overall health of an economy. This essay explores the causes of inflation, its consequences, and potential mitigation strategies. Causes of Inflation: 1. Demand-Pull Inflation: This occurs when aggregate demand surpasses the available supply of goods and services, leading to increased prices as businesses respond to the excess demand by raising prices. 2. Cost-Push Inflation: Also known as supply-side inflation, this occurs when there is a rise in the costs of production, such as wages, raw materials, or energy, causing businesses to increase prices to maintain profitability. 3. Monetary Inflation: This type of inflation occurs when there is an increase in the money supply in an economy, usually as a ...

कृषि बिकास बैंककाे परिचय लेखी , कृषि बिकास बैंककाे SWOT Analysis गर्नुहाेस

 ✅   ⬇️ कृषि क्षेत्रकाे बिकास आधुनिकिकरण , व्यावसायिकिकरण गर्ने मुल ध्येय राखी स्थापना गरिएको बित्तीय संस्थालाई कृषि बिकास बैंक  भनिन्छ । ⬇️ कृषि क्षेत्रकाे सन्तुलित बिकासकाे आधार तय गर्नका लागि आवश्यक पर्ने ( short term loan ) र ( long term loan) उपलब्ध गराउने उदेश्य राखि स्थापित गरिएको बित्तीय संस्थालाई कृषि बिकास बैंक भनिन्छ । ⬇️ कुनै पनि बैंक बित्तीय संस्था सञ्चालन गर्ने क्रममा सम्बन्धित संस्थाकाे  SWOT analysis गर्दै बृहत् काराेबारकाे अवस्था प्रती जानकारी समेत लिन सकिन्छ । यसै सन्दर्भमा कृषि बिकास बैंककाे SWOT analysis लाई तल बुदागत रुपमा ब्यक्त गरिएको छ । क. सबल पक्ष : 1. प्रतिस्प्रर्धात्मक जाँच पास गरि आएका बैंककाे कर्मचारीकाे उच्च बाहुल्यता रहेको पाइन्छ । 2. व्यापक शाखा सञ्जाल रहेको छ। 3. बृहत् स्वरुपमा यस बैंकका ग्राहक एवं शेयर धनी रहेकाे पाइन्छ । 4. उच्च पुजिकाे अंश रहेको छ । ख. दुर्बल पक्ष : 1. अधिक सञ्चालन लागत बढ्ने गरेको पाइन्छ। 2. कर्मचारी वर्गमा प्राविधिक ज्ञान सिपकाे अभाव रहेको छ । 3. बैंकिङ सेवा लिनका लागि बढि झन्झटिलो प्रक्रिया पार गर्नुपर्ने ...

बैंक तथा बित्तिय संस्थाले कर्जा प्रवाह गर्दा ॠणिको कुन कुन पक्षमा ध्यान दिनुपर्छ? कर्जा लगानीका सैद्धान्तिक पक्षहरु चर्चा गर्नुस।

 बैंक तथा बित्तिय संस्थाले कर्जा प्रवाह गर्दा ॠणिको कुन कुन पक्षमा ध्यान दिनुपर्छ? कर्जा लगानीका सैद्धान्तिक पक्षहरु चर्चा गर्नुस। कर्जा: एक पक्षले अर्को पक्ष सँग निश्चित समयपछि ब्याज सहित रकम फिर्ता गर्ने गरि लिएको रकमलाइ कर्जा भनिन्छ ।बैंक तथा बित्तिय संस्थाले कर्जा प्रवाह गर्दा ॠणिको निम्न कुराहरुमा ध्यान दिनुपर्द्छ: -ॠणिको ॠण तिर्न सक्ने क्षमता -कालो सुचिमा परे नपरेको -अन्य बैंक बित्तिय संस्थाबाट ॠण लिए नलिएको -आम्दानीको स्रोतको दिगोपना -व्यसायिक निरंतरता -धितोको पर्याप्तता तथा सुरक्षा -धितोको बजारीकरण जस्ता पक्षहरुमा बिशेश ध्यान दिनुपर्दछ। बैंकले कर्जा प्रवाह गर्नु अघि अनुसरण गर्ने सिद्धान्तहरु देहाय बमोजिम छन : १.तरलताको सिद्धान्त: यस सिद्धान्त बमोजिम बैंकले सबै संकलित निक्षेपलाइ कर्जामा परिणत नगरी केही रकम तरलताको रुपमा राखेर मात्र कर्जा प्रवाह गर्नुपर्द्छ। जस्तौ: कर्जा प्रवाहमा कर्जा निक्षेप अनुपात ९०%  रहेको छ। २.मुनाफाको सिद्धान्त : बाणिज्य बैंक मुनाफामुखी संस्था हो।बैंकले मुनाफा योग्य परियोजनामा कर्जा प्रवाह गर्नुपर्द्छ् तर कर्जा प्रवाह गर्दा नियामक निकायले (NRB) तो...

सार्वजनिक लेखापरीक्षणको परिचय दिदै नेपालमा सरकारी खर्चको लेखापरीक्षण व्यवस्थाका त्रुटीहरु औल्याउनुहोस् ।

  सरकारी/सार्वजनिक लेखापरीक्षण: सार्वजनिक आर्थिक कारोवारसँग सम्बन्धित लेखा, कागजात र अभिलेखको स्वतन्त्र, निस्पक्ष एवं उद्देश्यमूलक रुपमा गरिने परीक्षणलाई सार्वजनिक लेखा परीक्षण भनिन्छ । यस्तो परीक्षणले सार्वजनिक खर्चको मूल्याङकन तथा विश्लेषण गरी सरकारी खर्चको नियमितता मितव्ययीता, कार्यदक्षता, प्रभावकारीता पारदर्शिता र जवाफदेहीता सुनिश्चित गर्दछ । नेपालको सरकारी लेखा परीक्षण मूलत: आन्तरिक तथा आन्तरिक तथा आन्तिम गरी २ चरणमा सम्पन्न हुने गर्दछ । (क) आन्तरिक लेखापरीक्षण: आन्तरिक नियन्त्रणको महत्वपूर्ण औजारको रुपमा जिल्ला स्थित कोष तथा लेखा नियन्त्रण कार्यालयबाट चौमासिक रुपमा सम्पन्न हुने गर्दछ । (ख)अन्तिम लेखापरीक्षण : स्वतन्त्र संवैधानिक निकायको रुपमा रहेको महालेखा परीक्षकको कार्यालयद्वारा आन्तरिक लेखा परीक्षण सम्पन्न भए पश्चात नियमितता, मितव्ययीता, कार्यदक्षता, प्रभावकारीता र औचित्यसमेतको आधारमा सम्पन्न गरिन्छ । सरकारी लेखा परीक्षणमा व्याप्त त्रुटीहरु : क) आन्तरिक लेखापरीक्षणको न्यून प्रभावकारीता रहनु –दायरा साँघुरो (नियमीतता र अंक गणीतीय परिक्षणमा सीमित) –कारोवारको लेखाङकन र परीक्षण...

नेपालकाे बैंकिङ क्षेत्रमा अवसरहरु

  > उदारिकृत आर्थिक प्रणाली र खुला बजार नीति > कम लागतमा जनशक्तिको उपलब्धता >न्यून सञ्चालन लागत > आधुनिकीकरण र प्रविधिको उच्चत्तम विकास तथा प्रयोग >बैंकिङ चेतनामा अभिवृद्धि तथा बचत गर्ने बानिको विकास >कम लागतमा निक्षेपको उपलब्धता >आयमा वृद्धि भई रोजगारीको सिर्जना > विप्रेषणको उच्च प्रवाह >केन्द्रिय बैंकको उल्लेखनीय सहयोग >AML,BOP तथा अन्य आवश्यक ऐन नियमहरुको उपलब्धता > शुल्कमा आधारित व्यवसाय र एजेन्सीको कार्यमा वृद्धि >वित्तीय पहुँच र वित्तीय साक्षरतामा अभिवृद्धि आदि। अरु थपौ है!........ 2.  पछिल्लो समय  बैंक तथा बित्तीयकाे निष्क्रिय कर्जा बढ्नुका कारणहरु:- >नातावादले गर्दा प्रक्रिया पूरा नहुँदै कर्जा वितरण गर्नु >नयाँ क्षेत्रमा लगानी गर्दा ऋणिको क्षमताको बारेमा ध्यान नदिनु >कर्जा समितिको निर्णयलाई बेवास्ता गरि कर्मचारी र ऋणिको मिलेमतोमा कर्जा वितरण गर्नु >धितोको अधिक मुल्यांकन हुनु,प्रशस्त मार्जिन नराख्नु >कमजोर मुल्यांकन नीति अवलम्बन गर्नु >थप सुरक्षण नलिई रकम थपेर  कर्जा नविकरण गर्नु >कर्जा चुक्ता गर्ने माध्...

बैंकिङ्ग क्षेत्रमा कर्जा चक्र र कर्जा व्यवस्थापनसम्बन्धि जानकारी

  कर्जा चक्र (Credit Cycle) - कर्जा प्रवाह गर्नु भन्दा अगाडिदेखि कर्जा असुलीसम्मकाे सम्पूर्ण प्रकियालाई कर्जा चक्र (Credit      Cycle ) भनिन्छ । - सम्भावित ग्राहककाे खाेजी, साेधपुछ तथा छानबिन गर्ने, ग्राहकसँग आवेदन लिने, आवश्यक   कागजपत्र लिने, विश्लेषण गर्ने, धिताे सुरक्षणकाे मूल्यांकन एवं अनुगमन गर्ने, कर्जा स्वीकृति गर्ने, कर्जा प्रवाह गर्ने, निरिक्षण तथा अनुगमन गर्ने र अन्तमा कर्जा असुली गर्नेसम्मका सम्पूर्ण  प्रकियालाई कर्जा चक्र भनिन्छ । - कर्जा चक्रका देहायका प्रकियाहरूकाे पालना गर्दै कर्जा काराेवार सञ्चालन गर्नु पर्दछ :- १) ग्राहककाे खाेजी :- बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लिने ग्राहककाे खाेजी गर्नुपर्दछ । कर्जाका लागि ग्राहककाे खाेजी गर्ने क्रममा असल, विश्वासिलो तथा इमानदार ग्राहककाे खाजी गर्नु पर्दछ । बैंक तथा वित्तीय संस्थाहरूमा आफैँ आईपुगेका एवं बजार व्यवस्थापकहरू द्वारा खाेजेर ल्याइएका ग्राहकहरू कर्जा प्रवाहका लागि उपयुक्त छन् / छैनन् भनेर जाँच्ने कार्य यस चरणमा गरिन्छ । २) कर्जा आवेदन :- बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकका...

नेपाल राष्ट्र बैंकको स्वोट विश्लेषण

 नेपाल राष्ट्र बैंकको स्वोट विश्लेषण:- SWOT विश्लेषण एक रणनीतिक उपकरण हो। जुन संगठन वा संस्थाको शक्ति, कमजोरी, अवसर, र खतराहरू मूल्याङ्कन गर्न प्रयोग गरिन्छ। यस्तो छ नेपाल राष्ट्र बैंकको SWOT विश्लेषण:- 1.Strength **नियामक प्राधिकरण(निकाय): नेपाल राष्ट्र बैंक नेपालको केन्द्रीय बैंक हो र यससँग नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षण गर्ने अधिकार छ। **स्थिर मौद्रिक नीति: अर्थतन्त्रको बृद्धिमा योगदान पुर्याउने स्थिर मौद्रिक नीति कायम गर्न नेपाल राष्ट्र बैंक सफल भएको छ । **सञ्चिति र तरलता: वित्तीय प्रणालीमा स्थायित्व सुनिश्चित गर्न बैंकसँग उल्लेख्य मात्रामा विदेशी मुद्रा सञ्चिति र तरल सम्पत्ति छ। **अनुसन्धान र विकास: नेपाल राष्ट्र बैंकले बैंकिङ तथा वित्तीय उद्योगका नवीनतम प्रवृत्ति र प्रविधिहरूसँग निरन्तरता पाउन नियमित अनुसन्धान र विकास गतिविधिहरू सञ्चालन गर्दछ। **स्वतन्त्रता: NRB एक स्वायत्त संस्था हो जसले सरकारबाट स्वतन्त्र रूपमा सञ्चालन गर्दछ। यसमा राजनीतिक अधिकारीहरूको हस्तक्षेप बिना मौद्रिक नीति निर्णयहरू गर्ने अधिकार छ। **वित्तीय स्थायित्व: वित्तीय संकटको जोख...

बैंक तथा बित्तिय संस्थाले कर्जा प्रवाह गर्दा ॠणिको कुन कुन पक्षमा ध्यान दिनुपर्छ? कर्जा लगानीका सैद्धान्तिक पक्षहरु चर्चा गर्नुस।

कर्जा: एक पक्षले अर्को पक्ष सँग निश्चित समयपछि ब्याज सहित रकम फिर्ता गर्ने गरि लिएको रकमलाइ कर्जा भनिन्छ ।बैंक तथा बित्तिय संस्थाले कर्जा प्रवाह गर्दा ॠणिको निम्न कुराहरुमा ध्यान दिनुपर्द्छ: -ॠणिको ॠण तिर्न सक्ने क्षमता -कालो सुचिमा परे नपरेको -अन्य बैंक बित्तिय संस्थाबाट ॠण लिए नलिएको -आम्दानीको स्रोतको दिगोपना -व्यसायिक निरंतरता -धितोको पर्याप्तता तथा सुरक्षा -धितोको बजारीकरण जस्ता पक्षहरुमा बिशेश ध्यान दिनुपर्दछ। बैंकले कर्जा प्रवाह गर्नु अघि अनुसरण गर्ने सिद्धान्तहरु देहाय बमोजिम छन : १.तरलताको सिद्धान्त: यस सिद्धान्त बमोजिम बैंकले सबै संकलित निक्षेपलाइ कर्जामा परिणत नगरी केही रकम तरलताको रुपमा राखेर मात्र कर्जा प्रवाह गर्नुपर्द्छ। जस्तौ: कर्जा प्रवाहमा कर्जा निक्षेप अनुपात ९०%  रहेको छ। २.मुनाफाको सिद्धान्त : बाणिज्य बैंक मुनाफामुखी संस्था हो।बैंकले मुनाफा योग्य परियोजनामा कर्जा प्रवाह गर्नुपर्द्छ् तर कर्जा प्रवाह गर्दा नियामक निकायले (NRB) तोकेको सिमा ४.४% स्प्रेड दर नघाउनु हुँदैन। ३.लगानी बिबिधिकरणको सिद्धान्त : यस अन्तर्गत कर्जा प्रवाह गर्दा NRB निर्देशन बमोजिम एकल ग्राहक ग...

नेपाल राष्ट्र बैंक निर्देशिका अनुसार सक्रिय कर्जा र निष्क्रिय कर्जा भन्नाले के बुझिन्छ ? र तिनीहरुमा कर्जा नोक्सानी सम्बन्धमा के कस्तो ब्यवस्था छ?

कर्जालाइ मुख्यतया दुई प्रकारमा भिभाज गरिएको छ। सक्रिय कर्जा : सक्रिय कर्जा भन्नाले कर्जा सापटको  सावा तथा ब्याज भुक्तानी हुनुपर्ने भाका ननाघेको वा एक महिना देखि  तीन महिना सम्म भाका नाघेको कर्जा सापट सम्झनुपर्दछ।यस् अन्तर्गत असल कर्जा सुक्ष्म निगरानी कर्जा पर्दछन। क) असल कर्जा: -भाखा ननाघेका र १ महिनासम्म भाखा नाघेका कर्जा सापट, २.सुक्ष्म निगरानी कर्जा : -१ महिना देखि ३ महिना सम्न भाखा नाघेका कर्जा सापट निष्क्रिय कर्जा : निष्क्रिय कर्जा भन्नाले त्यस्तो कर्जालाइ जनाउँछ जसले बैंक वा बित्तिय संस्थालाइ सावा वा ब्याज कुनैपनी रकमको भुक्तानी हुँदैन। यस अन्तर्गत निम्न अनुसारका कर्जा पर्दछन : १ .कमसल कर्जा : ३ महिना देखि ६ महिनासम्म भाखा नाघेका कर्जा सापट २.शंकास्पद कर्जा : ६ महिना देखि बढिमा १ बर्षसम्म भाखा नाघेका कर्जा सापट ३.खराब कर्जा : १ बर्ष भन्दा बढी अवधिले भाखा नाघेका कर्जा सापटि -निर्देशिका बमोजिम पुनरतालिकिकरण /पुनरसंरचना गरिएका कर्जा कर्जा नोक्सान बापत गर्नुपर्ने ब्यवस्था : यस निर्देशन बमोजिम वर्गीकरण गरिएका कर्जा तथा बिल्स खरिदका लागि बक्यौता साँवा रकमको आधारमा देहाय बमोजिम...

उत्प्रेरणा र कार्यसन्तुष्टिको अन्तरसम्बन्ध

Image
 उत्प्रेरणा र कार्यसन्तुष्टिको अन्तरसम्बन्ध उत्प्रेरणा सङ्गठनात्मक उद्देश्य हासिल गर्नका लागि सङ्गठनमा आबद्ध सदस्यमा काम गर्ने तीव्र चाहना, इच्छा र जागरण अत्यावश्यक हुन्छ । त्यसलाई उत्प्रेरणा भनिन्छ र उत्प्रेरणाको शाब्दिक अर्थ अग्रसर बनाउनु हो । उत्प्रेरणाले सङ्गठनात्मक कार्य गर्न बल प्रदान गर्छ । उत्प्रेरणा मनोवैज्ञानिक मानवीय पक्ष हो । यो कामप्रति उत्सुकता जगाउने प्रविधि हो । कुनै पनि सङ्गठन वा निकायमा काम गर्ने कर्मचारीलाई आफ्नो कामप्रति सन्तुष्टि दिलाउन उत्प्रेरणाले महìवपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । आन्तरिक इच्छा वा भावनालाई उत्प्रेरणाको रूपमा लिन सकिन्छ । आवश्यकता पूर्तिका लागि सकारात्मक र रचनात्मक रूपमा गतिशील वा अग्रसर हुनु उत्प्रेरणा हो । मनमा उठेको प्रेरणा, भित्री प्रेरणा, शैक्षिक क्रियाकलापमा विद्यार्थीको उत्सुकता सिर्जना गरी त्यसलाई उद्देश्यपूर्तिका लागि अखण्डित बनाइरहने प्रक्रिया र अभिप्रेरणा नै उत्प्रेरणाको रूपमा बृहत् नेपाली शब्दकोशले अर्थ लगाएको छ । उत्प्रेरणाले कुनै कार्य गर्न वा नगर्न मानिसलाई अग्रसर गराउँछ । उत्पादनका अनेक संसाधनमध्ये सजीव वा गतिशील संसाधनमा...

अर्थतन्त्रको बाह्य क्षेत्रमा के के पर्दछन् ? नेपालको व्यापार असन्तुलनका प्रमुख कारणहरु समेत औल्याउनुहोस् ।

  कुनै देशको अर्थतन्त्रको त्यो खण्ड जसमा अन्य देशको अर्थतन्त्र जोडिएको हुन्छ त्यसलाई नै बाह्य अर्थतन्त्र भन्ने गरिन्छ । खासगरी वस्तुवजारमा आयात तथा निर्यात एवं वित्तीय वजारमा पुँजीको प्रवाह (जस्तो FDI) बाह्य अर्थतन्त्रका विषय हुन् । भुक्तानी सन्तुलन, Terms of trade, चालु खाता, पुँजीगत खाता, वाह्य ऋण, विनिमय दर, वाह्य मुद्राको संचिति, अन्तराष्ट्रिय लगानीको अवस्थाजस्ता विषयहरु बाह्य अर्थतन्त्रमा पर्दछन् । नेपालको अन्तरदेशीय व्यापारको आँकडा हेर्ने हो भने निर्यातको तुलनामा आयात ११ गुणाभन्दा पनि वढि पुगेको अवस्था हेर्दा व्यापार घाटा चुलिदै गएको छ । यसबाट भुक्तानी सन्तुलन विग्रने जोखिम वढेको छ । यसरी व्यापार असन्तुलन वढ्नुका प्रमुख कारणहरु यसप्रकार रहेका छन् : • व्यापार नीति र रणनीतिमा प्रष्टता नआउनु तथा अन्य नीतिहरुसँग तादात्म्यता कायम नहुनु । • उत्पादकत्व कम हुनु र उत्पादन भएका वस्तुहरु पनि न्युन मूल्य अभिवृद्धि हुने खालका हुनु । • व्यापार सहजीकरणमा कमजोरी रहनु तथा वस्तुगत र देशगत व्यापार विविधिकरण कमजोर हुनु । • व्यापार प्रवर्द्धनका लागि पर्याप्त पूर्वाधार विकास नभैसक्नु । • आधुनिक प्...

Core Banking System(CBS)

Image
Core Banking System(CBS):- >बैंकिङ कारोबारहरुको अभिलेख राख्न प्रयोग गरिने विधुतिय प्रणाली नै CBS हो।बैंकहरुमा दैनिकरुपमा गरिने वित्तीय कारोबारहरुको अभिलेख अत्याधुनिक प्रविधियुक्त प्रणालीमा पिस्टिङ गरि दीर्घकालसम्म अभिलेख राख्न मिल्ने व्यवस्थालाई नै Core Banking System(CBS) भनिन्छ। >CBS प्रणालीमा खाता खोल्ने,रकम जम्मा गर्ने,झिक्ने,कर्जा अभिलेख राख्ने लगायतका महत्त्वपूर्ण बैंकिङ कारोबारहरुको अभिलेख राखिन्छ।हाल यस्तो प्रणाली प्रायजसो web based हुने गर्दछ। >ईन्टरनेटको सहायताले यश प्रणालीमा राखिएको अभिलेख बैंक को जुनसुकै शाखाबाट सजिलै हेर्न,थप कारोबार गर्न,खाताको मौज्दात थाहा पाउन सकिन्छ।CBS का उदाहरणहरु:- NRB ले प्रयोग गरिरहेको Olympic banking system,ADBL-T24, अन्य बैंकहरुले प्रयोग गरिरहेका:- Infosys` Finacley,Nucleys FinnOne,Oracle's Flexcube आदि। CBS मा उपलब्ध हुने प्रमुख सुविधाहरु:- >खाता खोल्न सकिने, >खोलिएका खातामा रकम जम्मा गर्ने तथा रकम झिक्ने, >कर्जा कारोबारको अभिलेख राख्ने, >चेक भुक्तानीको अभिलेख राख्ने, >ग्राहक सम्बन्ध व्यवस्थापन सम्बन्धि क्रियाकलापहरु...

Why final audit depends on internal audit?

Image
 The final audit depends on internal audit for several reasons: 1. Reliable and accrate financial statements: Internal audit is responsible for regularly evaluating and improving the organization's internal controls and financial processes. This ensures that the financial statements are reliable, accurate, and prepared in accordance with relevant accounting standards. By having effective internal controls in place, errors and irregularities can be detected and corrected early, resulting in more reliable financial information for the final audit. 2. Risk assessment and management: Internal audit plays a crucial role in assessing and managing risks within an organization. They identify areas of potential risk, evaluate the effectiveness of controls in place, and make recommendations for improvement. By having a strong internal audit function, the final audit team can gain assurance that risks are properly identified and managed, reducing the likelihood of material misstatements in th...

Why final audit depends on internal audit?

Image
अन्तिम लेखापरीक्षणले आन्तरिक लेखापरीक्षणका आधारमा निर्णय बमोजिम हुन्छ। आन्तरिक लेखापरीक्षणले संगठनको कार्यप्रणाली, नियमन सुची, नियम र विनियम, आर्थिक संकेतलाई परीक्षण गर्दछ। यसले आन्तरिक नियन्त्रणहरूको सर्वेक्षण गर्दछ र खाताहरूको सुनिश्चितता रहदैछ। अन्तिम लेखापरीक्षणले यी आन्तरिक परीक्षणबाट पाएको जानकारीलाई मूल्यांकन गरी, प्रमाणित गर्दछ जुन प्रशासनिक सामग्री, आर्थिक विवरण र आन्तरिक नियन्त्रणहरू योग्य छन् वा छैनन् भन्ने। त्यसपछि, अन्तिम लेखापरीक्षणले प्रतिवेदन बनाउँछ जसले आवश्यक सुचना, सुझाव, तर्जुमा र प्रशासनिक नक्कलहरूको समीक्षा गर्दछ। यसरी, अन्तिम लेखापरीक्षणले आन्तरिक लेखापरीक्षणबाट पाएका प्रतिवेदन, पहिले निम्न स्तरका पदाधिकारीहरू र प्रशासनिक संरचना जस्ता होहरूको जाँच पुष्टि गर्दछ।

मानव संसाधन व्यवस्थापन को परिचय दिई यसका विशेषता र कार्यहरु लेख्नुहोस्।

मानव संसाधन व्यवस्थापन:- >संगठनमा जनशक्तिको प्राप्ति, विकास, उपयोग, सम्भार र निवृति सम्मका क्रियाकलापहरुको व्यवस्थापन गर्ने पद्धति मानव संसाधन व्यवस्थापन हो । >यसले संगठनभित्र मानिसको व्यवस्थापन सम्बन्धि दर्शन, नीति, कार्यविधि एंव अभ्यासलाई जनाउँदछ । यो संगठनमा मानविय क्रियाकलापको सन्दर्भमा Pre Recruitment to Post Retirements सम्मको समग्र व्यवस्थापन हो । मानव संसाधन व्यवस्थापनका विशेषताहरु :- १ मानव केन्द्रित अवधारणा हो। २ यो एउटा व्यवस्थापकीय कार्य हो। ३ यो सर्वव्यापी कार्य हो। ४ यो निरन्तर प्रक्रिया हो। ५ यो परिवर्तनशील तथा गतिशिल विषय हो। ६ यो समग्र विषय समेटने एकिकृत प्रणाली हो। ७ यो रणनीतिक विषय हो। ८ यो वस्तु ,परिवेश तथा समय अनुसार फरक फरक हुन्छ। मानव संसाधन व्यवस्थापनका कार्यहरु:- मानव संसाधन व्यवस्थापनका कार्यहरुलाई निम्नानूसार उल्लेख गर्न सकिन्छ, १ प्राप्ती (Acquisition) यसले संगठनलाई आवश्यक पर्ने जनशक्तिलाई ठीक ठाउँमा ठीक समयमा प्रवेश निश्चित गर्दछ । यस अन्तर्गत निम्न क्रियाकलाप पर्दछन:- मानव संसाधन योजना यस अन्तर्गत मौजुदा संसाधनको स्थिति आँकलन ,आवश्यकताको पूर्वानुमान,...

financial statement

Image
 A financial statement is a formal record of an individual's or company's financial activities, including their income, expenses, assets, and liabilities. It provides a snapshot of the financial health or performance of the entity at a specific point in time. Financial statements are typically prepared annually, but also quarterly or monthly for some organizations. There are three main types of financial statements: 1. Income Statement (also known as Profit and Loss Statement or Statement of Operations): This records the revenue earned and expenses incurred by a business during a specific period, usually a year. It calculates the net income or loss by subtracting expenses from revenues. 2. Balance Sheet (also known as Statement of Financial Position): This provides a snapshot of an organization's financial position at a specific date. It lists the assets, liabilities, and equity of the entity, with assets equaling the sum of liabilities and equity. 3. Cash Flow Statement: T...

Human Resource Management (HRM)

Image
  Human Resource Management (HRM) is a critical function within organizations that focuses on managing and developing human capital. It involves the strategic planning, acquisition, development, and retention of employees to effectively contribute to the achievement of an organization's goals and objectives. The role of HRM encompasses various key areas: 1. Recruitment and Selection: HRM is responsible for attracting, screening, and hiring qualified candidates who fit the organization's requirements and culture. This involves job analysis, job description, advertising, conducting interviews, and making job offers. 2. Training and Development: HRM ensures that employees receive the necessary training and development programs to enhance their skills, knowledge, and competencies. This includes organizing workshops, seminars, orientation programs, and creating career development opportunities. 3. Performance Management: HRM establishes performance standards, conducts performance ap...

Life changing Story

 एक बार था एक छोटा सा गांव, जहां एक गरीब परिवार बसने आया था। उनका बेटा बहुत मेहनती और समय का अच्छे से संपालन करने वाला था। वह दिन भर काम करके स्कूल जाता और रात में अपने माता-पिता की मदद करके पढ़ाई करता। एक दिन, गांव के एक अमीर व्यापारी ने सभी छात्रों के लिए एक पुरस्कार प्रतियोगिता आयोजित की। पुरस्कार का मूल्यांकन तय करने के लिए, व्यापारी ने एक दिन सूचना दी कि उन्हें एक बड़े हॉटल में मेजबानी करना होगा। गरीब परिवार के लड़के को यह सुनकर बड़ी खुशी हुई और वह तत्परता से अपनी पढ़ाई करने लगा। आखिरकार, पुरस्कार प्रतियोगिता का दिन आ गया और गरीब लड़के ने अपनी क्षमताएं प्रदर्शित कीं। एक बड़ी संख्या में छात्रों के मध्य में, उसने प्रथम पुरस्कार जीत लिया। व्यापारी ने इसे देख कर बड़ी प्रशंसा की और उन्होंने लड़के से पूछा, "तुम कैसे कर सकते हो इतना सफल होना, जब तुम इतना गरीब हो?" लड़के ने उत्तर दिया, "महाशय, मैं यह मानता हूँ कि गरीबी के बाधाओं का एक आदमी निवारण कर सकता है, लेकिन अपनी मेहनत, समर्पण और संघर्ष के माध्यम से मैंने अपने सपनों को साकार करना सीख लिया है।" उस दिन से, वह गरीब ...